bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Samuel 6
2 Samuel 6
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
1
केही समयपछि दावीदले इस्राएलका सबै सक्षम जवान मानिसहरूलाई एकसाथ भेला गराए, जसको संख्या तीस हजार थियो।
2
तिनी र तिनीसँग भएका सबै मानिसहरू सन्दुकमा भएका करूबहरूको बीच सिंहासनमा विराजमान हुनुहुने सेनाहरूका याहवेहको नामद्वारा चिनिएको परमेश्वरको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाका लागि निस्के।
3
तिनीहरूले परमेश्वरको सन्दुकलाई एउटा नयाँ गाडामा सजाएर त्यसलाई डाँडामा भएको अबीनादाबको घरबाट ल्याए। अबीनादाबका छोराहरू उज्जाह र अहियोले नयाँ गाडा डोर्याए।
4
तिनीहरूले परमेश्वरको सन्दुक भएको नयाँ गाडालाई डोर्याइरहेका थिए, र अहियोचाहिँ त्यसको अगिल्तिर हिँडिरहेका थिए।
5
दावीद र इस्राएलका सारा मानिसहरू गीत, वीणा, सारङ्गी, खैँजडी, मृदङ्ग र झ्यालीको साथमा याहवेहको सामु आफ्ना पूरा जोशले उत्सव मनाउँदै हिँडिरहेका थिए।
6
जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नलडोस् भनेर उज्जाहले लम्केर परमेश्वरको सन्दुकलाई समाते।
7
उज्जाहको लापर्बाही कामको कारण याहवेहको क्रोध तिनीमाथि दन्क्यो। यसकारण परमेश्वरले तिनलाई प्रहार गर्नुभयो। तिनी त्यहीँ परमेश्वरको सन्दुकको छेउमा मरे।
8
यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।
9
त्यस दिन दावीद याहवेहसँग डराएर भने, “याहवेहको सन्दुक कसरी मकहाँ आउला?”
10
याहवेहको सन्दुकलाई दावीदको सहरमा आफूसँग लैजान चाहेनन्। यसको सट्टा तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे।
11
याहवेहको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो। याहवेहले ओबेद-एदोम र तिनका सम्पूर्ण परिवारलाई आशिष् दिनुभयो।
12
अब राजा दावीदलाई यसो भनियो, “याहवेहले ओबेद-एदोमको परिवारमा र तिनीसँग भएका हरेक कुरामा परमेश्वरको सन्दुकको कारण आशिष् दिनुभएको छ।” यसकारण दावीदले परमेश्वरको सन्दुकलाई ओबेद-एदोमको घरबाट आनन्दसाथ दावीदको सहरमा ल्याए।
13
जब याहवेहको सन्दुक बोक्नेहरू छ कदम अगि बढे, तब तिनले एउटा साँढे र एउटा मोटो बाछा बलि चढाए।
14
दावीदचाहिँ मलमलको एपोद लगाएर आफ्नो पूरा जोशको साथ याहवेहको सामु नाचे।
15
यसरी तिनी र सारा इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै याहवेहको सन्दुक लिएर आएका थिए।
16
जब याहवेहको सन्दुक दावीदको सहरमा प्रवेश भइरहेको थियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्। अनि जब तिनले दावीदलाई याहवेहको सामु उफ्रँदै र नाच्दै गरेको देखिन्, तब तिनले आफ्नो हृदयमा उनलाई घृणा गरिन्।
17
तिनीहरूले याहवेहको सन्दुकलाई ल्याए; र दावीदले सन्दुकको निम्ति तयार पारेको पालभित्र त्यसको ठाउँमा राखे। तब दावीदले याहवेहको सामु होमबलि र मेलबलि चढाए।
18
तिनले होमबलि र मेलबलि चढाइसकेपछि मानिसहरूलाई सेनाहरूका याहवेहको नाममा आशिष् दिए।
19
तब तिनले भेला भएका इस्राएलीहरूको सारा भीडको हरेक व्यक्ति, स्त्री र पुरुष दुवैलाई एउटा रोटी, एउटा खजूरको डल्ला र किसमिसको एक-एक झुप्पो दिए। त्यसपछि सबै मानिसहरू आ-आफ्ना घर गए।
20
जब दावीद आफ्ना परिवारलाई आशिष् दिन घर फर्के, तब शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, “इस्राएलका राजाले नीच मानिसले गरेझैँ आफ्ना नोकरहरूका दासीहरूले देख्ने गरी आज कसरी आफूलाई नाङ्गो तुल्याएका छन्!”
21
दावीदले मीकललाई भने, “याहवेह, जसले तिम्रा पिता तथा उहाँका परिवारका सट्टामा मलाई चुन्नुभयो, र याहवेहका मानिस इस्राएलीहरूमाथि शासक नियुक्त गर्नुभयो, उही याहवेहको सामु म हर्ष-उल्लास मनाउनेछु।
22
म योभन्दा पनि अझ अपमानित हुनेछु। म आफ्नै दृष्टिमा अपमानित हुनेछु। तर तिमीले भनेका यी दासीहरूद्वारा म सम्मानित हुनेछु।”
23
यसैकारण शाऊलकी छोरी मीकलको आफू मर्ने बेलासम्म छोराछोरी हुन सकेन।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24