bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Revelation 9
Revelation 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
1
जब पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखेँ। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो।
2
तिनले जब त्यस कुण्डलाई खोले, तब त्यहाँबाट विशाल भट्टीबाटझैँ धुवाँ निस्क्यो। त्यस कुण्डबाट निस्केको धुवाँद्वारा सूर्य र आकाश अँध्यारो भए।
3
अनि त्यस धुवाँबाट सलहहरू निस्के, र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैँ तिनीहरूलाई शक्ति दिइयो।
4
ती सलहहरूलाई पृथ्वीका घाँसहरू अथवा कुनै बोटबिरुवा अथवा रूखहरूलाई हानि नगर्नू, तर जुन मानिसहरूका निधारमा परमेश्वरको छाप छैन, तिनीहरूलाई मात्र हानि गर्नू भनियो।
5
तिनीहरूलाई मार्ने अख्तियार दिइएन, तर पाँच महिनासम्म यातना दिनू भनियो। अनि बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, त्यो त्यस्तै थियो।
6
ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर भेट्टाउनेछैनन्; तिनीहरू मर्ने इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूदेखि भाग्नेछ।
7
ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकामा सुनका मुकुटहरूझैँ केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए।
8
तिनीहरूका केश स्त्रीहरूका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहहरूका दाँतजस्ता थिए।
9
तिनीहरूका छातीका कवचहरू फलामकाझैँ थिए; अनि तिनीहरूका पखेटाहरूका आवाज लडाइँ गर्न दगुरिरहेका धेरै घोडाहरू र रथहरूको गडगडाहटझैँ थियो।
10
तिनीहरूका पुच्छरहरूमा बिच्छीहरूका जस्तै खीलहरू थिए, र तिनीहरूका पुच्छरहरूमा मानिसहरूलाई पाँच महिनासम्म यातना दिने शक्ति थियो।
11
तिनीहरूका राजाका रूपमा अतल कुण्डको दूत थियो, जसको नाम हिब्रू भाषामा अबाडोन, ग्रीक भाषामा, अपोल्लियोन हो।
12
पहिलो आतङ्क बितेर गयो; तर हेर, यसपछि अरू दुई आतङ्कहरू आउन बाँकी नै छन्!
13
जब छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले परमेश्वरको सामु भएको सुनको वेदीका चार वटा सिङहरूबाट आएको आवाज सुनेँ।
14
त्यो आवाजले तुरही बोकेका छैटौँ स्वर्गदूतलाई यसो भन्यो, “त्यस ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतहरूलाई फुकाइदेऊ।”
15
अनि मानिसहरूको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखेका ती चार जना स्वर्गदूतहरूलाई छोडियो।
16
मैले ती घोडसवार फौजको संख्या बीस करोड थियो भनेर सुनेँ।
17
मैले मेरो दर्शनमा देखेका घोडाहरू र सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोझैँ राता, गाढा, निला र गन्धकझैँ पहेँला थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरझैँ थिए; तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो।
18
तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको तीन वटा रूढीहरूद्वारा मानिसहरूका एक तिहाइ भाग मारिए।
19
ती घोडाहरूको शक्ति तिनीहरूका मुखमा र पुच्छरहरूमा थिए; किनकि तिनीहरूका पुच्छरहरू सर्पजस्ता थिए, जसमा टाउको पनि भएकाले चोट पुर्याउँथे।
20
ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्ट कामहरूबाट अझ पनि पश्चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने, भूतप्रेतहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरू पुज्न छाडेनन्।
21
तिनीहरू आफूले गरेका हत्या, टुनामुना, अनैतिक यौन सम्बन्ध, र चोरीको लागि पश्चात्ताप गरेनन्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22