bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Revelation 15
Revelation 15
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
1
मैले स्वर्गमा अर्को ठूलो र आश्चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्वरको क्रोध पूरा हुनेछ।
2
अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्वरले दिनुभएका वीणाहरू लिएका थिए।
3
तिनीहरूले परमेश्वरको सेवक मोशाको र थुमाको गीत गाए: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र अचम्मका छन्। राष्ट्रहरूका राजा, तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्।
4
हे प्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंको नामको महिमा कसले गर्दैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै राष्ट्रहरू आएर तपाईंको सामु दण्डवत् गर्नेछन्; किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”
5
त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो।
6
त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए।
7
तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए।
8
अनि परमेश्वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्न सकेन।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22