bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Corinthians 1
1 Corinthians 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
1
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्थेनेसबाट,
2
कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्छ:
3
परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
4
ख्रीष्ट येशूमा तिमीहरूलाई दिइएका परमेश्वरका अनुग्रहको कारण तिमीहरूका निम्ति म परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउँछु।
5
किनकि हरप्रकारले, अर्थात् सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ—
6
किनकि ख्रीष्टको विषयमा हाम्रो गवाही तिमीहरूमा सुदृढ़ भएको छ—
7
ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्मिक वरदानको अभाव हुँदैन।
8
हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोषरहित राख्न उहाँले तिमीहरूलाई अन्त्यसम्मै सुदृढ़ राख्नुहुनेछ।
9
परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयौ।
10
अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्। तर तिमीहरू एकै मन र एकै विचारका होओ।
11
किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्ने कुरा क्लोएका परिवारहरूले मलाई खबर दिएका छन्।
12
मेरो भनाईको तात्पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ अरे।
13
के ख्रीष्ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भयौ र?
14
म परमेश्वरलाई धन्यवाद दिन्छु, कि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिएको छैनँ।
15
यसकारण मेरो नाउँमा बप्तिस्मा भयौ भनी तिमीहरू कसैले भन्न पाउनेछैनौ।
16
(हो, मैले स्तिफनासको परिवारलाई पनि बप्तिस्मा दिएँ। यस उप्रान्त, मैले अरू कसैलाई बप्तिस्मा दिएँ कि दिइनँ, त्यो मलाई थाहा छैन।)
17
किनभने बप्तिस्मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
18
किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।
19
किनभने लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट पार्नेछु, र चतुरहरूको चतुर्याइँ विफल तुल्याउनेछु।”
20
बुद्धिमान् कहाँ छ? शास्त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र?
21
संसारले आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई बचाउन परमेश्वरले उचित ठहराउनुभयो।
22
किनकि यहूदीहरू चिन्ह माग्छन् र ग्रीकहरू बुद्धिको खोजमा छन्।
23
तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति बाधा र अन्यजातिहरूका निम्ति मूर्खता हो।
24
तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होऊन् वा ग्रीकहरू होऊन्, ख्रीष्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ।
25
किनभने परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ छ, र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्तिशाली छ।
26
किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्ता थियौ? सो विचार गर। सांसारिक स्तरअनुसार तिमीहरूमध्ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ।
27
तर बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो।
28
परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो। यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिऊन्,
29
यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहङ्कार नगरोस्।
30
परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ, ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो।
31
यसैले लेखिएको छ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16