bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Revelation 5
Revelation 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 6 →
1
त्यसपछि मैले सिंहासनमा बस्नुहुनेको दाहिने हातमा एउटा चर्मपत्र देखेँ, जसको दुवैतिर लेखिएको थियो; र सात वटा मोहरहरूले बन्द गरिएको थियो।
2
अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, “यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?”
3
तर स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि भएका कसैले पनि त्यस चर्मपत्रलाई खोल्न र पढ्न सकेनन्।
4
म रोइरहेँ किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यको कोही पनि पाइएन।
5
तब धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाको कुलको सिंह, दावीदको सिंहासनको उत्तराधिकारी यो चर्मपत्र र यी सात वटा मोहरहरू खोल्न विजयी हुनुभएको छ।”
6
तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्वरका सात आत्माहरू हुन्।
7
थुमाले सिंहासनमा बस्नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो।
8
अनि जब त्यो लिनुभयो, तब ती चार वटा जीवित प्राणीहरू र चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, र तिनीहरूले धूपले भरिएका सुनका धुपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्।
9
अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ; किनकि तपाईं मारिनुभएको थियो; अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्वरको निम्ति किन्नुभयो।
10
तपाईंले तिनीहरूलाई हाम्रा परमेश्वरको सेवा गर्नलाई राज्य र पुजारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।”
11
तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो।
12
चर्को सोरमा तिनीहरूले यो गीत गाए: “मारिनुभएको थुमा, शक्ति, वैभव, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!”
13
तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र शक्ति सदासर्वदा भइरहोस्!”
14
चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22