bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Daniel 1
Daniel 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 2 →
1
यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्यसलाई घेरे।
2
अनि परमप्रभुले परमेश्वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्ना देवताको मन्दिरमा लगे र देवताकै भण्डारमा राखे।
3
तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्येबाट राजकीय खानदान र सभ्य खानदानका केही जवान मानिसहरू छान्नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे।
4
ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्दर, हरकिसिमका शिक्षा सिक्ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्न सक्ने र राजदरबारमा सेवा गर्नलाई योग्य हुनुपर्थ्यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्थ्यो।
5
राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्म तालीम दिनुपर्थ्यो, र त्यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्यो।
6
यीमध्ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्याह, मीशाएल र अजर्याह।
7
प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।
8
तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे।
9
अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्याउनुभयो,
10
तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्बन्धमा मलाई खटाउनुहुने मेरा स्वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्दा तिमीहरू उहाँको सामु किन कमसल अवस्थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।”
11
त्यसपछि दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने,
12
“कृपया, तपाईंका दासहरूलाई दश दिनसम्म जाँच्नुहोस्। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्।
13
त्यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्नुहोस् र तपाईंले देख्नुभएअनुसार आफ्ना दासहरूसँग व्यवहार गर्नुहोस्।”
14
यसकारण उनले यो कुरा मन्जूर गरे र दश दिनसम्म तिनीहरूको जाँच गरे।
15
दश दिनपछि राजकीय खाना खाएका ती अन्य जवानहरूभन्दा तिनीहरू स्वस्थ र पुष्ट देखिए।
16
यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए।
17
यी चार जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए।
18
राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्याए।
19
राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए।
20
राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्न सोध्थे, अधिराज्यभरका जादूगरी र मन्त्रतन्त्र गर्नेहरूभन्दा तिनीहरूलाई दश गुणा असल भेट्टाए।
21
अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ रहे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12