bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Nehemiah 4
Nehemiah 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
1
जब हामीले पर्खालको पुनर्निर्माण गरिरहेका छौँ भन्ने सन्बलतले सुने, तब उनी साह्रै क्रोधित भएर रिसको आगोमा तिनले यहूदीहरूलाई खिसी गरे।
2
तिनका साथीहरू र सामरियाको सेनाहरूको उपस्थितिमा तिनले भने, “यी कमजोर यहूदीहरूले के गरिरहेका छन्? के तिनीहरूले आफ्नो पर्खाल पुनर्निर्माण गर्नेछन्? के तिनीहरूले बलिदानहरू चढाउनेछन्? के तिनीहरूले एकै दिनमा सिद्ध्याउनेछन्? के तिनीहरूले आगोले जलेका ढुङ्गाहरूका ती थुप्रोबाट नयाँ जीवन ल्याउन सक्छन्?”
3
उनको छेउमै भएको अम्मोनी तोबियाहले भने, “तिनीहरूले जे बनाइरहेका छन्—त्यसमाथि एउटा स्याल चढ्यो भने पनि तिनीहरूका ढुङ्गाका पर्खाल भत्काइदिनेछ!”
4
हे हाम्रा परमेश्वर, हाम्रो पुकार सुन्नुहोस्; किनकि तिनीहरूले हाम्रो अपमान गरिरहेका छन्। तिनीहरूका अपमानहरू तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्। तिनीहरूलाई कैदको देशमा लुटका मालसामानझैँ तुल्याइदिनुहोस्।
5
तिनीहरूका अपराध क्षमा नगरिदिनुहोस्, र तपाईंको दृष्टिबाट तिनीहरूका पापहरू नमेटिदिनुहोस्; किनकि तिनीहरूले निर्माण गर्नेहरूकै अगि अपमान गरेका छन्।
6
यसकारण हामीले पर्खाल त्यसको उचाइको आधा भाग नपुगेसम्म पुनर्निर्माण गर्यौँ; किनकि मानिसहरूले आफ्ना सम्पूर्ण हृदयले काम गरेका थिए।
7
तर जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदका मानिसहरूले यरूशलेमको पर्खालको काम प्रगति भइरहेको छ र भत्किएका ठाउँहरू पुरिँदैछ भन्ने कुरा सुने तब तिनीहरू साह्रै रिसाए।
8
तिनीहरूले आएर यरूशलेमको विरुद्धमा युद्ध गर्न र यस सहरको विरुद्धमा खलबल गराउन एकसाथ मिलेर षड्यन्त्र गरे।
9
तर हामीले आफ्ना परमेश्वरलाई प्रार्थना गर्यौँ, र यस धम्कीको सामना गर्नलाई दिनरात पहरेदार राख्यौँ।
10
त्यसपछि यहूदाका मानिसहरूले भने, “मजदुरहरूको बल कमजोर भइरहेछ, र त्यहाँ फोहोर अति धेरै छ; यसकारण हामीले पर्खालको पुनर्निर्माण गर्न सक्दैनौँ।”
11
तब हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउन वा हामीलाई देख्नभन्दा अगाडि नै, हामी तिनीहरूका बीचमा जानेछौँ, तिनीहरूलाई मारिदिनेछौँ र यस कामको अन्त्य गरिदिनेछौँ।”
12
तब तिनीहरूको छेउमा बस्ने यहूदीहरू आए, र हामीलाई दश पटकभन्दा बढी यसो भने, “तपाईंहरू जता फर्के तापनि तिनीहरूले हामीलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”
13
यसकारण मैले केही मानिसहरूलाई पर्खालको सबैभन्दा तल्लो खुला ठाउँहरूमा तिनीहरूका परिवारअनुसार तिनीहरूका तरवारहरू, भालाहरू र धनुकाँड लिएर बस्ने आदेश दिएँ।
14
मैले सबै कुराहरू हेरिसकेपछि, म खडा भएर अधिकारीहरू, अधिकृतहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिमीहरू तिनीहरूसित नडराओ। महान् र भययोग्य प्रभुलाई याद गर; अनि आफ्ना दाजुभाइहरूको निम्ति, आफ्ना छोराहरूका र छोरीहरूका निम्ति, आफ्ना पत्नीहरू र आफ्ना घरहरूको निम्ति युद्ध गर।”
15
जब हाम्रा शत्रुहरूले हामीलाई तिनीहरूको योजनाबारे थाहा भयो, र परमेश्वरले त्यसलाई विफल पार्नुभयो भन्ने कुरा सुने, हामी सबै पर्खालको पुनर्निर्माण काम गर्न फर्क्यौँ, र हामी प्रत्येक आ-आफ्ना काममा लाग्यौँ।
16
त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरू काममा लागिरहे भने अर्को आधा भाग मानिसहरू भाला, ढाल, धनु र हतियारले सुसज्जित भइबसे; अनि यहूदाका सारा मानिसहरूको पछिल्तिर अगुवाहरू खडा भए,
17
जुन मानिसहरूले पर्खाल बनाइरहेका थिए। सामान बोक्ने कामदारहरूले एक हातले काम गर्थे, र अर्को हातले हतियार बोक्थे।
18
अनि निर्माण काम गर्नेहरू आफ्नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्ने मानिसहरूचाहिँ मसँग बस्थे।
19
तब मैले अगुवाहरूलाई, अधिकारीहरूलाई र बाँकी मानिसहरूलाई यसो भनेँ, “काम बढिरहेको र फैलिएको छ; अनि हामीहरू पर्खालमा एक-अर्कादेखि निकै टाढा-टाढा छौँ।
20
तिमीहरूले जुन ठाउँमा तुरही बजेको आवाज सुन्छौ, त्यहीँ नै हामीहरूसँग भेला हुनू। हाम्रा परमेश्वरले हाम्रा निम्ति युद्ध गर्नुहुनेछ!”
21
यसरी आधा मानिसहरूले भाला समातेर पहरा गरेको अवस्थामा, अरू आधा मानिसहरूले चाहिँ बिहान उज्यालो भएदेखि राति तारा देखा पर्न थालुन्जेलसम्म काम गरिरह्यौँ।
22
त्यस बेला मैले मानिसहरूलाई यो पनि भनेँ, “राति हरेक मानिस र त्यसको सेवक यरूशलेमभित्र रहोस्, ताकि तिनीहरूले राति हाम्रो पहरेदारको रूपमा र दिउँसो कामदारको रूपमा सेवा गर्न सकून्।”
23
न मैले, न त मेरा दाजुभाइहरूले; न मेरा मानिसहरूले न त मसित भएका अङ्गरक्षकहरूले आफ्ना लुगा फुकाल्यौँ। पानी पिउन जाँदा पनि हरेकसँग आफ्नो हातमा हतियार हुन्थ्यो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13