bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Revelation 4
Revelation 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
1
त्यसपछि मैले देखेँ, स्वर्गमा एउटा खुला ढोका थियो। मैले पहिले सुनेको सोर तुरहीको आवाजमा मसँग यसरी बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यसपछि के हुनुपर्छ, सो म तिमीलाई देखाउनेछु।”
2
म तुरुन्तै आत्मामा भएँ; अनि स्वर्गमा मेरो सामु कोही बसिरहनुभएको एउटा सिंहासन थियो।
3
अनि त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिझैँ देखिन्थ्यो। त्यहाँ पन्नाजस्तै चम्केको इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो।
4
त्यस सिंहासनका वरिपरि चौबीस वटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए।
5
सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सात वटा बत्तीहरू बलिरहेका थिए, जुन परमेश्वरका सात आत्माहरू हुन्।
6
सिंहासनको अगाडि स्फटिकझैँ पारदर्शी काँचको समुद्रजस्तो थियो। सिंहासनको बीचमा चारैतिर चार वटा जीवित प्राणीहरू थिए, र तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए।
7
पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो।
8
प्रत्येक जीवित प्राणीका छ वटा पखेटाहरू थिए; अनि ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकीकन यसो भनिरहन्थे: “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् प्रभु परमेश्वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ, र जो हुनआउनुहुनेछ।”
9
सिंहासनमा बस्नुहुने, र सदासर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्,
10
तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्नुहुने अनि सदासर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्:
11
“हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ; किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो; अनि तपाईंको इच्छाद्वारा नै ती सृष्टि गरिए; अनि ती अस्तित्वमा आए।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22