bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Amos 5
Amos 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 6 →
1
हे इस्राएलका घराना हो, तिमीहरूका विषयमा मैले गरेको यो विलाप सुन:
2
“कन्ये-केटी इस्राएल फेरि कहिल्यै नउठ्ने गरी लोटेकी छ, त्यो आफ्नै देशमा त्यागिएकी छ, त्यसलाई उठाउने कोही छैन।”
3
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “जुन सहरबाट इस्राएलको निम्ति हजार जना बाहिर निस्कन्छन्, त्यसमा एक सय मात्र रहन्छन्। सय जना बाहिर निस्कनेका दश जना मात्र बाँच्नेछन्।”
4
इस्राएलका घरानालाई परमप्रभु यसो भन्नुहुन्छ: “मलाई खोज र बाँच।
5
बेथेललाई नखोज, गिलगालमा नजाओ, बेर्शेबामा यात्रा नगर, किनकि गिलगाल अवश्य निर्वासनमा जानेछ, र बेथेलचाहिँ केही न केहीको हुनेछ।”
6
परमप्रभुको खोजी गर र बाँच, नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै भएर जानुहुनेछ, र त्यसले भस्म पार्छ, र बेथेलमा त्यो निभाउने कोही हुनेछैन।
7
न्यायलाई तीतो बनाउने र धर्मलाई माटोमा मिलाउने तिमीहरू हौ।
8
(किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्धकारलाई प्रभातकालको उज्यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनमा खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो।
9
उहाँले बलियाको विरुद्ध एक्कासि सर्वनाश ल्याउनुहुन्छ, र किल्लाबन्दी गरिएको सहर नाश गर्नुहुन्छ),
10
न्यायालयमा बसेर हप्काउनेलाई तिमीहरू घृणा गर्छौ, र सत्य बोल्नेलाई पनि तिमीहरू घृणा गर्छौ।
11
तिमीहरू कङ्गालीलाई कुल्चन्छौ, र अन्न दिन तिनीहरूलाई करकाप गर्दछौ। यसैकारण ढुङ्गाका ठूला-ठूला घरहरू तिमीहरूले बनाए तापनि तिमीहरू तिनमा बस्नेछैनौ। तिमीहरूले लहलहाउँदो दाखबारी लगाए तापनि तिमीहरूले तिनका दाखमद्य पिउनेछैनौ।
12
किनकि म जान्दछु, तिमीहरूका दोषहरू कति धेरै छन्, र तिमीहरूका पाप कति ठूला छन्। तिमीहरू धर्मात्माहरूलाई सताउँदछौ र घूस लिन्छौ। न्यायालयमा गरीबहरूलाई न्यायदेखि वञ्चित गर्छौ।
13
यसैकारण बुद्धिमान् मानिस यस्तो समयमा चूप लागिरहन्छ, किनकि समय खराब छ।
14
भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँचिरहो। तब तिमीहरूले भनेझैँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
15
खराबीलाई घृणा, भलाइलाई प्रेम गर। न्यायालयमा न्याय कायम राख। शायद सर्वशक्तिमान् परमप्रभु परमेश्वरले योसेफका बाँचेकाहरूमाथि कृपा गर्नुहुनेछ।
16
यसकारण परमप्रभु, सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “सबै सड़कहरूमा रुवाबासी हुनेछ, र हरेक चोकमा तिनीहरूले हाय, हाय गर्नेछन्। किसानहरू विलाप गर्न र मलामीहरू शोक गर्न बोलाइनेछन्।
17
सबै दाखबारीमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” परमप्रभु भन्नुहुन्छ।
18
धिक्कार तिमीहरूलाई, जो परमप्रभुका दिनको अति इच्छा गर्दछौ! परमप्रभुका दिनको तिमीहरू किन इच्छा गर्दछौ? त्यो दिन त अन्धकार हुनेछ, उज्यालो होइन।
19
सिंहदेखि भागेर कुनै मानिसको भालूसित भेट भएजस्तै, अथवा घरभित्र गएर आराम गर्नलाई भित्तामा हात राख्दा साँपले त्यसलाई डसेजस्तै त्यो दिन हुनेछ।
20
के परमप्रभुको दिन उज्यालो होइन तर अन्धकार हुँदैन र— पटक्कै उज्यालो नभएको निष्पट्ट अन्धकार?
21
“तिमीहरूका धार्मिक चाड़हरूलाई म घृणा गर्दछु, तिमीहरूका सभाहरू म सहन सक्दिनँ।
22
तिमीहरूले मेरो निम्ति होमबलि र अन्नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले चढ़ाएका सबैभन्दा असल मेलबलिमाथि पनि म परवाह गर्नेछैनँ।
23
तिमीहरूका सङ्गीतहरूको हल्ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्न चाहन्नँ।
24
तर न्यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्ने खोलाझैँ बगिरहोस्!
25
“इस्राएलका मानिस हो, के तिमीहरूले उजाड़-स्थानमा ती चालीस वर्षसम्म मलाई पशुबलि र भेटीहरू चढ़ायौ र?
26
तिमीहरूले आफ्नै निम्ति बनाएका राजाको तम्बू, तिमीहरूका मूर्तिहरूको थान, र तिमीहरूको तारा-देव उठाएका छौ।
27
यसकारण दमस्कसदेखि पनि पारि म तिमीहरूलाई निर्वासनमा पठाइदिनेछु,” परमप्रभु भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्वर हो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9