bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Nehemiah 9
Nehemiah 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
1
त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू उपवास बसेर भाङ्ग्रा लगाउँदै र टाउकोमा धुलो हालेर उपवासको निम्ति एकसाथ भेला भए।
2
इस्राएलीहरूका सन्तानहरूले आफूलाई विदेशीहरूबाट अलग गरेका थिए। तिनीहरू आफ्ना स्थानहरूमा खडा भएर आफ्ना पाप र आफ्ना पुर्खाहरूका पाप स्वीकार गरे।
3
तिनीहरू आफू बसेको ठाउँमा खडा भए; अनि छ घण्टासम्म याहवेह तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तक पढेर तिनीहरूले अर्को छ घण्टाचाहिँ आ-आफ्ना पाप स्वीकार गरे। अनि याहवेह आफ्ना परमेश्वरको आराधना गरिरहे।
4
यसपछि अग्लो खुट्किलामा लेवीहरू, येशूआ, बानी, कदमिएल, शबन्याह, बुन्नी, शेरेबियाह, बानी र कनानी उभिएर याहवेह तिनीहरूका परमेश्वरलाई चर्को आवाजमा पुकारे।
5
अनि लेवीहरू—येशूआ, कदमिएल, बानी, हशबन्याह, शेरेबियाह, होदिय्याह, शबन्याह र पतहयाहले भने: “युगौँयुगसम्म हुनुहुने याहवेह तिमीहरूका परमेश्वरलाई उभिएर प्रशंसा गर।” “तपाईंको महिमित नाम धन्यको होस्! यो सारा आशिष् र प्रशंसाभन्दा उच्च होस्!”
6
तपाईं मात्र याहवेह हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू, सर्वोच्च आकाशहरू र तिनीहरूमा भएका तारामण्डलहरू, पृथ्वी र त्यसमा भएका सबै थोकहरू, समुद्रहरू र त्यसमा भएका सबै कुराहरू बनाउनुभयो। तपाईंले हरेक कुरालाई जीवन दिनुहुन्छ र स्वर्गदूतहरूले तपाईंलाई दण्डवत् गर्दछन्।
7
“तपाईं नै याहवेह परमेश्वर हुनुहुन्छ, जसले अब्रामलाई चुन्नुभयो र तिनलाई कल्दीहरूको देश ऊरबाट निकालेर ल्याउनुभयो; अनि तिनलाई अब्राहाम नाम दिनुभयो।
8
तपाईंले तिनको हृदय तपाईंप्रति विश्वासयोग्य पाउनुभयो; तब तपाईंले तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिनेछु भनी तिनीसित करार बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ; किनकि तपाईं धर्मी हुनुहुन्छ।
9
“तपाईंले इजिप्टमा हाम्रा पुर्खाहरूका कष्टहरू देख्नुभयो; तपाईंले लाल समुद्रमा तिनीहरूको पुकार सुन्नुभयो।
10
तपाईंले फारो, तिनका अधिकृतहरू र तिनका देशका मानिसहरूको विरुद्धमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू पठाउनुभयो; किनकि इजिप्टियनहरूले हाम्रा पुर्खाहरूसित अति क्रूरतापूर्ण व्यवहार गरेका थिए, त्यो तपाईंलाई थाहा थियो। तपाईंले आफ्नै निम्ति एउटा नाम बनाउनुभयो, जुन नाम आजको दिनसम्मै छँदैछ।
11
तपाईंले पुर्खाहरूको सामु समुद्रलाई दुई भाग पारिदिनुभयो, तब तिनीहरू ओबानो जमिनबाट हिँडेर गए, तर तपाईंले तिनीहरूलाई खेद्ने शत्रुहरूलाई चाहिँ प्रचण्ड पानीमा परेको एउटा ढुङ्गाझैँ गहिरो पानीमा फ्याँकिदिनुभयो।
12
तपाईंले तिनीहरूलाई दिउँसो बादलको खाँबोद्वारा डोर्याउनुभयो र राति तिनीहरूले हिँड्ने बाटोमा उज्यालो होस् भनेर आगोको खाँबोद्वारा डोर्याउनुभयो।
13
“तपाईं सीनै पर्वतमा ओर्लेर आउनुभयो; तपाईं पुर्खाहरूसित स्वर्गबाट बोल्नुभयो। तपाईंले तिनीहरूलाई उर्दीहरू र व्यवस्थाहरू दिनुभयो, जुन न्यायसङ्गत र उचित छन्। अनि नियमहरू र आज्ञाहरू दिनुभयो, जुन असल छन्।
14
तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शब्बाथ मान्न सिकाउनुभयो; अनि तिनीहरूलाई आफ्नो सेवक मोशाद्वारा आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू दिनुभयो।
15
तिनीहरू भोकाएका बेला तपाईंले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो र तिनीहरू तिर्खाएको बेला तपाईंले तिनीहरूको निम्ति चट्टानबाट पानी निकालिदिनुभयो। तपाईंले तिनीहरूलाई दिनेछु भनी हात पसारेर शपथ खानुभएको देशमा गएर अधिकार गर्नलाई भन्नुभयो।
16
“तर हाम्रा पुर्खाहरू अहङ्कारी र हठी भएर तपाईंका आज्ञाहरू पालन गरेनन्।
17
तपाईंले तिनीहरूका बीचमा गर्नुभएका अचम्मका कामहरू सुन्न र स्मरण गर्न इन्कार गरे। तिनीहरू हठी भएर आफ्नो विद्रोहमा तिनीहरूले आफ्ना दासत्वमा फर्किजानलाई एक जना अगुवा नियुक्त गरे। तर तपाईं त क्षमा दिनुहुने, अनुग्रही, दयालु, रिस गर्नमा ढिला र अचुक प्रेम गर्नमा अपार हुनुहुन्छ। यसैकारण तपाईंले पुर्खाहरूलाई त्याग्नुभएन।
18
यद्यपि, तिनीहरूले आफ्नै निम्ति एउटा बाछाको आकृति बनाएर भनेका थिए, ‘तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने ईश्वर यही हो,’ अथवा जब तिनीहरूले अति डरलाग्दो ईश्वरनिन्दा गरेका थिए।
19
“तपाईंको अपार दयाको कारण तपाईंले तिनीहरूलाई उजाडस्थानमा त्याग्नुभएन। दिउँसो बादलको खाँबोले तिनीहरूको बाटोमा डोर्याउन छोडेन, न त राति तिनीहरूको बाटोमा ज्योति दिन आगोको खाँबो नै रोकियो।
20
तपाईंले आफ्नो असल आत्मा तिनीहरूलाई सिकाउनलाई दिनुभयो। तपाईंको मन्न तिनीहरूको मुखबाट तपाईंले खोस्नु भएन; अनि तपाईंले तिनीहरू तिर्खाएको बेला पानी दिनुभयो।
21
चालीस वर्षसम्म तपाईंले तिनीहरूलाई उजाडस्थानमा जुटाउनुभयो; तिनीहरूलाई कुनै पनि कुराको अभाव भएन। तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
22
“तपाईंले तिनीहरूलाई राज्यहरू, जातिहरू र सिमानामा रहेका ठाउँहरू पनि बाँडिदिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश कब्जा गरे।
23
तपाईंले तिनीहरूका सन्तानलाई आकाशका ताराहरूझैँ असंख्य बनाउनुभयो। अनि तपाईंले तिनीहरूलाई त्यो देशमा ल्याउनुभयो, जुन देशमा तिनीहरूका पुर्खाहरूलाई पस्न र अधिकार गर्नलाई भन्नुभएको थियो।
24
तिनीहरूका सन्तान गए र त्यस देशमा अधिकार गरे। तपाईंले तिनीहरूको सामु त्यस देशमा बस्ने कनानीहरूलाई तिनीहरूका अधीनमा ल्याउनुभयो; तपाईंले कनानीहरूलाई तिनीहरूका राजाहरू र देशवासीहरू समेत, तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूसित व्यवहार गर्नलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो।
25
तिनीहरूले सुरक्षित सहरहरू र मलिला भूमिहरू कब्जा गरे। तिनीहरूले सबै किसिमका असल चीजहरूले भरिएका घरहरू, खनेर तयार पारिएका कुवाहरू, दाखबारीहरू, जैतुनबारीहरू र फलका रूखहरू प्रशस्त मात्रामा कब्जा गरे। तिनीहरूले प्रशस्त खाएर हृष्टपुष्ट भए; अनि तपाईंको अपार भलाइमा साह्रै आनन्दित भए।
26
“तर तिनीहरू अनाज्ञाकारी भए र तपाईंप्रति बागी भए। तिनीहरूले तपाईंको व्यवस्थालाई तिरस्कार गरे। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे, जसले तिनीहरूलाई तपाईंतिर फर्काउन भनी चेताउनी दिएका थिए। तिनीहरूले डरलाग्दो ईश्वरनिन्दा गरेका थिए।
27
यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूमाथि अत्याचार गरे। तर जब तिनीहरू अत्याचारमा परे, तिनीहरूले तपाईंलाई पुकार गरे। तपाईंले स्वर्गबाट तिनीहरूको पुकार सुन्नुभयो। अनि आफ्नो महान् दयामा तपाईंले तिनीहरूलाई उद्धारकहरू दिनुभयो, जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटाए।
28
“तर तिनीहरूले विश्राम पाउनसाथ तपाईंको दृष्टिमा जे खराब थियो, फेरि त्यही गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो, ताकि तिनीहरूले तिनीहरूमाथि शासन गरून्। अनि जब तिनीहरूले फेरि तपाईंलाई पुकार गरे, तब तपाईंले स्वर्गबाट तिनीहरूको पुकार सुन्नुभयो। अनि तपाईंले आफ्नो दयामा तिनीहरूलाई पटक-पटक छुटाउनुभयो।
29
“तपाईंले तिनीहरूलाई तपाईंको व्यवस्थामा फर्कन चेतावनी दिनुभयो, तर तिनीहरू अहङ्कारी भएर तपाईंका आज्ञाहरू उल्लङ्घन गरे। तिनीहरूले तपाईंका विधि-विधानहरूका विरुद्धमा पाप गरे, जसको बारेमा तपाईंले भन्नुभयो, ‘आज्ञाहरू पालन गर्ने मानिस जीवित रहन्छ।’ तिनीहरू हठी भएर तिनीहरूका पिठिउँ तपाईंतिर फर्काए; अनि तिनीहरू अटेरी भएर आज्ञापालन गरेनन्।
30
धेरै वर्षसम्म तपाईं तिनीहरूप्रति धैर्यवान् बन्नुभयो। तपाईंले आफ्ना अगमवक्ताहरूद्वारा तपाईंको आत्माले तिनीहरूलाई चेतावनी दिनुभयो। तर पनि तिनीहरूले ध्यानै दिएनन्। यसैकारण तपाईंले तिनीहरूलाई विदेशी मानिसहरूका हातमा सुम्पिदिनुभयो।
31
तर तपाईंको महान् कृपामा तपाईंले तिनीहरूलाई नाश गर्नुभएन, अथवा त्याग्नुभएन; किनकि तपाईं अनुग्रही र कृपालु परमेश्वर हुनुहुन्छ।
32
“यसकारण अब, हे हाम्रा परमेश्वर, महान्, सामर्थी र भययोग्य परमेश्वर, जसले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ; हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू, अगमवक्ताहरू, पुर्खाहरू र तपाईंका सबै प्रजाहरूमाथि अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म परिआएका कष्टहरू छन्। यी सबै कष्टहरू तपाईंको नजरमा हल्का देखा नपरोस्।
33
हामीमाथि घटेका सबै कुराहरूमा तपाईं धर्मी हुनुहुन्थ्यो; तपाईंले विश्वासयोग्यतासाथ काम गर्नुभयो, तर हामीले चाहिँ दुष्टता गरेका छौँ।
34
हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेनन्। तिनीहरूले तपाईंका आज्ञाहरूमा अथवा तपाईंले तिनीहरूलाई दिनुभएका चेतावनीहरूमा ध्यान दिएनन्।
35
तिनीहरू आफ्ना राज्यमा, तपाईंले तिनीहरूलाई दिनुभएको फराकिलो र मलिलो जमिनमा हुँदा; अनि तपाईंको महान् भलाइ उपभोग गर्दासमेत तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरू आफ्ना कुमार्गहरूबाट नै फर्के।
36
“तर हेर्नुहोस्, आज हामी दास भएका छौँ। तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशका फलहरू खान र त्यसबाट आएका असल उब्जनी उपभोग गर्नलाई दिनुभएको देशमा हामी दास भएका छौँ।
37
हाम्रा पापको कारण, यस भूमिको प्रशस्त उब्जनीहरू तपाईंले हामीमाथि खटाउनुभएका राजाहरूकहाँ जान्छ। तिनीहरूले हाम्रा शरीरहरूमाथि र हाम्रा गाईबस्तुहरूमाथि तिनीहरूको इच्छाअनुसार शासन गर्छन्। हामी ठूलो सङ्कष्टमा परेका छौँ।
38
“यी सबै कुराहरूको कारणले गर्दा हामीले बाचा बाँधेर एउटा लिखित करारपत्र बनाउँदैछौँ; अनि हाम्रा अगुवाहरू, लेवीहरू र पुजारीहरूले त्यसमा आफ्ना सहीछाप लगाइदिँदछन्।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13