bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Samuel 3
2 Samuel 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
1
शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।
2
हेब्रोनमा जन्मिएका दावीदका छोराहरू: तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए;
3
माहिलो किलाब, कर्मेलको नाबालकी विधवा अबीगेलका छोरा थिए; साहिँलो गेशूरका राजा तल्मै अब्शालोमकी छोरी माकाको छोरा थिए;
4
काहिँलो अदोनियाह हग्गीतका छोरा थिए; ठाहिँलो शपत्याह अबीतलका छोरा थिए;
5
अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए। दावीदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए।
6
शाऊलका घराना र दावीदका घरानाको बीचमा युद्ध भइरहेको बेला अबनेरले शाऊलको घरानामा आफ्नो स्थान बलियो पार्दैगए।
7
शाऊलकी एउटी रिश्पा नामकी उपपत्नी थिइन्, जो अय्याकी छोरी थिइन्। ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?”
8
ईश्बोशेतले भनेको कुराले अबनेर अति रिसाए। तिनले जवाफ दिए, “के म यहूदाको पक्षमा बस्ने कुकुर हुँ र? आजको यस दिनसम्म म तपाईंको पिता शाऊलप्रति अनि उहाँको परिवार र मित्रहरूप्रति इमानदार छु। मैले तपाईंलाई दावीदको हातमा सुम्पेको छैनँ। यद्यपि अहिले तपाईं एउटा स्त्रीको विषयमा मलाई दोष लगाउनुहुन्छ!
9
यदि मैले दावीदसँग परमेश्वरले उहाँलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएजस्तै शाऊलको घरानाबाट राज्य सारेर दानदेखि बेर्शेबासम्म इस्राएल र यहूदामाथि दावीदको सिंहासन स्थापित गरिन भने,
10
याहवेहले अबनेरसित कठोर व्यवहार गरून्।”
11
ईश्बोशेतले अबनेरलाई अर्को शब्द भन्ने साहस नै गरेनन्; किनकि तिनी अबनेरसँग डराए।
12
त्यसपछि अबनेरले आफ्नो पक्षबाट दावीदसित यसरी भन्नू भनेर दूतहरू पठाए, “यो देश कसको हो? मसित सन्धि गर्नुहोस्, र म सारा इस्राएललाई तपाईंकहाँ ल्याउनलाई सहायता गर्नेछु।”
13
दावीदले भने, “ठिक छ, म तिमीसँग सन्धि गर्नेछु। तर म तिमीबाट एउटा कुरा माग गर्छु। तिमीले मलाई भेट्न आउँदा शाऊलकी छोरी मीकललाई नलिई आउन पाउनेछैनौ।”
14
तब दावीदले शाऊलका छोरा ईश्बोशेतकहाँ यो मागसहित दूतहरू पठाए, “मैले एक सय पलिश्तीहरूका खलडीहरूको दाम चुकाएर मगनी गरेको मेरी पत्नी मीकल मलाई सुम्पिदेऊ।”
15
यसकारण ईश्बोशेतले हुकुम दिए, र मीकललाई तिनको पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए।
16
तरै पनि तिनका पति तिनको पछि-पछि रुँदै तिनीसित बहूरीमसम्मै गए। तब अबनेरले पल्तिएललाई भने, “फर्केर घर जाओ!” यसकारण तिनी फर्केर गए।
17
अबनेरले इस्राएलका प्रधानहरूलाई भने, “केही समयदेखि तपाईंहरूले दावीदलाई राजा बनाउन चाहनुभएको थियो।
18
अब त्यसै गर्नुहोस्! किनकि याहवेहले दावीदसँग यसरी प्रतिज्ञा गर्नुभएको छ, ‘म आफ्नो सेवक दावीदद्वारा मेरा प्रजा इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट र तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनेछु।’ ”
19
अबनेरले बेन्यामीनीहरूसँग पनि व्यक्तिगत रूपमा बातचित गरे। त्यसपछि तिनी इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले के गर्न चाहन्छन्, ती सम्पूर्ण कुराहरू बताउनलाई हेब्रोनमा दावीदकहाँ गए।
20
जब अबनेर आफूसँग भएका बीस जना मानिसहरू लिएर हेब्रोनमा दावीदकहाँ गए, तब दावीदले तिनी र तिनका मानिसहरूका निम्ति एउटा भोज तयार गरे।
21
अनि अबनेरले दावीदलाई भने, “मलाई जान दिनुहोस्, र गएर मेरा मालिक राजाको निम्ति सारा इस्राएललाई भेला गर्न सकूँ, ताकि तिनीहरूले हजुरसँग करार बाँधून्। अनि तपाईंले आफूले इच्छा गर्नुभएझैँ सबैमाथि शासन गर्न सक्नुहुनेछ।” यसकारण दावीदले अबनेरलाई पठाइदिए; अनि तिनी शान्तिसँग गए।
22
त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए।
23
जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्ने कुरा सुनाइयो।
24
यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्!
25
तपाईंले नेरका छोरा अबनेरलाई जान्नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।”
26
तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन।
27
जब अबनेर हेब्रोनमा फर्के, तब योआबले तिनलाई गुप्तमा कुरा गर्ने निहुँ गरेर मूलढोकाको एकातिर लगे। त्यहाँ आफ्नो भाइ असाहेलको रगतको बदला लिन तिनको पेटमा धारिलो हतियार रोपिदिए, र तिनी मरे।
28
पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ।
29
योआबको दोष तिनकै र तिनका पिताका सम्पूर्ण घरानाको शिरमा परोस्! योआबको घरानामा घाउखटिरा हुने वा कुष्ठरोगले कहिल्यै नछोडोस्, अथवा लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्!”
30
(योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।)
31
तब दावीदले योआब र तिनीसित भएका सबै मानिसहरूलाई भने, “तिमीहरूका लुगाहरू च्यातेर भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीरको अगि-अगि शोक गर्दै हिँड।” राजा दावीद आफू पनि मृत शरीरको पछि-पछि हिँडे।
32
तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए।
33
राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र?
34
तिम्रा हातहरू बाँधिएका थिएनन्, न त तिम्रा पाउहरूमा साङ्ला थिए, तिमी दुष्ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए।
35
तब ती सबै मानिसहरू आए। अनि दिन छँदै दावीदलाई केही खान आग्रह गरे; तर दावीदले शपथ खाएर यसो भने, “यदि मैले घाम अस्ताउन अगि रोटी अथवा केही चाखेँ भने परमेश्वरले मप्रति कठोर व्यवहार गरून्!”
36
सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो।
37
यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे।
38
तब राजाले आफ्ना मानिसहरूलाई भने, “आजको दिन इस्राएलमा एक राजकुमार र एक जना महान् पुरुष मरेका छन् भनी के तिमीहरू जान्दैनौ?
39
आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्ट काम गर्नेलाई त्यसको दुष्ट कामअनुसार नै प्रतिफल देऊन्!”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24