bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Corinthians 7
1 Corinthians 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
1
अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।
2
तर व्यभिचारसम्बन्धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्नै पत्नी होस्, र हरेक स्त्रीको पनि आफ्नै पति होस्।
3
पतिले आफ्नी पत्नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्नीले पनि आफ्ना पतिलाई।
4
पत्नीले आफ्नो शरीरमाथि अधिकार राख्दिन, तर उसको पतिले राख्छ। यसरी नै पतिले पनि आफ्नो शरीरमाथि अधिकार राख्दैन, तर उसकी पत्नीले राख्छे।
5
पति पत्नीले आफ्नो पारस्परिक संसर्गदेखि एक-अर्कालाई इन्कार नगर। इन्कार गर्यौ भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।
6
यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु।
7
सबै मानिस मजस्तै रहेको म इच्छा गर्दछु। तर हरेकलाई परमेश्वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।
8
तर अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू मजस्तै अविवाहित रहे तिनीहरूका निम्ति असल हुनेछ।
9
तर तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्। किनभने कामवासनामा जल्नुभन्दा विवाह गर्नु असल हो।
10
अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्नी पतिबाट नछुटोस्।
11
तर छुट्टिएर बसिहाले तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्। पतिले आफ्नी पत्नीलाई नत्यागोस्।
12
तर तिमी अरूहरूलाई म भन्दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्टमा विश्वास नगर्ने पत्नी छ, र तिनी ऊसँग बस्न चाहन्छिन् भने, उसले त्यसलाई नत्यागोस्।
13
यदि कुनै स्त्रीको ख्रीष्टमा विश्वास नगर्ने पति छ, र त्यो ऊसित बस्न चाहन्छ भने, तिनले आफ्नो पतिलाई नत्यागोस्।
14
किनकि अविश्वासी पति आफ्नी पत्नीद्वारा पवित्र हुन्छ, र अविश्वासी पत्नी आफ्नो पतिद्वारा पवित्र हुन्छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्तवमा तिनीहरू त पवित्र छँदैछन्।
15
तर विश्वास नगर्नेचाहिँ छुट्टिन्छ भने छुट्टिओस्। यस्तो अवस्थामा त्यो ख्रीष्टमा विश्वास गर्ने पति अथवा पत्नी कुनै बन्धनमा रहनेछैन। किनभने परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको हो।
16
हे पत्नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
17
प्रभुले हरेकलाई जस्तो जीवन खटाउनुभएको छ र जस्तो स्थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्यो हिंडोस्। सबै मण्डलीहरूका निम्ति मेरो नियम यही हो।
18
के कोही मानिसको बोलावट हुँदा त्यसको अघिबाटै खतना भइसकेको थियो? त्यसो हो भने त्यसले बेखतना हुन नखोजोस्। के कोही खतना नहुँदै बोलावट भएको छ? त्यसो भए त्यसले खतना हुन नचाहोस्।
19
खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्वरको आज्ञापालन मुख्य कुरा हो।
20
जुन अवस्थामा मानिसलाई बोलावट भएको छ, त्यसैमा नै हरेक मानिस रहिरहोस्।
21
तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्यसको वास्ता नगर, तर स्वतन्त्र हुन सक्छौ भने त्यसको फाइदा उठाऊ।
22
किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्यो प्रभुको स्वतन्त्र मानिस भएको छ। त्यसै गरी बोलावट भएको समयमा जो मानिस स्वतन्त्र थियो, त्यो ख्रीष्टको कमारो भएको छ।
23
तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन।
24
यसकारण भाइ हो, जसलाई जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्वरसँग रहिरहोस्।
25
अब कन्याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्वासयोग्य व्यक्तिको हैसियतले म तिमीहरूलाई आफ्नो सल्लाह दिन्छु।
26
वर्तमान सङ्कष्टलाई हेर्दा, जुन व्यक्ति जस्तो अवस्थामा छ त्यसैमा नै रहे असल होला भन्ने म ठान्छु।
27
के तिमीले विवाह गरेका छौ? त्यसो भए आफ्नी पत्नीबाट छुट्न नखोज। के तिमी अविवाहित छौ? त्यसो भए विवाह गर्न नखोज।
28
तर तिमीले विवाह गर्यौ भने पनि त्यो पाप होइन। कन्याकेटीले विवाह गर्दैमा त्यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्छु।
29
भाइ हो, मेरो भन्ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्त पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर रहून्।
30
शोक गर्नेहरू शोक नगरेकाहरूजस्ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्ता भएर रहून्। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्तै रहून्।
31
र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्नो केही चासो नभएजस्तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ।
32
तिमीहरू सबै निष्फिक्री होओ भन्ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
33
तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
34
यस्तो मानिसको मन दुईपट्टि लागेको हुन्छ। विवाह नभएकी स्त्रीले शरीर र आत्मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।
35
यो कुरा तिमीहरूमाथि प्रतिबन्ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।
36
यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्यासँग अनुचित व्यवहार गरेको ठान्छ, र यदि त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ।
37
तर जुन मानिसले आफ्नो मन पक्का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्तो मानिसले पनि ठीकै गर्दछ।
38
यसरी जसले कन्यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
39
पति बाँचुञ्जेल पतिकै बन्धनमा पत्नी रहन्छे। तर पतिको मृत्यु भएपछि त्यसले इच्छा गरेको व्यक्तिसँग त्यो विवाह गर्न स्वतन्त्र हुन्छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।
40
तर त्यो त्यसै बस्छे भने झन् सुखी हुन्छे, यो मेरो विचार हो, अनि म सम्झन्छु कि ममा पनि परमेश्वरका आत्मा हुनुहुन्छ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16