bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Amos 8
Amos 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 9 →
1
परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: पाकेका फलले भरिएको एउटा डालो।
2
उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्छस्?” मैले जवाफ दिएँ, “पाकेको फलले भरिएको एउटा डालो।” तब परमप्रभुले मलाई भन्नुभयो, “मेरो प्रजा इस्राएलको लागि समय पूरा भएको छ। म अब तिनीहरूलाई छोड्नेछैनँ।”
3
परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू रुवाबासीमा परिवर्तित हुनेछन्। लाशहरू चारैतिर फालिनेछन्! चूप लाग्!”
4
हे कङ्गालीहरूलाई खुट्टाले कुल्चनेहरू र देशका गरीबहरूलाई हटाउनेहरू हो सुन,
5
तिमीहरू जसले भन्छौ, “औंसी कहिले बित्छ र हामी अन्न बेच्न सकौं? अनि शबाथ कहिले समाप्त हुन्छ र हामी गहूँ बेच्न सकौं? माना सानो र ढक गह्रौँ बनाई झूटो तराजू चलाएर ठग्न सकौंला।
6
गरीबलाई रुपियाँमा र दरिद्रलाई एक जोर जुत्तामा किन्न सकौंला, कसिङ्गरसहित गहूँ बेच्न सकौंला?”
7
याकूबको गर्वमा परमप्रभुले यसो भनेर शपथ खानुभएको छ: “म तिनीहरूले गरेका कुनै पनि कामलाई कहिल्यै बिर्सनेछैनँ।
8
के यसैको कारण जमिन काम्नेछैन र? त्यसमा बस्ने सबैले विलाप गर्नेछैनन् र? सम्पूर्ण देश नील नदीझैँ बढ्नेछ, र मिश्रको नदी उर्लेर घटेझैँ घटेर जानेछ।”
9
परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यस दिन म सूर्यलाई मध्यदिनमा अस्ताइदिनेछु, र उज्यालो हुँदै पृथ्वीलाई अँध्यारो पारिदिनेछु।
10
म तिमीहरूका धार्मिक चाड़हरूलाई विलापमा र तिमीहरूका सबै गीतहरूलाई रुवाइमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्ग्रा लाउन र कपाल खौरन लगाउनेछु। एउटै मात्र छोराको निम्ति विलाप गरेझैँ त्यस समयलाई तुल्याउनेछु। त्यसको अन्त्य तीतो हुनेछ।”
11
परमप्रभु परमेश्वर भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु— जुनचाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ।
12
मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्म, र उत्तरदेखि पूर्वसम्म धरमरिँदै हिँड्नेछन्। तर तिनीहरूले त्यो पाउनेछैनन्।
13
“त्यस दिन, सुन्दरी तरुणीहरू र बलिष्ठ जवानहरू तिर्खाले मूर्च्छा खानेछन्।
14
सामरियाको शर्मको नाउँमा शपथ खाने अथवा ‘हे दान, तेरो देवता जीवित भएझैँ,” वा “बेर्शेबाको देवता जीवित भएझैँ’ भन्नेहरू सबै लोट्नेछन्, र फेरि कहिल्यै उठ्नेछैनन्।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9