bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Samuel 20
2 Samuel 20
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
1
त्यहाँ शेबा नाम भएको एउटा बदमास मानिस थियो, जो बेन्यामीनी बिकरीको छोरा थियो। त्यसले तुरही फुक्यो, र जोडले कराएर भन्यो, “दावीदसँग हाम्रो केही भाग छैन, यिशैको छोरासँग हाम्रो कुनै अधिकार छैन! हे इस्राएल, तिमीहरू हरेक आ-आफ्नो छाउनीमा जाऊ!”
2
यसकारण इस्राएलका सारा मानिसहरूले बिकरीको छोरा शेबाको पछि लाग्नलाई दावीदलाई त्यागे। तर यहूदाका मानिसहरूचाहिँ यर्दनदेखि यरूशलेमसम्म आफ्ना राजासँगै रहिरहे।
3
जब दावीद यरूशलेममा आफ्नो राजमहलमा फर्के, तब राजाले राजमहलको हेरचाह गर्न छोडेका दश जना उपपत्नीहरूलाई लिएर एउटा घरमा नजरबन्दी गरेर राखे। तिनीहरूलाई चाहिने सबै कुरा प्रबन्ध गरिदिए, तर राजाले उनीहरूसँग यौन सम्बन्ध राखेनन्। तिनीहरूको मृत्युसम्म नै तिनीहरूलाई नजरबन्दीमा राखियो। तिनीहरूले विधवा समान जीवन बिताए।
4
तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिनभित्र मकहाँ बोलाएर ल्याउनू, र तिमी आफू पनि यहाँ उपस्थित होऊ!”
5
तर जब अमासा यहूदाका मानिसहरूलाई बोलाउन गए, तब तिनलाई राजाले तोकिदिएको समयभन्दा बढी समय लाग्यो।
6
दावीदले अबीशैलाई भने, “अब बिकरीको छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा पनि ठूलो हानि गर्नेछ। तिम्रा मालिकका मानिसहरूलाई लिएर त्यसलाई खेद। नत्रता त्यसले आफ्ना निम्ति सुरक्षित सहरहरू भेट्टाउला, र हामीबाट उम्केर जाला।”
7
यसकारण योआबका मानिसहरू, करेती र पेलेथीहरू अनि सबै लडाकु सेनाहरू अबीशैको पछि लागे। तिनीहरू बिकरीको छोरा शेबालाई खेद्न यरूशलेमबाट निस्के।
8
जब तिनीहरू गिबोनको ठूलो चट्टानमा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए। त्यस बेला योआबले चाहिँ सैनिक पोशाक लगाएका थिए। अनि त्यसमाथि कम्मरमा एउटा पटुका बाँधेर त्यसमा म्यानसमेत एउटा तरवार भिरिराखेका थिए। जब तिनी अगि बढे, तब तरवार म्यानबाट झर्यो।
9
योआबले अमासालाई भने, “हे मेरा भाइ, तिमी कुशलै त छौ नि?” तब योआबले अमासालाई म्वाइँ खान तिनको दाहिने हातले तिनको दाह्रीमा समाए।
10
अमासाले योआबको हातको तरवारतिर ध्यानै दिएनन्। अनि योआबले तिनको पेटमा तरवार रोपिदिए; र तिनको आन्द्राभुँडी बाहिर भुइँमा झारिदिए। फेरि तरवार प्रहार गर्नै नपरी अमासा मरे। त्यसपछि योआब र तिनको भाइ अबीशैले बिकरीको छोरा शेबालाई खेद्न थाले।
11
योआबका एक जना मानिसले अमासाको छेउमा उभिएर भने, “जसले योआबलाई मन पराउँछ, र जो दावीदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस्!”
12
अमासाचाहिँ बाटोको बीचमा रगतमा भिजेर लडिरहेका थिए। तब त्यस मानिसले सबै सेनाहरू त्यहाँ आएर अडिएका देखे। जब त्यो मानिसले अमासा भएको ठाउँमा जो जति पनि आएर अडिएको देख्यो, त्यसले अमासालाई घिस्याएर खेतमा लग्यो, र त्यसमाथि एउटा लुगा फ्याँकिदियो।
13
जब अमासालाई बाटोबाट हटाइयो, तब सबै मानिसहरू बिकरीको छोरा शेबालाई खेद्नलाई योआबसँग गए।
14
शेबा इस्राएलका सबै वंशहरूका बीचबाट भएर हाबिल-बेथ-माकामा गए। तिनी बेकेरीहरूका समस्त प्रान्त हुँदैगए। अनि बेकेरीहरू एकसाथ भेला भएर तिनको पछि लागे।
15
योआबसँग भएका सबै सेनाहरूले आएर शेबालाई हाबिल-बेथ-माकामा घेरा हाले। तिनीहरूले सहरसम्मै घेराबन्दी गरे, त्यस सहरका बाहिरी पर्खालहरूसम्मै खडा भए। जब तिनीहरूले पर्खाल भत्काउनलाई त्यसमाथि प्रहार गरिरहेका थिए,
16
तब एउटी बुद्धिमानी स्त्रीले सहरबाट कराएर बोलाइन्, “सुन्नुहोस्! सुन्नुहोस्! योआबलाई यहाँ पठाइदिनुहोस् र म तिनीसँग कुरा गर्न सकूँ।”
17
योआब स्त्रीको नजिकै गए, र तिनले सोधिन्, “तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “हजुर, म उही हुँ।” तिनले भनिन्, “तपाईंको सेविकाले के भन्न चाहन्छिन्, त्यो सुन्नुहोस्।” योआबले भने, “हजुर, म सुन्दैछु।”
18
स्त्रीले भनिन्, “पहिलेका मानिसहरूले भन्ने गर्थे, ‘जवाफ पाउन हाबिल जानू,’ अनि समस्याको समाधान हुन्थ्यो।
19
हाम्रा सहर इस्राएलका सहरहरूमध्ये एक शान्तिप्रिय र राजभक्त सहर हो। तपाईंहरूले इस्राएलमा एउटा महत्वपूर्ण सहरलाई नष्ट गर्न लाग्नुभएको छ। तपाईंहरू किन याहवेहको सम्पत्ति विनाश गर्न चाहनुहुन्छ?”
20
योआबले जवाफ दिए, “मबाट यस्तो नहोस्! मबाट नष्ट गर्ने अर्थात् विनाश गर्ने काम नहोस्!
21
हाम्रो उद्देश्य त्यो होइन। एफ्राइमको पहाडी मुलुकका बिकरीको छोरा शेबा नाम भएका मानिसले राजाको विरुद्धमा, दावीदको विरुद्धमा आफ्नो हात उठाएको छ। त्यस एउटा मानिसलाई सुम्पिदेऊ, र म सहरबाट हटेर जानेछु।” त्यस स्त्रीले योआबलाई भनिन्, “त्यसको शिर पर्खालमाथिबाट तपाईंकहाँ फ्याँकिनेछ।”
22
तब त्यस स्त्री आफ्नो बुद्धिमानी सल्लाहका साथ सबै मानिसहरूकहाँ गइन्। अनि तिनीहरूले बिकरीको छोरा शेबाको शिर काटेर योआबकहाँ फ्याँकिदिए। त्यसपछि योआबले तुरही फुके। अनि सबै मानिसहरू सहरबाट छरिएर आ-आफ्ना घरमा गए। योआब यरूशलेममा राजाकहाँ फर्केर गए।
23
योआब इस्राएलका सम्पूर्ण सेनाहरूमाथि सेनापति थिए; यहोयादाका छोरा बनायाह करेतीहरू र पेलेथीहरूमाथि सेनापति थिए;
24
अदोनीराम मजदुरहरूका नाइके थिए; अहीलूदको छोरा यहोशापात लेखापाल थिए;
25
शेभाचाहिँ सचिव थिए; सादोक र अबीयाथार पुजारी थिए;
26
अनि याईरी ईरा पनि दावीदका पुजारी थिए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24