bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Zechariah 12
Zechariah 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
1
एउटा अगमवाणी: इस्राएलको बारेमा याहवेहको वचन। याहवेह, जसले आकाशलाई फैलाउनुभयो, पृथ्वीको जग बसाल्नुभयो; अनि मानिसभित्र त्यसको आत्मा रच्नुभयो, उहाँ घोषणा गर्नुहुन्छ:
2
“म यरूशलेमलाई यस्तो कचौरा बनाइदिनेछु, कि जसबाट पिएर त्यसका चारैतिरका मानिसहरू धरमराउनेछन्। अनि यहूदा र यरूशलेम घेरामा पर्नेछन्।
3
त्यस दिन जब पृथ्वीका सारा राष्ट्रहरू त्यसको विरुद्धमा भेला हुन्छन्, म यरूशलेमलाई सबै राष्ट्रहरूका निम्ति एउटा नहल्लिने चट्टान बनाइदिनेछु। त्यसलाई हटाउन खोज्नेहरू आफैँ घाइते हुनेछन्।
4
त्यस दिन म प्रत्येक घोडालाई त्रसित पार्नेछु र त्यसमाथि सवार हुनेलाई पागलपनाले प्रहार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म यहूदाको घरानामाथि दृष्टि लगाइराख्नेछु, तर म राष्ट्रहरूका सबै घोडाहरूलाई अन्धा तुल्याइदिनेछु।
5
तब यहूदाका अगुवाहरूले आफ्ना हृदयमा भन्नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्; किनकि सेनाहरूका याहवेह तिनीहरूका परमेश्वर हुनुहुन्छ।’
6
“त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा भएको आगोको मकलझैँ र अन्नको बिटाहरूको बीचमा दन्केको आगोको राँकोझैँ बनाउनेछु। तिनीहरूले दायाँपट्टि र बायाँपट्टि चारैतिर भएका सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेमचाहिँ आफ्नो स्थानमा सुरक्षित रहनेछ।
7
“याहवेहले यहूदाका पालहरूको उद्धार पहिले गर्नुहुनेछ, ताकि दावीदको घरानाको सम्मान र यरूशलेमका मानिसहरूको सम्मान यहूदाका मानिसहरूको सम्मानभन्दा बढी नहोस्।
8
त्यस दिन याहवेह यरूशलेममा बस्नेहरूको ढाल हुनुहुनेछ, र तिनीहरूमध्ये अति दुर्बल दावीदझैँ र दावीदको घरानाचाहिँ परमेश्वरझैँ, अर्थात् तिनीहरूका अगि-अगि जाने याहवेहका स्वर्गदूतझैँ हुनेछ।
9
त्यस दिन म यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूलाई नाश गर्नलाई निस्कनेछु।
10
“अनि म दावीदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र प्रार्थनाको आत्मा खन्याइदिनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका थिए; अनि कसैले आफ्नो एउटै मात्र बालकको निम्ति बिलौना गरेझैँ, तिनको निम्ति बिलौना गर्नेछन्; अनि कसैले आफ्नो पहिले जन्मेको जेठा छोराको निम्ति अति शोक गरेझैँ तिनीहरूले तिनको निम्ति शोक गर्नेछन्।
11
त्यस दिन यरूशलेममा हुने रुवाबासी मगिद्दोको मैदानमा हदद-रिम्मोनको जस्तै ठूलो हुनेछ।
12
देशभरि प्रत्येक घरानाले शोक गर्नेछ। तिनीहरूका पत्नीहरूसहित परिवारले अलग-अलग शोक गर्नेछन्। दावीदका घरानाहरू र तिनीहरूका पत्नीहरू, नातानका घरानाहरू र तिनीहरूका पत्नीहरू,
13
लेवीका घरानाहरू र तिनीहरूका पत्नीहरू, शिमीका घरानाहरू र तिनीहरूका पत्नीहरू,
14
अनि बाँकी रहेका सबै घराना र तिनीहरूका पत्नीहरूले अलग-अलग शोक गर्नेछन्।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14