bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Corinthians 15
1 Corinthians 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
1
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ।
2
यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ।
3
किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।
4
उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।
5
उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो।
6
त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही-कोही सुतिसकेका छन्।
7
त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो।
8
सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।
9
किनकि प्रेरितहरूमध्ये म सबैभन्दा तुच्छ हुँ। म प्रेरित भनिन योग्य छैनँ। किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरें।
10
तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो।
11
यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्वास गरेका छौ।
12
मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ?
13
तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन।
14
यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ।
15
त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन।
16
किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन।
17
ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ।
18
तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन्।
19
यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढ़ी दयनीय हुन्छौं।
20
वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ।
21
किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो।
22
किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्।
23
तर हरेक आ-आफ्नै क्रमअनुसार— ख्रीष्टचाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू।
24
तब अन्त्य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ।
25
किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुञ्जेल उहाँले राज्य गर्नैपर्छ।
26
सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो।
27
“किनभने परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नुभएको छ।” तर यो स्पष्ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्नाले परमेश्वर आफै त्यस अधीनतामुनि हुनुहुन्न, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको हो।
28
जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छन्, तब स्वयम् पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन्।
29
नत्रता मृतकहरूका निम्ति बप्तिस्मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्ति मानिसहरूले किन बप्तिस्मा लिन्छन्?
30
मचाहिँ किन हरघड़ी जोखिममा परिरहेको छु।
31
भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्न सक्तछु, कि प्रतिदिन म मर्दछु।
32
मान्छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्छौं!”
33
भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।
34
होशमा होओ, अब उप्रान्त पाप नगर। किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ।
35
तर कसैले सोध्ला “मृतकहरू कसरी पुनर्जीवित हुन्छन्, र तिनीहरू कस्ता किसिमको शरीर लिएर आउनेछन्?”
36
हे मूर्ख! जे तिमी रोप्तछौ त्यो नमरिकन सजीव हुँदैन।
37
जे तिमी रोप्तछौ त्योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्तछौ, चाहे त्यो गहूँ, अथवा अरू कुनै किसिमको अन्न होस्।
38
तर आफूलाई खुशी लागेबमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बीउलाई त्यसैको शरीर दिनुहुन्छ।
39
सबै शरीर एकै किसिमका हुँदैनन्। मानिसको शरीर एक किसिमको, र जीवजन्तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्छ।
40
अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन्। स्वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको।
41
सूर्यको तेज एक किसिमको, चन्द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्छन्। किनभने एउटा तारा अर्को ताराभन्दा तेजमा भिन्दै हुन्छ।
42
मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशमा जीवित हुन्छ।
43
अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ।
44
प्राकृतिक शरीरमा त्यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ। प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ।
45
यसकारण यस्तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्तिम आदम जीवन दिने आत्मा भयो।
46
पहिलोचाहिँ आत्मिक होइन, तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो।
47
पहिलो मानिस माटोले बनिएको, पृथ्वीबाट हो। दोस्रो मानिस स्वर्गको हो।
48
माटोले बनिएको मानिसजस्तो थियो, माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्, र स्वर्गीय मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्।
49
जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं।
50
अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ।
51
हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ,
52
एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।
53
किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ।
54
जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।”
55
“ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”
56
मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो।
57
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
58
यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16