bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Amos 7
Amos 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 8 →
1
परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: राजाका हिस्साको कटनी भइसकेपछि र दोस्रो बाली आउँदैगर्दा उहाँले सलहको बथान तयार गरिरहनुभएको थियो।
2
जब तिनीहरूले भूमिको बालीनाली सखाप पारे, तब मैले भनें, “हे परमप्रभु परमेश्वर, क्षमा गर्नुहोस्। याकूब कसरी बाँच्न सक्छन्? किनकि तिनी त साह्रै साना छन्।”
3
यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभुले भन्नुभयो।
4
परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: आगोद्वारा न्याय गर्न परमप्रभु परमेश्वरले ठहराउनुभयो। त्यस आगोले महासागरलाई सुकाएर जमिनलाई पनि भस्म पार्यो।
5
तब मैले चिच्च्याएर भनेँ, “हे परमप्रभु परमेश्वर, बिन्ती छ, थाम्नुहोस्। याकूब कसरी खड़ा रहन सक्छन्? किनकि तिनी त साना छन्।”
6
यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभु परमेश्वरले भन्नुभयो।
7
उहाँले मलाई यही देखाउनुभयो: साहुल लगाएर ठीक बनाएको भित्तानेर आफ्नो हातमा साहुल लिएर परमप्रभु उभिरहनुभएको रहेछ।
8
परमप्रभुले मलाई भन्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “एउटा साहुल।” तब परमप्रभुले भन्नुभयो, “हेर्, म मेरो प्रजा इस्राएलको बीचमा एउटा साहुल लगाइरहेछु। म तिनीहरूलाई अब बाँकी राख्नेछैनँ।
9
इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश गरिनेछन्, र इस्राएलका पवित्रस्थानहरू भग्नावशेष हुनेछन्। म तरवार लिएर यारोबामका घरानाको विरुद्धमा खड़ा हुनेछु।”
10
तब बेथेलका पूजाहारी अमस्याहले इस्राएलका राजा यारोबामकहाँ समाचारवाहकलाई यसो भनेर पठाए, “इस्राएलका घरानाको बीचमा आमोसले तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रचिरहेछ। यस देशले त्यसका सबै कुरा खप्न सक्दैन,
11
किनकि आमोसले यसो भनिरहेछ: ‘यारोबाम तरवारद्वारा मारिनेछन्, र इस्राएल निश्चय नै आफ्नो देशदेखि टाढ़ा कैदमा जानेछ’।”
12
तब अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट भागेर यहूदामा जाऊ, र त्यहीँ रोटी खाऊ अनि आफ्नो अगमवाणी गर।
13
बेथेलमा फेरि कहिल्यै अगमवाणी नगर, किनभने यो त राजाको शरणस्थान र राज्यको मन्दिर हो।”
14
आमोसले अमस्याहलाई यो जवाफ दिए, “म त अगमवक्ता थिइनँ, र अगमवक्ताको छोरा पनि होइनँ। तर म एउटा गोठालो र अञ्जीरका रूखहरू हेरचाह गर्ने मानिस थिएँ।
15
तर परमप्रभुले मलाई भेड़ाबाख्रा चराउनबाट बोलाउनुभयो, र मलाई भन्नुभयो, ‘जा, गएर मेरो प्रजा इस्राएललाई अगमवाणी कह’।
16
यसैले अब परमप्रभुको वचन सुन। तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नकह, र इसहाकका घरानाको विरुद्धमा प्रचार गर्न छोड़िदेऊ’।
17
यसकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछ, तिम्रा छोराछोरीहरू तरवारले काटिनेछन्, तिम्रो देश नापिनेछ र बाँड़िनेछ। तिमी आफैचाहिँ एउटा मूर्तिपूजक देशमा मर्नेछौ, र इस्राएलचाहिँ निश्चय नै आफ्नो देशबाट टाढ़ा निर्वासनमा लगिनेछ’।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9