bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Samuel 8
2 Samuel 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
1
समय बित्दै गएपछि दावीदले पलिश्तीहरूलाई जिते, र तिनीहरूलाई अधीनमा लिए। अनि तिनले मेथेग-आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए।
2
दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे।
3
यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए।
4
दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।
5
जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।
6
तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो।
7
दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।
8
हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए।
9
जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,
10
तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए।
11
राजा दावीदले ती सामानहरू याहवेहकहाँ अर्पण गरे, जसरी तिनले अरू देशहरूबाट कब्जा गरेर ल्याएका चाँदी र सुनलाई अर्पण गर्ने गर्दथे।
12
ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे।
13
नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए।
14
तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।
15
दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।
16
सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
17
अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; सरायाहचाहिँ सचिव थिए।
18
बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए। दावीदका छोराहरू राजकीय सल्लाहकार थिए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24