bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Zechariah 7
Zechariah 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 8 →
1
दारा राजाको शासनकालको चौथो वर्षको नवौँ महिना, अर्थात् किसलेव महिनाको चौथो दिन याहवेहको वचन जकरियाकहाँ आयो।
2
जब बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलेकलाई आफ्ना मानिसहरूसँग याहवेहलाई बिन्ती गर्न,
3
र सेनाहरूका याहवेहको भवनका पुजारीहरू र अगमवक्ताहरूलाई यसो भन्न पठाए, “मैले धेरै वर्षदेखि गर्दै आएजस्तै, के मैले पाँचौँ महिनामा पनि विलाप गर्नु र उपवास बस्नुपर्छ?”
4
तब सेनाहरूका याहवेहको वचन मकहाँ आयो:
5
“देशका सबै मानिसहरू र पुजारीहरूलाई सोध्, ‘बितेका सत्तरी वर्षहरूमा तिमीहरूले पाँचौँ र सातौँ महिनामा उपवास बस्दा र शोक गर्दा के तिमीहरूले साँच्चै मेरै निम्ति उपवास बसेका थियौ त?
6
अनि जब तिमीहरूले खायौ र पियौ, तब के तिमीहरूले आफ्नै निम्ति भोज खाइरहेका थिएनौ र?
7
जब यरूशलेम र त्यसका छेउछाउका सहरहरू विश्राममा र समृद्धिमा थिए; अनि दक्षिणी भाग र पश्चिमी पहाडका फेदीहरूमा बसोबास गर्थे, तब के यिनै वचनहरू होइनन्, जुन याहवेहले पहिलेका आफ्ना अगमवक्ताहरूद्वारा घोषणा गर्नुभएको थियो?’ ”
8
अनि याहवेहको यो वचन फेरि जकरियाकहाँ आयो:
9
“सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘साँचो न्याय गर; एक-आपसमा कृपा र दया देखाओ।
10
विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्ट युक्ति नरच।’
11
“तर तिनीहरूले यस कुरामा ध्यान नै दिएनन्; तिनीहरू हठी भएर आफ्ना पिठिउँ फर्काए र आफ्ना कानहरू बन्द गरे।
12
तिनीहरूले आफ्ना हृदय चकमके ढुङ्गाझैँ कठोर बनाए; अनि तिनीहरूले नियमहरू सुन्न चाहेनन्, जुन सेनाहरूका याहवेहले आफ्नो आत्माद्वारा पहिलेका अगमवक्ताहरू मार्फत् पठाउनुभएको थियो। यसैकारण सेनाहरूका याहवेह अति क्रोधित हुनुभयो।
13
“ ‘जब मैले तिनीहरूलाई बोलाएँ, तिनीहरूले सुनेनन्; यसकारण जब तिनीहरूले बोलाए, मैले पनि सुनिनँ,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
14
‘मैले आँधीबेहरीले तिनीहरूलाई सबै राष्ट्रहरूका बीचमा तितरबितर पारिदिएँ, जहाँ तिनीहरू परदेशीहरू थिए। तिनीहरूले छोडेपछि देश धेरै उजाड भयो, कि त्यहाँबाट भएर कोही पनि यात्रा गर्दैनथिए। यसरी तिनीहरूले सुन्दर देशलाई उजाड पारिदिए।’ ”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14