bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Nehemiah 2
Nehemiah 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
1
राजा अर्तसास्तको शासनको बीसौँ वर्षको नीसान महिनामा उहाँको निम्ति मद्य ल्याइएको बेला मैले मद्य उठाएँ, र त्यो राजालाई टक्राएँ। उहाँको उपस्थितिमा म पहिले कहिल्यै पनि उदास भएको थिइनँ।
2
यसकारण राजाले मलाई सोध्नुभयो, “तिमी बिरामी नभए तापनि तिम्रो अनुहार किन यति धेरै उदास देखिन्छ? यो त हृदयको उदासीनता बाहेक अरू केही हुन सक्दैन।” तब म साह्रै डराएँ।
3
अनि मैले राजालाई जवाफ दिएँ, “राजा अमर रहून्! मेरा पितापुर्खाहरू गाडिएको मेरो सहर उजाड अवस्थामा हुँदा, र त्यसका मूलढोकाहरू आगोद्वारा नष्ट भएको छ भने मेरो अनुहार किन उदास हुँदैन र?”
4
राजाले मलाई भन्नुभयो, “तिमी मबाट के चाहन्छौ?” तब मैले स्वर्गका परमेश्वरसँग प्रार्थना गरेँ,
5
अनि मैले राजालाई जवाफ दिएँ, “यदि राजालाई असल लाग्छ र यदि तपाईंको सेवकले राजाको दृष्टिमा निगाह प्राप्त गरेको छ भने मलाई मेरा पितापुर्खाहरू गाडिएको सहर यहूदामा जाने अनुमति दिइयोस्, ताकि म त्यस सहरलाई पुनर्निर्माण गर्न सकूँ।”
6
तब राजाले, रानी पनि उनको साथमा बसिरहेकी अवस्थामा मलाई सोध्नुभयो, “यात्राको लागि तिमीलाई कति समय लाग्नेछ र तिमी कहिले फर्कनेछौ?” मलाई यरूशलेम पठाउन राजालाई असल लाग्यो। यसकारण मैले यरूशलेम जान समय निर्धारण गरेँ।
7
मैले राजालाई यो पनि बिन्ती गरेँ, “यदि राजालाई असल लागे, के यूफ्रेटिस पारिका राज्यपालहरूलाई लेखिएको पत्र म पाउन सक्छु, ताकि म यहूदा नपुगेसम्म तिनीहरूले मप्रति असल व्यवहार गरून्?
8
अनि के म राजकीय वनका अधिकारी आसापलाई लेखिएको एउटा पत्र पनि पाउन सक्छु; ताकि मन्दिरको छेउको किल्लाका मूलढोकाहरूका निम्ति चौकस, सहरको पर्खाल र म बस्ने घरको निम्ति काठहरू तिनले मलाई देऊन्?” मेरा परमेश्वरका अनुग्रही हात ममाथि रहेको कारण राजाले मेरा बिन्तीहरूमा मन्जुर हुनुभयो।
9
यसकारण म यूफ्रेटिस नदीपारिका राज्यपालहरूकहाँ गएँ, र तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मसित सेनापतिहरू र घोडचढीहरू पनि पठाइदिनुभएको थियो।
10
जब होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबियाहले इस्राएलीहरूको भलाइ गर्न खोज्ने कोही व्यक्ति आएका छन् भन्ने कुरा सुने, तब तिनीहरू साह्रै विचलित भए।
11
म यरूशलेममा गएँ, र त्यहाँ तीन दिन बसेँ।
12
म रातको समयमा केही मानिसहरूसित निस्केँ। परमेश्वरले यरूशलेमको निम्ति केही गर्ने कुरा मेरो हृदयमा हालिदिनुभएको थियो। त्यो कुरा मैले कसैलाई भनिनँ। म आफू चढेको सवारीबाहेक मसित अरू पशु थिएन।
13
म राति नै बेँसीको मूलढोका हुँदै स्याल पोखरी र फोहोरे मूलढोका भएर यरूशलेमका पर्खालहरू जाँच गर्दैगएँ, जुनचाहिँ भत्काइएका र त्यसका मूलढोकाहरू आगोले जलाएर भस्म पारिएका थिए।
14
त्यसपछि म फोहरा मूलढोका र राजाको पोखरीतिर अगि बढेँ, तर त्यहाँ मेरो पशुलाई छिर्ने ठाउँ थिएन।
15
यसकारण पर्खालहरू जाँच गर्दै म राति नै बेँसीमा उक्लेँ। आखिरमा म फर्केर बेँसीको मूलढोका हुँदै सहरभित्र पसेँ।
16
अधिकारीहरूलाई म कहाँ गएको थिएँ, अथवा मैले के गर्न लागेको थिएँ, त्यो कुरा थाहा भएन। किनकि मैले यहूदीहरू वा पुजारीहरू वा अधिकारीहरू वा अधिकृतहरू, अर्थात् अरू कामको जिम्मा लिने कसैलाई पनि केही भनेको थिइनँ।
17
तब मैले तिनीहरूलाई भनेँ, “हामी जुन कष्टमा छौँ, त्यो तिमीहरूले देखेका छौ: यरूशलेम भत्किएको अवस्थामा छ, र यसका मूलढोकाहरू आगोले जलाइएका छन्। आओ, हामी यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ। तब हामी फेरि अपमानित भएर रहन पर्नेछैन।”
18
ममाथि मेरा परमेश्वरका अनुग्रही हात रहेको र राजाले मलाई भन्नुभएका सबै कुरा मैले तिनीहरूलाई भनिदिएँ। तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौँ।” यसरी तिनीहरूले यो असल काम सुरु गरे।
19
तर जब होरोनी सन्बलत, अधिकृत अम्मोनी तोबियाह र अरबी गेशेमले यस बारेमा सुने, तब तिनीहरूले हाम्रो खिल्ली उडाए, र हाम्रो गिल्ला गरे। तिनीहरूले सोधे, “तिमीहरूले यो के गरेको? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”
20
मैले तिनीहरूलाई यसो भनेर जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफलता दिनुहुनेछ। हामी उहाँका सेवकहरूले पुनर्निर्माणको काम सुरु गर्दैछौँ। तर तिमीहरूको बारेमा चाहिँ यरूशलेममा तिमीहरूको कुनै हिस्सा छैन, वा यसमा कुनै दाबी छैन; न त ऐतिहासिक अधिकार नै छ।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13