bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Corinthians 12
1 Corinthians 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
1
भाइ हो, अब आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैन।
2
तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्नै नसक्ने मूर्तिहरूतिर बहकिएका थियौ।
3
यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्छु, कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले “येशू श्रापित होस्” भन्दैन, अनि पवित्र आत्माद्वारा मात्र “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्छ।
4
वरदानहरू विभिन्न किसिमका छन्, तर पवित्र आत्मा एउटै हुनुहुन्छ।
5
सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ।
6
कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्छ।
7
सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ।
8
कसैलाई पवित्र आत्माद्वारा बुद्धिका कुरा बोल्ने, कसैलाई उनै पवित्र आत्माअनुसार ज्ञानका कुरा बोल्ने,
9
कसैलाई उनै पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनै एक पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्,
10
कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्ने, कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, कसैलाई भिन्न-भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।
11
तर यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ।
12
किनकि जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन्, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ।
13
किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो।
14
किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ।
15
यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्यो भने, के त्यो शरीरको अङ्ग हुँदैन र?
16
र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्यो भने, त्यो शरीरको अङ्ग हुँदैन र?
17
यदि जम्मै शरीर आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि जम्मै शरीर कान हुँदो हो त सुँघ्ने कहाँबाट?
18
तर परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ।
19
यदि ती जम्मै एउटै अङ्ग हुँदा हुन् त शरीर कहाँ हुने?
20
तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै।
21
आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्न सक्दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्न सक्दैन।
22
बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्।
23
शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्छौं, तिनलाई हामी बढ्ता आदर दिन्छौं। प्रत्यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्छौं,
24
प्रत्यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्यस्तो हिफाजत चाहिँदैन। तर परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ,
25
ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्ति समान वास्ता राखून्।
26
यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्।
27
तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक त्यसका अङ्गहरू हौ।
28
परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्चर्य काम गर्नेहरू, र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्न भाषा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
29
के सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ता हुन्? के सबै शिक्षक हुन्? के सबै आश्चर्यकर्म गर्नेहरू हुन्?
30
के सबैसँग निको पार्ने वरदानहरू हुन्छन्? के सबैले विभिन्न भाषा बोल्दछन्? के सबैले अर्थ खोल्न सक्छन् र?
31
तर अझ उच्च वरदानहरूको उत्कट इच्छा गर। अनि म तिमीहरूलाई झन् उत्तम मार्ग बताउँछु।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16