bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Nehemiah 8
Nehemiah 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 9 →
1
सबै मानिसहरू एउटै मनको झैँ भएर पानी मूलढोकाको सामुको चोकमा भेला भए। तिनीहरूले व्यवस्थाका शिक्षक एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउन लगाए, जुन व्यवस्था याहवेहले इस्राएलीहरूका निम्ति आज्ञा गर्नुभएको थियो।
2
यसैले पुजारी एज्राले सातौँ महिनाको पहिलो दिनमा पुरुषहरू र स्त्रीहरू र बुझ्न सक्ने सबै केटाकेटीहरू भेला भएका ठाउँमा सारा समुदायको सामु त्यो व्यवस्थाको पुस्तक ल्याए।
3
तिनले पानी मूलढोकाको सामु पुरुषहरू र स्त्रीहरू, र बुझ्न सक्ने केटाकेटीहरूको उपस्थितिमा बिहान घाम उदाएको समयदेखि दिउँसोसम्म चर्को आवाजमा व्यवस्थाको पुस्तक पढेर सुनाए। सबै मानिसहरूले व्यवस्थाको पुस्तकमा ध्यान दिए।
4
शिक्षक एज्रा काठले बनिएको अग्लो मञ्चमाथि उभिए। तिनको छेउमा दाहिनेपट्टि मत्तीत्याह, शेमा, अनायाह, उरियाह, हिल्किय्याह र मासेयाह; अनि देब्रेतिर पदायाह, मिशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम थिए।
5
एज्राले व्यवस्थाको पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सक्थे; किनकि तिनी मानिसहरूभन्दा अग्लो मञ्चमा उभिएका थिए। तिनले त्यो व्यवस्थाको पुस्तकलाई खोल्दा सबै मानिसहरू उभिए।
6
एज्राले याहवेह महान् परमेश्वरलाई प्रशंसा गरे; अनि सबै मानिसहरूले आफ्ना हातहरू उचालेर यसो भन्दै प्रतिक्रिया दिए, “आमेन! आमेन!” त्यसपछि तिनीहरू भुइँसम्म घोप्टो परेर याहवेहलाई दण्डवत् गरे।
7
येशूआ, बानी, शेरेबियाह, यामीन, अक्कूब, शब्बतै, होदिय्याह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलायाहः यी लेवीहरूले त्यहाँ मानिसहरू उभिरहेकै बेला मानिसहरूलाई व्यवस्थाको अर्थ बुझाइदिए।
8
तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्।
9
तब राज्यपाल नहेम्याह, पुजारी र व्यवस्थाका शिक्षक एज्रा र लेवीहरू, जसले तिनीहरू सबैलाई निर्देशन दिँदै यसो भने, “यो दिन याहवेह तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर र नरोऊ।” किनकि व्यवस्थाका वचन सुनेर सबै मानिसहरू रोइरहेका थिए।
10
नहेम्याहले भने, “गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।”
11
लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, “शान्त हुनुहोस्, किनकि यो एउटा पवित्र दिन हो, शोक नगर्नुहोस्।”
12
तब सबै मानिसहरू खान, पिउन र आफूसँग भएको भोजनको केही भाग नभएकाहरूलाई पठाइदिन, र अति हर्षको साथ उत्सव मनाउन गइहाले। किनकि तिनीहरूलाई बुझाइएका कुरा अब तिनीहरूले बुझेका थिए।
13
महिनाको दोस्रो दिन सबै परिवारका अगुवाहरू, पुजारीहरू र लेवीहरूको साथमा व्यवस्थाका वचनहरू ध्यानसित बुझ्न शिक्षक एज्राकहाँ गए।
14
याहवेहले मोशाद्वारा आज्ञा दिनुभएको व्यवस्थामा तिनीहरूले यस्तो लेखिएको भेट्टाए, सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्नुपर्छ।
15
तिनीहरूले आफ्ना सहरहरूमा र यरूशलेममा यो वचन घोषणा गरेर फैलाउनुपर्छ भन्ने कुरा पनि लेखिएको भेट्टाए: “पहाडी इलाकाहरूमा गएर जैतुन, जङ्गली जैतुनका रूखहरू, मेहदी, खजूर र छाया दिने रूखहरूबाट छाप्रो बनाउन हाँगाहरू ल्याओ”।
16
यसकारण मानिसहरू निस्केर बाहिर गए, र ती हाँगाहरू लिएर आए। अनि तिनीहरूले आ-आफ्नो निम्ति घरको छानामाथि, तिनीहरूका आँगनहरूमा र परमेश्वरको भवनका चोकहरूमा पानी मूलढोकाको छेउको चोकमा र एफ्राइमको मूलढोकाको छेउमा अस्थायी छाप्राहरू बनाए।
17
कैदबाट फर्किआउने सारा समुदायले अस्थायी छाप्राहरू बनाए, र त्यसमा बसे। नूनका छोरा यहोशूको समयदेखि उसो इस्राएलीहरूले यसरी यो उत्सव मनाएका थिएनन्। त्यसैले तिनीहरू धेरै खुशी थिए।
18
प्रत्येक दिन चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्म एज्राले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे। तिनीहरूले सात दिनसम्म चाड मनाए, र आठौँ दिनमा विधिअनुसार पवित्र सभा राखे।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13