bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Corinthians 14
1 Corinthians 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
1
प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्मिक वरदानहरूका निम्ति उत्कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्नका निम्ति।
2
किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुराहरू नै ऊ बोल्दछ।
3
तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।
4
अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ।
5
तिमीहरू सबै अन्य भाषा बोल भन्ने म चाहन्छु, तर त्यसभन्दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्छु। मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोलिदिएन भने, अन्य भाषामा बोल्नेभन्दा अगमवाणी बोल्ने श्रेष्ठ हो।
6
भाइ हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्छ?
7
बाँसुरी वा वीणाजस्ता निर्जीव बाजाबाट स्पष्ट ध्वनि निस्केन भने, कसले भन्न सक्छ के बजिरहेछ?
8
यदि तुरहीले स्पष्ट ध्वनि दिएन भने युद्धको निम्ति को तयार हुने?
9
तिमीहरूसँग पनि यस्तै हुन्छ। यदि बुझ्नै नसकिने शब्द तिमीहरू आफ्नो जिब्रोले बोल्दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।
10
संसारमा शायद धेरै किसिमका भाषाहरू छन्। ती कुनै पनि अर्थहीन छैनन्।
11
यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्नेको निम्ति म विदेशी हुन्छु, र त्यो बोल्नेचाहिँ मेरो निम्ति विदेशी हुनेछ।
12
यसरी नै तिमीहरू पनि पवित्र आत्माका वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीका निर्माणको काममा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर।
13
यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्।
14
किनभने मैले अन्य भाषामा प्रार्थना गर्दा मेरो आत्माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्फल हुन्छ।
15
अब मैले के गर्ने त? म आत्माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्माले स्तुति गर्नेछु, र म दिमागले पनि स्तुति गर्नेछु।
16
नत्रता तिमीले आत्मामा परमेश्वरको प्रशंसा गर्दा बुझ्न नसक्ने बाहिरको मानिसले तिम्रो धन्यवादको प्रार्थनापछि “आमेन” कसरी भन्ने? जब कि तिमीले के भनेको सो उसले बुझ्दैन।
17
तिमी त राम्ररी धन्यवाद दिन्छौ होला, तर त्यसले त्यो अर्को मानिसको केही आत्मिक वृद्धि गर्दैन।
18
म परमेश्वरलाई धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्दा बढ़ी म अन्य भाषामा बोल्दछु।
19
तापनि मण्डलीमा अन्य भाषामा दश हजार शब्द बोल्नुभन्दा त बरु आफ्नै दिमागले पाँच वटा शब्द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु।
20
भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्ति बालक बन, तर सोच-विचारमा परिपक्व बन।
21
व्यवस्थामा लेखिएको छ, “अनौठो भाषा बोल्ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्नेछु, र पनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्, परमप्रभु भन्नुहुन्छ।”
22
यसकारण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर अविश्वासीहरूका निम्ति चिन्ह हो। तर अगमवाणीचाहिँ अविश्वासीहरूका निम्ति होइन, तर विश्वासीहरूका निम्ति हो।
23
यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने, र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?
24
तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्वासी वा बाहिरको मानिस त्यहाँ पस्यो भने उसलाई सबैद्वारा आफ्नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ।
25
त्यसको हृदयका गुप्त कुराहरू प्रकट हुनेछन्, र घोप्टो परेर त्यसले परमेश्वरलाई पुज्नेछ, र त्यसले “परमेश्वर तिमीहरूका माझमा हुनुहुन्छ” भन्ने घोषणा गर्नेछ।
26
भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोलाइ हुन्छ। यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरिऊन्।
27
कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्।
28
तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस्, र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्।
29
अगमवाणी बोल्नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्।
30
तर त्यहाँ बस्ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्।
31
तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्न सक्छौ, र यसरी नै सबैले सिक्न सक्छन् अनि सबैले उत्साह पाउन सक्छन्।
32
अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्।
33
किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार,
34
स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्।
35
केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आ-आफ्ना पतिलाई सोधून्। किनभने मण्डलीमा स्त्रीहरूले बोल्नु शर्मको कुरो हो।
36
के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?
37
कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्ने त्यसले स्वीकार गरोस्।
38
तर कसैले यसको वास्ता गर्दैन भने, त्यसको पनि वास्ता गरिनेछैन।
39
यसकारण भाइ हो, अगमवाणी बोल्ने उत्कट इच्छा गर, र अन्य भाषामा बोल्नेहरूलाई मनाही नगर।
40
तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16