bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Zechariah 1
Zechariah 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
1
दारा राजाको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा, अगमवक्ता जकरियाकहाँ आयो:
2
“याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो।
3
त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
4
तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूका दुष्ट चालहरूबाट र तिमीहरूका दुष्ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ।
5
तिमीहरूका पितापुर्खाहरू अहिले कहाँ छन्? अनि ती अगमवक्ताहरू, के तिनीहरू सदा जीवित छन्?
6
तर हेर मैले आफ्ना सेवक, अगमवक्ताहरूलाई आज्ञा दिएका मेरा वचनहरू र आदेशहरू के तिमीहरूका पितापुर्खाहरू माथि आइलागेनन् र? “त्यसपछि तिनीहरूले पश्चात्ताप गरे र भने, ‘आफूले निश्चय गर्नुभएझैँ, सेनाहरूका याहवेहले हाम्रा चालहरू र कामहरूअनुसार हामीलाई सुहाउने व्यवहार गर्नुभएको छ।’ ”
7
दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो।
8
रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए।
9
मैले सोधेँ, “मेरो प्रभु, यी के हुन्?” मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, “म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।”
10
तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, “यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।”
11
अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, “हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।”
12
त्यसपछि याहवेहका स्वर्गदूतले भने, “हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”
13
यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो।
14
तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, “यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु,
15
तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्टलाई झन् बढाइदिए।’
16
“यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
17
“यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्नुहुनेछ।’ ”
18
त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो सामु चार वटा सिङहरू थिए!
19
मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “यी के हुन्?” “तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।”
20
तब याहवेहले मलाई चार जना कारिगरहरू देखाउनुभयो।
21
मैले सोधेँ, “यिनीहरू के गर्न आउँदैछन्?” उहाँले मलाई जवाफ दिनुभयो, “यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14