bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Nehemiah 12
Nehemiah 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
1
शालतिएलका छोरा यरुबाबेल र येशूआसित कैदबाट फर्कने पुजारीहरू र लेवीहरू यिनै थिए: सरायाह, यर्मिया, एज्रा,
2
अमर्याह, मल्लूक, हत्तूश,
3
शकन्याह, रेहूम, मरेमोत,
4
इद्दो, गिन्नतोन, अबीयाह,
5
मिय्यामीन, मअद्याह, बिल्गा,
6
शमायाह, यहोयारीब, यदायाह,
7
सल्लू, आमोक, हिल्कियाह र यदायाह। येशूआको समयमा पुजारीहरू र तिनीहरूका सहयोगीहरूका अगुवाहरू यिनीहरू नै थिए।
8
लेवीहरू यिनीहरू नै थिएः येशूआ, बिन्नूई, कदमिएल, शेरेबियाह, यहूदा र मत्तन्याह, जो तिनका सहयोगीहरूसित धन्यवादी गीतहरूका जिम्मेवार थिए।
9
तिनीहरूका सहयोगीहरू उन्नी र बक्बुक्याह सङ्गीत सेवाहरूमा तिनीहरूको सामु उभिन्थे।
10
येशूआ योयाकीमका पिता थिए, योयाकीम एल्यासीबका पिता थिए, एल्यासीब यहोयादाका पिता थिए।
11
यहोयादा जोनाथनका पिता थिए, अनि जोनाथन यद्दूआका पिता थिए।
12
योयाकीमको समयमा यिनै पुजारी परिवारहरूका अगुवाहरू थिए: सरायाहका परिवारका मरायाह; यर्मियाका हनन्याह;
13
एज्राका मशुल्लाम; अमर्याहका येहोहानान;
14
मल्लूकका जोनाथन; शकन्याहका योसेफ;
15
हारीमका अदना; मरायोतका हल्कै;
16
इद्दोका जकरिया; गिन्नतोनका मशुल्लाम;
17
अबीयाहका जिक्री; मिन्यामीन र मोअद्याहका पिल्तै;
18
बिल्गाका शम्मूआ; शमायाहका यहोनातान;
19
यहोयारीबका मत्तनै; यदायाहका उज्जी;
20
सल्लूका कल्लै; आमोकका एबेर;
21
हिल्कियाहका हशब्याह; यदायाहका नथनिएल।
22
एल्यासीब, यहोयादा, योहानान र यद्दूआका साथै पुजारीहरूको पनि समयमा लेवीहरूका परिवारका अगुवाहरू परसीयाका राजा दाराको शासनकालमा दर्ता गरिएका थिए।
23
एल्यासीबका छोरा योहानानको समयसम्मका लेवीका सन्तानहरूका परिवारका अगुवाहरू इतिहासको पुस्तकमा लेखिएका थिए।
24
लेवीहरूका अगुवाहरू यिनीहरू नै थिएः हशब्याह, शेरेबियाह, कदमिएल छोरा येशूआ र तिनीहरूका सहयोगीहरू, परमेश्वरका जन दावीदले तोकिदिएअनुसार तिनीहरू पालैपालो धन्यवाद र प्रशंसा चढाउन एक दल अर्को दलको सामु खडा हुन्थे।
25
मत्तन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ द्वारपालहरू थिए, जो मूलढोकाहरूका भण्डार कोठाहरूमा पहरा दिन्थे।
26
तिनीहरूले येशूआका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पुजारी शिक्षक एज्राका पालामा सेवा गरेका थिए।
27
यरूशलेमको पर्खालको समर्पणमा धन्यवादी गीतहरूको साथै झ्याली, वीणा र सारङ्गीको सङ्गीतको साथमा आनन्दसाथ समर्पणको उत्सव मनाउनका लागि लेवीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँहरूबाट खोजी निकालेर यरूशलेममा ल्याइयो।
28
यरूशलेमका चारैतिरका इलाकाहरूबाट पनि सङ्गीतकारहरूलाई नतोपातीहरूका गाउँहरूबाट ल्याइयो।
29
बेत-गिलगालबाट, गेबा र अज्मावेतका इलाकाहरूबाट आए; किनकि सङ्गीतकारहरूले आफ्ना निम्ति यरूशलेमका वरिपरि गाउँहरू बसाएका थिए।
30
पुजारीहरू र लेवीहरूले आफूलाई विधिपूर्वक शुद्ध पारे; साथै तिनीहरूले मानिसहरू, मूलढोकाहरू र पर्खाललाई शुद्ध पारे।
31
त्यसपछि मैले यहूदाका अगुवाहरूलाई पर्खालमाथि जान लगाएँ। मैले दुई वटा ठूला गायन झुण्डहरूलाई पनि धन्यवाद चढाउने काममा नियुक्त गरेँ। एक दलचाहिँ पर्खालमाथि चढेर दाहिनेपट्टि फोहोर ढोकातिर जानुपर्ने थियो।
32
होशायाह र यहूदाका आधा भाग अगुवाहरूले तिनीहरूलाई पछ्याए;
33
अनि अजर्याह, एज्रा, मशुल्लाम,
34
यहूदा, बेन्यामीन, शमायाह, यर्मिया,
35
केही पुजारीहरू तुरही सहित र जकरिया जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए;
36
अनि जकरियाका सहयोगी दाजुभाइहरू शमायाह, अजरेल, मिललै, गिललै, माए, नथनिएल, यहूदा र हनानी—तिनीहरू परमेश्वरका जन दावीदले तोकिदिएका वाद्य-वाजाहरूसित थिए। व्यवस्थाको शिक्षक एज्रालेचाहिँ शोभायात्राको नेतृत्व गरे।
37
फोहरा मूलढोकामा तिनीहरूले दावीदको सहरका खुड्किलाहरूमा सोझै माथि उक्लँदै अगि बढे, र पर्खालमाथि चढे। त्यसपछि तिनीहरू दावीदको घरमाथिबाट पार भएर पूर्वतिरको पानी मूलढोकामा गए।
38
गायन-झुण्डको दोस्रो दलचाहिँ विपरीत दिशातिर बढे। म आधा मानिसहरूसँगै पर्खालको माथिसम्म तिनीहरूका पछि-पछि गएँ र भट्टीको धरहरा पार गरेर चौडा पर्खालसम्म गएँ।
39
एफ्राइम मूलढोकामाथि, येशना ढोका, माछा ढोका, हननेलको धरहरा र सयको धरहराहुँदै भेडा ढोकासम्म गएँ। अनि तिनीहरू पहरेदार ढोकामा रोकिए।
40
धन्यवाद चढाइसकेपछि दुई वटा गायन झुण्डहरू परमेश्वरको भवनमा तिनीहरूका ठाउँमा बसे; अनि मैले पनि तिनीहरूसित त्यसै गरेँ, अर्थात् अधिकृतहरूको आधा भागहरूसँग बसेँ।
41
साथै पुजारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याहसँगै तिनीहरूका तुरही बजाउँदै हिँडे।
42
साथै मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एजेर थिए। गायन झुण्डले यिज्रयाहको निर्देशनमा गीत गाए।
43
परमेश्वरले तिनीहरूलाई ठूलो आनन्द दिनुभएकोमा त्यस दिन तिनीहरूले आनन्दसाथ ठूलो बलिदानहरू चढाए। स्त्रीहरू र केटाकेटीहरूले पनि आनन्द मनाए। यरूशलेममा हर्ष मनाइएको आवाज धेरै टाढासम्म पनि सुन्न सकिन्थ्यो।
44
त्यस बेला भेटीहरू, अगौटे फलहरू र दशांशहरूका भण्डार कोठाहरूको जिम्मावाल हुनलाई मानिसहरू नियुक्त गरियो। तिनीहरूले सहरहरूका वरिपरिका खेतहरूबाट व्यवस्थाअनुसार पुजारीहरू र लेवीहरूका निम्ति तोकिएका भागहरू भण्डार कोठाहरूमा जम्मा गर्नुपर्थ्यो, किनकि सेवा गर्ने पुजारीहरू र लेवीहरूसित सारा यहूदाबासीहरू खुशी थिए।
45
तिनीहरूले आफ्ना परमेश्वरको सेवा र शुद्धीकरणको सेवा गर्थे। सङ्गीतकारहरू र द्वारपालहरूले पनि दावीद र तिनका छोरा सोलोमनका आदेशअनुसार सेवा गर्थे।
46
किनकि धेरै समयअगि दावीद र आसापका समयमा सङ्गीतकारहरूका निम्ति र परमेश्वरलाई प्रशंसा र धन्यवादका गीतहरू गाउनेहरूका निम्ति निर्देशकहरू हुन्थे।
47
यसकारण यरुबाबेल र नहेम्याहका दिनहरूमा सारा इस्राएलले सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति दैनिक भागहरू दिए। तब तिनीहरूले अरू लेवीहरूका निम्ति पनि भाग छुट्याएर राख्थे; अनि लेवीहरूले चाहिँ हारूनका सन्तानको भाग छुट्ट्याए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13