bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Amos 2
Amos 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 3 →
1
परमप्रभु यसो भन्नुहुन्छ: “मोआबका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले
2
म मोआबमा आगो पठाइदिनेछु, र त्यसले किर्योतका किल्लाहरू भस्म पार्नेछ। मोआबचाहिँ खैलाबैला, ठूलो युद्ध-ध्वनि र तुरहीको सोरमा नष्ट हुनेछ।
3
म त्यसको शासक र त्यसका सबै अधिकारीहरूलाई सर्वनाश गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।
4
परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले परमप्रभुको व्यवस्थालाई अस्वीकार गरेका हुनाले, र उहाँका विधिहरू पालन नगरेकाले, र तिनीहरूका पिता-पुर्खाहरूले पछ्याएका झूटा देवताहरूद्वारा तिनीहरू भ्रममा परेका हुनाले,
5
म यहूदामा आगो पठाइदिनेछु, र त्यसले यरूशलेमका किल्लाहरू भस्म पार्नेछ।”
6
परमप्रभु यसो भन्नुहुन्छ: “इस्राएलका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले धर्मात्माहरूलाई चाँदीमा र दरिद्रहरूलाई एक जोर जुत्तामा बेच्छन्।
7
तिनीहरू गरीबहरूका टाउकामाथि भूमिको धूलोमा गरेझैँ कुल्चन्छन्, र पीडितहरूको न्यायलाई नामन्जूर गर्दछन्। बुबा र छोरो एउटै तरुणीकहाँ गएर मेरो पवित्र नाउँ अपवित्र पार्छन्।
8
तिनीहरू हरेक वेदीको छेउमा बन्धकका लुगाहरूमा सुत्छन्। जरीमाना स्वरूप पाएको दाखमद्य आफ्नो देवताको मन्दिरमा खान्छन्।
9
“मैले तिनीहरूका सामुबाट एमोरीलाई सर्वनाश गरिदिएँ, जसको अल्गाइ देवदारुको र बलचाहिँ फलाँटका रूखको जस्तै थियो। मैले त्यसका माथितिरका फल र त्यसका तलतिरका जरा नष्ट पारिदिएँ।
10
“एमोरीहरूको देश दिनलाई मैले तिमीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याएँ, र मरुभूमिमा चालीस वर्ष डोर्याएँ।
11
त्यसबाहेक मैले तिमीहरूका छोराहरूमध्येबाट अगमवक्ताहरू र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू खड़ा गरें। हे इस्राएलका मानिसहरू हो, के यो कुरा सत्य होइन?” परमप्रभु भन्नुहुन्छ।
12
“तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन लायौ, र अगमवक्ताहरूलाई ‘अगमवाणी नभन’ भनी आज्ञा दियौ।
13
“हेर त, अब म तिमीहरूलाई अन्न भरिएको गाड़ाले किचेझैँ किच्नेछु।
14
वेगसित दगुर्नेले उम्कन पाउनेछैन, र बलियाले आफ्नो बल प्रयोग गर्न सक्नेछैन, न त शक्तिशालीले आफ्नो प्राण बचाउन सक्नेछ।
15
धनु चलाउने खड़ा हुनेछैन, र फूर्तिसित दगुर्नेले आफैलाई बचाउन सक्नेछैन, न त घोड़ामा सवार हुनेले आफ्नो प्राण बचाउन सक्छ।
16
सबैभन्दा साहसी योद्धाहरू पनि त्यस दिन नाङ्गै भाग्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9