bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Amos 4
Amos 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 5 →
1
हे सामरिया डाँड़ामा बस्ने बाशानका गाई हो, तिमी स्त्रीहरू, जो गरीबहरूलाई थिचोमिचो गर्दछौ, र दरिद्रहरूलाई पेल्दछौ, र आफ्ना पतिहरूलाई भन्दछौ, “हामीहरूलाई केही पिउनलाई ल्याइदिनुहोस्।” तिमीहरू यो वचन सुन।
2
परमप्रभु परमेश्वरले आफ्नो पवित्रताद्वारा यो शपथ खानुभएको छ, “हेर, समय निश्चय नै आउनेछ, जब तिमीहरूलाई अंकुसेले र तिमीहरूका बाँकी रहेकाहरूलाई बल्छीले समातेर लगिनेछन्।
3
तिमीहरू हरेक जना पर्खालका धाँदाहरूका बीचबाट भएर सोझै जानेछौ, र तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,” परमप्रभु भन्नुहुन्छ।
4
“बेथेलमा गएर पाप गर। गिलगालमा गएर अझ धेरै पाप गर। बिहानैपिच्छे तिमीहरूका भेटी ल्याओ र प्रत्येक तेस्रो वर्षमा आ-आफ्नो दशांश ल्याओ।
5
खमिर हालेको रोटी धन्यवाद बलि चढ़ाओ, र स्वेच्छा बलिका लागि धाक लगाउँदै हिँड़, तिनको कारणले घमण्ड गर, किनकि तिमी इस्राएली हौ, तिमीहरूलाई त्यसै गर्न मन पर्छ,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।
6
“मैले हरेक सहरहरूमा तिमीहरूलाई रित्तो पेट र हरेक नगरमा रोटीको अभाव पारिदिएँ, तापनि तिमीहरू मतिर फर्केर आएका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
7
“कटनी गर्ने समय अझै अरू तीन महिना बाँकी रहँदै मैले तिमीहरूबाट वर्षा रोकें। मैले एउटा नगरमा वर्षाको पानी पठाइदिएँ, तर अर्कोमा पठाइनँ। एउटा खेतमा पानी पर्यो, अर्कोमा केही पनि परेन र त्यो सुक्यो।
8
मानिसहरू नगर-नगर हुँदो पानीको लागि धरमरिँदै हिँड़े, तर पिउनलाई यथेष्ट पाएनन्, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
9
“मैले धेरै पल्ट तिमीहरूका बगैँचा र तिमीहरूका दाखबारीमा रोग र ढुसीद्वारा प्रहार गरें। तिमीहरूका नेभारा र भद्राक्षका रूखहरूलाई सलहहरूले सखाप पारे, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
10
“मैले तिमीहरूका बीचमा मिश्रदेशलाई गरेझैँ रूढ़ीहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तिमीहरूले पक्रेर ल्याएका घोड़ाहरूसमेत तरवारले मारें, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूका नाकसम्मै भरिदिएँ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
11
“मैले तिमीहरूमध्ये कति जनालाई सदोम र गमोरालाई जस्तै गरी ध्वंस पारिदिएँ। तिमीहरू जलिरहेको आगोबाट झिकेको अगुल्टोजस्तै थियौ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
12
“यसकारण हे इस्राएली हो, म तिमीहरूलाई यसो गर्नेछु, म यसो गर्न लागेको कारणले, हे इस्राएली हो, तिमीहरूका परमेश्वरसित भेट गर्न तिमीहरू तयार होओ।”
13
जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ, मानिसहरूलाई आफ्ना विचार प्रकट गर्छ, प्रभातलाई अँध्यारो पार्छ र पृथ्वीका अल्गा-अल्गा ठाउँहरूमा हिँड्छ— सर्वशक्तिमान् परमप्रभु परमेश्वर उहाँको नाउँ नै हो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9