bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Zechariah 3
Zechariah 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
1
तब याहवेहले मलाई उहाँका स्वर्गदूतको अगाडि उभिरहेका प्रधान पुजारी यहोशूलाई देखाउनुभयो, र शैतानचाहिँ यहोशूको विरोध गर्न तिनकै दाहिनेतिर उभिरहेको थियो।
2
याहवेहले शैतानलाई भन्नुभयो, “हे शैतान, याहवेहले तँलाई हकारून्! यरूशलेमलाई चुन्नुहुने याहवेहले तँलाई हकारून्! के यो मानिस आगोबाट थुतेर निकालिएको जलिरहेको अगुल्टो होइन र?”
3
अनि यहोशूचाहिँ मैला लुगा लगाएर स्वर्गदूतको अगाडि उभिएका थिए।
4
स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई भने, “त्यसका मैला लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु, र म तिमीलाई बहुमूल्य पोशाक पहिराइदिनेछु।”
5
तब मैले भनेँ, “यसको शिरमा एउटा सफा फेटा लगाइदेओ।” यसकारण तिनीहरूले यहोशूको शिरमा एउटा सफा फेटा लगाइदिए र लुगा पहिराइदिए। त्यस बेला याहवेहको स्वर्गदूत छेउमै उभिरहेका थिए।
6
तब याहवेहका दूतले यहोशूलाई यो आज्ञा दिए:
7
“सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘यदि तँ मेरो मार्गमा हिँडिस् र मैले चाहेका जिम्मेवारीहरू पालन गरिस् भने तैँले मेरो भवनमा अधिकार गर्नेछस् र मेरा चोकहरूको हेरचाह गर्नेछस्; अनि म तँलाई यहाँ उभिरहेकाहरूका बीचमा ठाउँहरू दिनेछु।
8
“ ‘सुन, हे प्रधान पुजारी यहोशू, अब तँ र तेरो अगाडि बसेका तेरा सहयोगीहरू, तिमीहरू जो आउने कुराहरूका चिन्ह हौ: हेर, म मेरो सेवकलाई ल्याउनेछु, जसलाई हाँगा भनिनेछ।
9
मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु।
10
“ ‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई आफ्नो दाख र नेभाराको बोटमुनि बस्नलाई निम्तो दिनेछौ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14