bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Revelation 11
Revelation 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
1
मलाई एउटा नाप्ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर।
2
तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्।
3
अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।”
4
यिनीहरू “ती दुई जैतुनका रूखहरू” र दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।”
5
यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्टा गर्नेहरू मर्नुपर्नेछ।
6
यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ।
7
अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ।
8
तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।
9
साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्।
10
पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, र एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए।
11
तर साढे तीन दिनपछि परमेश्वरबाट जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए; अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए।
12
तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए।
13
ठिक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, र त्यस सहरको दशौँ भाग ढल्यो। सात हजार मानिसहरू भुइँचालोमा मारिए, र बाँचेकाहरू भयभीत भए; अनि स्वर्गका परमेश्वरलाई महिमा दिए।
14
दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ।
15
जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
16
अनि परमेश्वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्वरलाई आराधना गर्दै
17
यसो भने: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो; किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ, र राज्य गर्न थाल्नुभएको छ।
18
राष्ट्रहरू क्रोधित भएका थिए, र तपाईंको क्रोध आइपुगेको छ। मरेकाहरूको न्याय हुने बेला आएको छ; अनि तपाईंका सेवक अगमवक्ताहरू, तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्; ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ; अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्ट गर्ने समय आएको छ।”
19
तब स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो; अनि त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, र भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22