bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Amos 9
Amos 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
1
मैले परमप्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखें, र उहाँले मलाई भन्नुभयो: “खम्बाका टुप्पा-टुप्पा हिर्का र सँघारहरू हल्लिऊन्। सबै मानिसहरूका शिरहरू काटिदे र बचेकाहरूलाई चाहिँ म तरवारले मार्नेछु। एकैजना पनि भाग्न पाउनेछैन, एक जना पनि उम्कन पाउनेछैन।
2
तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ। तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई उँधो तानेर झार्नेछु।
3
तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि म त्यहाँबाट खोजी-खोजीकन तिनीहरूलाई पक्रनेछु। तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि म तिनीहरूलाई डस्न सर्पलाई आज्ञा दिनेछु।
4
तिनीहरू आ-आफ्ना शत्रुहरूद्वारा निर्वासित गरिए तापनि म तरवारलाई हुकुम गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ। भलाइको निम्ति होइन, तर खराबीको निम्ति म तिनीहरूमाथि नजर राख्नेछु।”
5
सर्वशक्तिमान् परमप्रभु परमेश्वर उहाँ नै हुनुहुन्छ, जसले पृथ्वीलाई छुनुहुँदा त्यो पग्लन्छ, र त्यसमा हुने सबैले विलाप गर्छन्, र सारा देश नील नदीझैँ बढ्छ, अनि मिश्रको नदीझैँ घट्छ।
6
उहाँ, जसले आकाशमाथि आफ्नो वासस्थान बनाउनुहुन्छ, र पृथ्वीमा यसको जग बसाल्नुहुन्छ, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनभरि खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो।
7
“के तिमी इस्राएलीहरू होइनौ, जो मेरो निम्ति कूशका सन्तानजस्तै छौ?” परमप्रभु भन्नुहुन्छ। “के मैले इस्राएललाई मिश्रदेशदेखि, पलिश्तीहरूलाई कप्तोरदेखि, र अरामीहरूलाई कीरदेखि निकालेर ल्याएको होइनँ र?
8
“परमप्रभुको नजर दुष्ट राज्यमाथि परेको छ। म त्यसलाई पृथ्वीदेखि नाश गर्नेछु, तापनि याकूबको घरानालाई म बिलकुलै सर्वनाश गर्नेछैनँ,” परमप्रभु भन्नुहुन्छ।
9
“म आज्ञा गर्नेछु, र इस्राएलको घरानालाई समस्त जातिहरूका बीचमा अन्न नाङ्लोमा निफनेझैँ म चाल्नेछु, र एउटा सानो ढुङ्गाको टुक्रा पनि भूइँमा खस्नेछैन।
10
‘विपत्ति हामीमाथि आइपर्नेछैन, न त हामीलाई त्यसले भेट्नेछ’ भन्ने मेरो प्रजामध्येका सबै पापीहरू तरवारले मारिनेछन्।
11
“त्यस दिन म दाऊदको ढलेको वासस्थानलाई पुनर्स्थापन गर्नेछु, र त्यसका प्वालहरू मरम्मत गर्नेछु। अनि भत्केको अवस्थाबाट त्यसलाई म खड़ा गर्नेछु र अघिजस्तै गरी म त्यसलाई निर्माण गर्नेछु,
12
ताकि तिनीहरूले एदोमको बाँकी रहेका, र मेरो नाउँ भएका सबै जाति-जातिलाई अधिकार गरून्।” यसै नै गर्नुहुने परमप्रभु घोषणा गर्नुहुन्छ।
13
“यस्ता दिन आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब कटनी गर्नेलाई हलो जोत्नेले उछिन्नेछ, र बीउ छर्नेलाई दाख पेल्नेले उछिन्नेछ। पर्वतहरूबाट नयाँ दाखमद्य चुहुनेछ, र सबै डाँड़ाहरूबाट त्यो बग्नेछ।
14
म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्याउनेछु। ध्वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमद्य पिउनेछन्। तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन्।
15
म इस्राएललाई तिनीहरूकै देशमा कहिल्यै नउखेलिने गरी बसाल्नेछु, जुन देश मैले तिनीहरूलाई दिएको छु,” परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
All chapters:
1
2
3
4
5
6
7
8
9