bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Amos 3
Amos 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 4 →
1
हे इस्राएलका मानिस हो, परमप्रभुले तिमीहरूका विरुद्धमा भन्नुभएको यो वचन सुन, अर्थात् मिश्रदेशबाट मैले ल्याएका सारा परिवारका विरुद्धमा,
2
“पृथ्वीका सबै परिवारहरूमध्ये मैले केवल तिमीहरूलाई मात्र चुनेको छु। यसैकारण तिमीहरूका सबै अधर्मका लागि म तिमीहरूलाई दण्ड दिनेछु।”
3
के दुई जना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र?
4
के शिकार नभए झाड़ीमा सिंह गर्जन्छ र? केही फेला नपारीकन त्यो आफ्नो ओड़ारमा ङ्यार्रङुर्र गर्छ र?
5
के भूइँमा पासो नथापीकनै चरो त्यसमा पर्छ र? के समात्नलाई केही नभएसम्म धराप भूइँबाट माथि उछिट्टिन्छ र?
6
कुनै सहरमा के तुरही फुकेपछि मानिसहरू डराउँदैनन् र? परमप्रभुले नपठाउनुभएसम्म के कुनै सहरमा विपत्ति आउँछ र?
7
निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास, अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न।
8
सिंह गर्जेको छ, को डराउँदैन? परमेश्वर बोल्नुभएको छ, कसले अगमवाणी नबोली छोड्दैन र?
9
अश्दोदका किल्लाहरू र मिश्रदेशका किल्लाहरूलाई घोषणा गर: “सामरियाका पहाड़हरूमा तिमीहरू भेला होओ। त्यहाँभित्र भएको ठूलो खैलाबैलालाई र त्यसका मानिसहरूका बीचमा भएको अत्याचारलाई हेर।”
10
परमप्रभु भन्नुहुन्छ, “तिनीहरू ठीक काम गर्न जान्दैनन्। तिनीहरू लूट र डकैतीका माल आफ्ना किल्लाहरूभित्र सञ्चय गर्छन्।”
11
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “एक जना शत्रुले देशलाई चढ़ाइ गर्नेछ, त्यसले तेरा गढ़ीहरूलाई नाश गर्नेछ, र तेरा किल्लाहरू लुट्नेछ।”
12
परमप्रभु यसो भन्नुहुन्छ: “जसरी गोठालाले सिंहको मुखबाट खुट्टाका दुई हड्डी अथवा कानको एक टुक्रा मात्र छुटाउँछ, त्यसरी नै सामरियामा पलङ्गको किनारमा र आफ्ना गद्दीका कुनामा बस्ने इस्राएलीहरू छुटाइनेछन्।
13
“यो सुन, र याकूबका घरानाको विरुद्धमा यो गवाही देऊ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर घोषणा गर्नुहुन्छ।
14
“जुन दिनमा इस्राएललाई त्यसका पापहरूका लागि दण्ड दिनेछु, म बेथेलका वेदीहरूलाई सर्वनाश गर्नेछु, र वेदीका सीङहरू च्वाट्टै काटिएर भूइँमा खस्नेछन्।
15
म हिउँदमा बस्ने निवासस्थान र गर्मीमा बस्ने निवासस्थान दुवै सर्वनाश गर्नेछु, र हस्तिहाड़ले सिँगारिएका घरहरू नष्ट हुनेछन्, र भवनहरू भत्काइनेछन्,” परमप्रभु भन्नुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9