bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Corinthians 9
1 Corinthians 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
1
के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइनौ र?
2
म अरूहरूका निम्ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ।
3
मेरो विरुद्धमा बोल्नेहरूलाई मेरो यही जवाफ छ,
4
के हामीलाई खाने-पिउने अधिकार छैन?
5
के अरू प्रेरितहरूजस्तै, प्रभुका भाइहरू र केफासलाई जस्तै हामीलाई पनि पत्नी लिएर हिँड्ने अधिकार छैन र?
6
अथवा के बारनाबास र मलाई मात्र काम नगरिकन नै जीविका चलाउने अधिकार छैन?
7
आफ्नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्यसको दूध पिउँदैन?
8
के मानिसको दृष्टिकोणबाट मात्र म यो भन्दैछु र? अथवा के व्यवस्थाले पनि यही कुरा भन्दैन?
9
किनभने मोशाको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ?
10
के उहाँले हाम्रो खातिर नै यो भन्नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्ने र दाइँ गर्नेले अन्नको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्छ।
11
यदि हामीहरूले तिमीहरूका माझमा आत्मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्पत्तिको कटनी गर्यौ भने, के त्यो अति भयो र?
12
यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन् भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्छौं।
13
के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकहरूबाट खान्छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन्?
14
त्यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन् भनी प्रभुले आज्ञा दिनुभयो।
15
तर यी हकहरूमध्ये मैले कुनैको प्रयोग गरेको छैनँ, र मेरो निम्ति यस्तै प्रबन्ध होस् भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गराउनभन्दा बरु म मर्नु असल छ।
16
किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ!
17
किनकि यदि आफ्नो इच्छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्नै इच्छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्पिदिएको छ।
18
तब मेरो इनाम के हो? केवल यति नै हो, कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्न नपरोस्।
19
किनभने म मानिसहरूबाट स्वतन्त्र भए तापनि अझ धेरैलाई जित्न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्याएँ।
20
यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्ति म यहूदीजस्तै बनें। व्यवस्थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा रहेजस्तै भएँ।
21
व्यवस्थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्यवस्थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें।
22
दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्ति म सब थोक बनें।
23
सुसमाचारका आशिष्हरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु।
24
के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।
25
खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
26
यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।
27
तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16