bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Revelation 21
Revelation 21
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
1
तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन।
2
अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्वरबाट तल झरिरहेको देखेँ।
3
तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, “हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ।
4
उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।”
5
सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।”
6
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु।
7
जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्वर र तिनीहरू मेरा सन्तान हुनेछन्।
8
तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”
9
सात वटा अन्तिम विपत्तिहरूले भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी हुन गइरहेकी दुलहीलाई देखाउनेछु।”
10
अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम देखाए।
11
त्यो परमेश्वरको महिमाले चम्किरहेको थियो; त्यसको चमक बहुमूल्य रत्नहरू, बिल्लौर र स्फटिकजस्तो सफा थियो।
12
त्यसको विशाल र अग्लो पर्खाल थियो, जसमा बाह्र वटा मूलढोकाहरू थिए, र प्रत्येक ढोकामा एक-एक स्वर्गदूत थिए। ती प्रत्येक ढोकामा एक-एक कुलका नाम गरेर इस्राएलका बाह्र कुलका नाम लेखिएका थिए।
13
पूर्वमा तीन वटा, उत्तरमा तीन वटा, दक्षिणमा तीन वटा र पश्चिममा तीन वटा ढोकाहरू थिए।
14
सहरका पर्खालमा बाह्र वटा शिलाहरूका जग थिए, र तिनीहरूमा थुमाका बाह्र प्रेरितहरूका नामहरू थिए।
15
मसित बोल्ने स्वर्गदूतसित सहर, ढोकाहरू र त्यसका पर्खालहरू नाप्ने सुनको लट्ठी थियो।
16
त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ बराबर थियो। तिनले त्यस लट्ठीले सहरहरूलाई नापे, र त्यो दुई हजार दुई सय किलोमिटर पाए। त्यसको लम्बाइ, चौडाइ र उचाइ एकसमान थियो।
17
स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैँसट्ठी मिटर मोटो थियो।
18
त्यो पर्खाल बिल्लौरले बनिएको थियो; अनि सहरचाहिँ निखुर सुनले बनिएको थियो, जुनचाहिँ काँचजस्तै निखुर थियो।
19
सहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्ना;
20
पाँचौँ सार्डियसमणि, छैटौँ गोमेद, सातौँ पीतमणि, आठौँ फिरोजा, नवौँ पुष्पराग, दशौँ हरितमणि, एघारौँ धूम्रकान्त र बाह्रौँचाहिँ मर्तिसमणि थियो।
21
ती बाह्र ढोकाहरू बाह्र मोती थिए; प्रत्येक ढोका एउटै मोतीले बनिएको थियो। सहरका ठूला सडकचाहिँ छर्लङ्गै देखिने काँचजस्तै निखुर सुनको थियो।
22
मैले सहरमा कुनै मन्दिर देखिनँ; किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै त्यसको मन्दिर हुनुहुन्छ।
23
त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ।
24
त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्डुल गर्नेछन्, र पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस सहरमा प्रवेश गर्नेछन्।
25
त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन।
26
सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्।
27
त्यसमा कुनै अशुद्ध कुरा पस्न पाउनेछैन, न त शर्मका र छलका काम गर्ने कोही पस्न पाउँनेछ; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
Recommended Reading
Commentary
Revelation Commentaries
→
Devotional
Revelation Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→