bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Corinthians 16
1 Corinthians 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
1
अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू:
2
प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्मा गर्दै राख्नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्।
3
अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचयपत्र दिएर तिमीहरूका भेटी लिई यरूशलेम पठाउनेछु।
4
तर म पनि जान ठीक देखियो भने तिनीहरू मसँग जानेछन्।
5
माकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म माकेडोनिया नै भएर गइरहेछु।
6
शायद म तिमीहरूकहाँ केही दिन बस्नेछु, अथवा हिउँद पनि बिताउनेछु। त्यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्दोबस्त मिलाइदिन सक्नेछौ।
7
यस पाली तिमीहरूसँग एकै छिनको मात्र भेटघाट नगरेर, प्रभुको इच्छा भयो भने, केही समय बिताउने आशा मैले राखेको छु।
8
तर पेन्तिकोसको चाड़सम्म म एफिससमा बस्नेछु।
9
किनभने प्रभावशाली कामको एउटा ठूलो ढोका मेरो निम्ति खोलिएको छ, अनि विरोध गर्नेहरू पनि धेरै छन्।
10
तिमोथी तिमीहरूकहाँ आउँदा तिनलाई तिमीहरूका साथ निष्फिक्री बस्न देओ। किनकि तिनले पनि मैले जस्तै प्रभुको काम गरिरहेछन्।
11
यसकारण कसैले तिनको अवहेलना नगरोस्। तर शान्तिसँग तिनलाई आफ्नो यात्रामा पठाइदेओ, र तिनी मकहाँ आऊन्। किनभने भाइहरूसँग आउँछन् भनी म तिनको प्रतीक्षा गर्दछु।
12
अब भाइ अपोल्लोसको विषयमा मलाई यो भन्नु छ, कि मैले तिनलाई अरू भाइहरूसँग मिली तिमीहरूसँग भेटघाट गर्ने निक्कै आग्रह गरेथें, तर अहिले आउन तिनलाई बिलकुलै इच्छा भएन। तर मौका पाउनासाथ तिनी आउनेछन्।
13
सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन।
14
जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।
15
भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्तिफनासका घराना अखैयामा विश्वास गर्नेहरूमा प्रथम हुन्। तिनीहरूले सन्तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्।
16
यस्ताहरू र यस्तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु।
17
स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित भएँ, किनकि तिमीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए।
18
किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई पनि उत्साहित तुल्याए। यस्ता मानिसहरूको कदर गर।
19
एशियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएका मण्डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्।
20
सबै भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई पवित्र चुम्बनले अभिवादन गर।
21
म पावल, आफ्नै हातले यो
22
अभिवादन लेख्दैछु। कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्। हे हाम्रा प्रभु, आउनुहोस्!
23
प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग होस्।
24
ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16