bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Zechariah 13
Zechariah 13
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
1
“त्यस दिन दावीदको घराना र यरूशलेमका बासिन्दाहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई तिनीहरूका निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ।
2
“त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु।
3
यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्।
4
“त्यस दिन हरेक अगमवक्ता तिनीहरूका अगमवाणीको दर्शनको कारण शर्ममा पर्नेछन्। तिनीहरूले धोका दिनलाई अगमवक्ताको रौँको वस्त्र लाउनेछैनन्।
5
हरेकले भन्नेछ, ‘म अगमवक्ता होइनँ। म एक किसान मात्र हुँ; किनकि युवाअवस्थादेखि नै मेरो जीविका जमिनबाट चलेको छ।’
6
यदि कसैले तिनीहरूलाई सोध्यो भने, ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ तिनीहरूले जवाफ दिनेछन्, ‘यी मेरो मित्रहरूको घरमा मलाई दिइएका चोटहरू हुन्।’
7
“हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्; तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “गोठालोलाई प्रहार गर्, र भेडाहरू तितरबितर हुनेछन्; अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।”
8
याहवेह घोषणा गर्नुहुन्छ, “सारा देशमा दुई तिहाइ मारिनेछन् र नष्ट हुनेछन्; तापनि त्यहाँ एक तिहाइ छोडिनेछन्।
9
यस एक तिहाइलाई म आगोमा हालिदिनेछु; म तिनीहरूलाई चाँदीझैँ खार्नेछु, र तिनीहरूलाई सुनझैँ जाँच्नेछु। जब तिनीहरूले मेरो नाममा पुकार्नेछन्, तब म तिनीहरूलाई जवाफ दिनेछु; म तिनीहरूलाई भन्नेछु, ‘तिनीहरू मेरा प्रजा हुन्,’ र तिनीहरूले भन्नेछन्, ‘याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।’ ”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14