bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Zechariah 10
Zechariah 10
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
1
वसन्त ऋतुको समयमा याहवेहसित झरी माग; याहवेह नै हुनुहुन्छ, जसले आँधीबेहरीलाई पठाउनुहुन्छ। उहाँले नै सबै मानिसहरूका लागि वर्षाको झरी बर्साइदिनुहुन्छ; अनि सबैका लागि खेतमा बोटबिरुवाहरू उमारीदिनुहुन्छ।
2
मूर्तिहरूले छलका कुरा गर्छन्, जोखना हेर्नेहरूले झूटो दर्शन देख्छन्; तिनीहरूले झूटो सपना भन्छन्, तिनीहरूले व्यर्थमा सान्त्वना दिन्छन्। यसैकारण गोठालाको कमीले गर्दा मानिसहरू अत्याचारमा परेका भेडाझैँ बरालिन्छन्।
3
“गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ; अनि म अगुवाहरूलाई दण्ड दिनेछु; किनकि सेनाहरूका याहवेहले आफ्नो बगाल यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ; अनि तिनीहरूलाई लडाइँका जङ्गी घोडासमान तुल्याउनुहुनेछ।
4
यहूदाको कुलबाट कुनेढुङ्गा आउनेछ; तिनीबाट पालको खाँबो, लडाइँको धनु, र हरेक शासक आउनेछ।
5
तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ तिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्। तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ; अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्।
6
“म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु, र योसेफको घरानालाई बचाउनेछु। म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु; किनकि मलाई तिनीहरूप्रति दया भएको कारण तिनीहरू यस्ता हुनेछन्, मानौ मैले तिनीहरूलाई कहिल्यै त्यागेकै थिइनँ; किनकि म याहवेह तिनीहरूका परमेश्वर हुँ; अनि म तिनीहरूलाई जवाफ दिनेछु।
7
एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्; अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्। तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्; तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्।
8
म तिनीहरूलाई इशारा गर्नेछु, र तिनीहरूलाई भित्र भेला गर्नेछु। निश्चय नै म तिनीहरूलाई छुटाउनेछु; तिनीहरू पहिलेको जस्तै संख्यामा धेरै हुनेछन्।
9
मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्; अनि तिनीहरू फर्कनेछन्।
10
म तिनीहरूलाई इजिप्टबाट फर्काइल्याउनेछु, र तिनीहरूलाई अश्शूरबाट जम्मा गर्नेछु। म तिनीहरूलाई गिलाद र लेबनानमा ल्याउनेछु; अनि ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।
11
तिनीहरू कष्टको सागरबाट पार भएर जाँदा, छाल उर्लेको सागरलाई शान्त गराइनेछ; अनि नील नदीका सबै गहिराइहरू सुकिजानेछन्। अश्शूरको अहङ्कार चकनाचुर पारिनेछ, र इजिप्टले आफ्नो राजदण्ड गुमाउनेछ।
12
म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु; अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14