bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Samuel 21
2 Samuel 21
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
1
दावीदको शासनकालमा लगातार तीन वर्षसम्म अनिकाल पर्यो। यसकारण दावीदले याहवेहसित सोधखोज गरे। याहवेहले भन्नुभयो, “यो शाऊल र त्यसको रगतले मुछिएको घरानाको कारणले गर्दा हो। किनकि त्यसले गिबोनीहरूलाई मार्यो।”
2
राजाले गिबोनीहरूलाई बोलाए, र तिनीहरूसँग कुरा गरे। (गिबोनीहरूचाहिँ इस्राएलको वंशका थिएनन्, तर एमोरीहरूबाट बाँचेकाहरू थिए। इस्राएलीहरूले तिनीहरूलाई बचाइराख्ने शपथ खाएका थिए। तर शाऊलले चाहिँ इस्राएल र यहूदाप्रतिको आफ्नो जोशमा तिनीहरूको नामनिशानै मेटिदिने कोसिस गरेका थिए।)
3
दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?”
4
गिबोनीहरूले जवाफ दिए, “शाऊल अथवा तिनको परिवारबाट सुन वा चाँदी माग्ने हाम्रो अधिकार छैन; न त हामीले इस्राएलमा कसैलाई मार्न सक्ने अधिकार नै छ।” दावीदले सोधे, “तिमीहरूका निम्ति मैले के गरिदिएको चाहन्छौ?”
5
तिनीहरूले राजालाई जवाफ दिए, “जसले हामीहरूलाई नष्ट पारे, र हाम्रो विरुद्धमा षड्यन्त्र गरेर हामीलाई मार्ने योजना गरेका थिए; त्यसरी नै हामीलाई पूरै नाश गर्न र इस्राएलको समस्त इलाकामा हाम्रा निम्ति कहीँ पनि ठाउँ नहोस् भन्ने चाहेका थिए,
6
त्यही षड्यन्त्रकारीका सन्तानहरूमध्ये सात जना पुरुष मारिनका लागि हामीलाई दिइयोस्। हामी याहवेहका चुनिएका शाऊलको गेबामा याहवेहका सामु तिनीहरूलाई झुण्डाएर मार्नेछौँ अनि तिनीहरूका शरीर प्रदर्शन गर्नेछौँ।” यसकारण राजाले भने, “म तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनेछु।”
7
राजा दावीदले आफ्नो र शाऊलका छोरा जोनाथनका बीचमा याहवेहको सामु भएको शपथको कारण शाऊलका छोरा जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।
8
तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोराहरू आरमोनी र मपीबोशेतको साथमा शाऊलका छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए।
9
अनि तिनीहरूलाई दावीदले गिबोनीहरूकहाँ सुम्पिदिए, जसले तिनीहरूलाई याहवेहसामु एउटा डाँडामा झुण्ड्याएर मारे। ती सातै जना एकैसाथ मरे। कटनीको पहिलो दिनमै तिनीहरू मारिए, अर्थात् जौको कटनी सुरु भएकै दिन तिनीहरू मारिए।
10
अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर त्यसलाई एउटा चट्टानमाथि आफ्ना निम्ति बिछ्याइन्। कटनीको सुरुवातको दिनदेखि मृत शरीरहरूमा आकाशबाट पानी नपरेसम्म तिनले दिउँसो आकाशका चराहरू र राति जङ्गली पशुहरूलाई ती मृत शरीरहरू छुन दिइनन्।
11
जब शाऊलकी उपपत्नी रिश्पा, अर्थात् अय्याकी छोरीले जे गरेकी थिइन्, त्यो कुरा दावीदलाई बताइयो,
12
तब तिनी गएर याबेश-गिलादका नगरबासीहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिए। (तिनीहरूले बेथ-शानको चोकबाट ती चोरेर लगेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मारेपछि तिनीहरूलाई झुण्ड्याएका थिए।)
13
दावीदले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू, र झुण्डाएर मारिएका सात जना मानिसहरूका हड्डीहरू भेला गरेर थुप्रो लगाए।
14
तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरूलाई बेन्यामीनको सला भन्ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाडे, र राजाले आज्ञा दिएका सबै कुरा गरे। त्यसपछि याहवेहले देशको निम्ति गरिएका प्रार्थना सुन्नुभयो।
15
फेरि एक पटक पलिश्तीहरू र इस्राएलीहरूको बीचमा लडाइँ भयो। दावीद आफ्ना सेनाहरूसँग पलिश्तीहरूको विरुद्धमा युद्ध गर्नलाई ओर्ले। युद्धमा दावीद थकित भए।
16
अनि इश्बी-बनोब, रफाका सन्तानहरूमध्येका एक, जसको भालाको ओजन तीन सय शेकेल काँसोको थियो, र जसले एउटा नयाँ तरवार भिरेको थियो; त्यसले दावीदलाई मार्ने बिचार गर्यो।
17
तर सरूयाहका छोरा अबीशै दावीदलाई बचाउन आए, र त्यस पलिश्तीलाई प्रहार गरेर मारिदिए। तब दावीदका मानिसहरूले राजासँग शपथ खाएर भने, “अबदेखि तपाईं हामीसँग लडाइँमा जानुहुनेछैन, ताकि इस्राएलको बत्ती ननिभोस्।”
18
केही समयपछि गोबमा पलिश्तीहरूसँग फेरि लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले रफाका सन्तानमध्ये एक जना सफलाई मारे।
19
गोबमा पलिश्तीहरूसँग फेरि भएको लडाइँमा बेथलेहेमबासी यारे-ओरेगीमको छोरा एल्हानानले गित्ती गोल्यतका भाइलाई मारे जसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तो थियो।
20
गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएका जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो।
21
जब त्यसले इस्राएललाई खिसी गर्यो, तब दावीदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे।
22
गातमा भएका यी चार जना मानिसहरू रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24