bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Nehemiah 7
Nehemiah 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
1
पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ।
2
मैले आफ्नो भाइ हनानीलाई किल्लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्वरको भय धेरै मान्ने गर्थे।
3
मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।”
4
अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन।
5
यसकारण मेरा परमेश्वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ:
6
बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के।
7
तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के। इस्राएलीहरूका पुरुषहरूको सूची:
8
परोशका सन्तानहरू 2,172 जना;
9
शपत्याहका सन्तानहरू 372 जना;
10
अराहका सन्तानहरू 652 जना।
11
पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना;
12
एलामका सन्तान 1,254 जना;
13
जत्तूका सन्तान 845 जना;
14
जक्कैका सन्तान 760 जना;
15
बिन्नूईका सन्तान 648 जना;
16
बेबैका सन्तान 628 जना;
17
अज्गादका सन्तान 2,322 जना;
18
अदोनीकामका सन्तान 667 जना;
19
बिग्वैका सन्तान 2,067 जना;
20
आदीनका सन्तान 655 जना;
21
आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
22
हाशूमका सन्तान 328 जना;
23
बेजैका सन्तान 324 जना;
24
हारीपका सन्तान 112 जना;
25
गिबोनका सन्तान 95 जना।
26
बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना;
27
अनातोतका मानिसहरू 128 जना;
28
बेथ-अज्मावेतका मानिसहरू 42 जना;
29
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;
30
रामा र गेबाका मानिसहरू 621 जना;
31
मिकमाशका मानिसहरू 122 जना;
32
बेथेल र ऐका मानिसहरू 123 जना;
33
अर्को नेबोका मानिसहरू 52 जना;
34
अर्को एलामका मानिसहरू 1,254 जना;
35
हारीमका मानिसहरू 320 जना;
36
यरीहोका मानिसहरू 345 जना;
37
लोद, हादीद र ओनोका मानिसहरू 721 जना;
38
सेनाहका मानिसहरू 3,930 जना।
39
पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;
40
इम्मेरको परिवारबाट 1,052 जना;
41
पशहूरको परिवारबाट 1,247 जना;
42
हारीमको परिवारबाट 1,017 जना।
43
लेवीहरू: येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना।
44
गायकहरू: आसापका सन्तानहरू 148 जना।
45
मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तानहरू 138 जना।
46
मन्दिरका सेवकहरू: तिनीहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,
47
केरोस, सीआ, पादोन,
48
लेबाना, हागाबा, शल्मै,
49
हानान्, गिद्देल, गहर,
50
रायाह, रसीन, नकोदा,
51
गज्जाम, उज्जा, पसेह,
52
बेसै, मोनीम, नेपुसीम,
53
बक्बूक, हकूपा, हरहूर,
54
बस्लूत, महीदा, हर्शा,
55
बर्कोस, सीसरा, तेमह,
56
नसीह र हतीपा।
57
सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परीदा,
58
याला, दर्कोन, गिद्देल,
59
शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमोनका सन्तानहरू।
60
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना।
61
तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:
62
दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना।
63
पुजारीहरूमध्येबाट: होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
64
यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।
65
यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
66
सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो।
67
यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए।
68
उनीहरूसित 736 घोडाहरू, 245 खच्चरहरू,
69
435 ऊँटहरू र 6,720 गधाहरू थिए।
70
परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक, 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए।
71
परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिक सुन, र 2,200 मीना चाँदी दिए।
72
बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए।
73
पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले। सातौँ महिनासम्ममा इस्राएलीहरू आफ्ना सहरहरूमा बसोबास गरे।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13