bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Daniel 9
Daniel 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
1
अहासूरसका छोरा दाराको प्रथम वर्षमा, जो मादी वंशका थिए र बेबिलोनी राज्यका शासक तुल्याइएका थिए—
2
उनका राज्यकालको प्रथम वर्षमा म, दानिएलले, यर्मिया अगमवक्तालाई दिइएको परमप्रभुको वचनअनुसार, धर्मशास्त्रबाट बुझें कि यरूशलेमको उजाड़ अवस्था सत्तरी वर्षसम्म रहनेछ।
3
यसकारण म उपवाससाथ भाङ्ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै परमप्रभु परमेश्वरतिर फर्कें।
4
मैले पाप स्वीकार गर्दै परमप्रभु मेरा परमेश्वरलाई प्रार्थना गरें: “हे परमप्रभु, महान् र भययोग्य परमेश्वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्छ,
5
हामीले पाप गरेका छौं र गल्ती गरेका छौं। हामी दुष्ट भएका छौं र बागी बनेका छौं, हामी तपाईंका आज्ञा र धार्मिक नियमहरूबाट तर्केका छौं।
6
हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए।
7
“परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर तपाईंप्रति भएको विश्वासघातको कारणले सबै देशहरूमा छरपष्ट पारिएका नजिक र टाढ़ा बस्ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं।
8
हे परमप्रभु, हामी र हाम्रा राजाहरू हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू लाजले ढाकिएका छौं, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं।
9
हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्वर कृपालु र क्षमाशील हुनुहुन्छ।
10
हामीले परमप्रभु हाम्रा परमेश्वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं।
11
तपाईंको आज्ञापालन गर्न अस्वीकार गरी सम्पूर्ण इस्राएलले तपाईंको व्यवस्था भङ्ग गरेका छन् र तपाईंदेखि टाढ़ा भएका छन्। “यसकारण परमेश्वरका सेवक मोशाको व्यवस्थामा उल्लिखित सराप र शपथ गरिएका फैसलाहरू हामीमाथि खन्याइएका छन्, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं।
12
हामीमाथि ठूलो विपत्ति ल्याएर हाम्रा विरुद्धमा र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू तपाईंले पूरा गर्नुभएको छ। यरूशलेमसित आकाशमुनि कहिल्यै नगरिएको व्यवहार गरिएको छ।
13
मोशाको व्यवस्थामा लेखिएजस्तै यी सबै विपत्ति हामीमाथि आएका छन्, तैपनि आफ्ना पापदेखि फर्की तपाईंको सत्यतालाई ध्यान दिएर हामीले परमप्रभु हाम्रा परमेश्वरको कृपा खोजेका छैनौं।
14
हामीमाथि विपत्ति ल्याउन परमप्रभु अनकनाउनुभएन, किनभने परमप्रभु हाम्रा परमेश्वर उहाँले गर्नुहुने सबै कुरामा धर्मी हुनुहुन्छ। तापनि हामीले उहाँको आज्ञा मानेका छैनौं।
15
“अब हे परमप्रभु हाम्रा परमेश्वर, जसले आफ्ना जनहरूलाई शक्तिशाली हातले मिश्रदेशबाट ल्याउनुभयो र आजको दिनसम्म आफ्नो नाम स्थिर राख्नुभएको छ, हामीले पाप गरेका छौं, हामीले गल्ती गरेका छौं।
16
हे परमप्रभु, तपाईंका धार्मिक कार्यअनुरूप तपाईंको सहर, तपाईंको पवित्र डाँड़ा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनुहोस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाका अपराधले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा वरिपरिका मानिसहरूका सामु गिल्लाका पात्र बनेका छन्।
17
“अब हे हाम्रा परमेश्वर, आफ्नो दासको प्रार्थना र अन्तर्बिन्ती सुन्नुहोस्। हे परमप्रभु, तपाईंको आफ्नै खातिर आफ्नो उजाड़ पारिएको पवित्रस्थानमाथि कृपा-दृष्टि राखिदिनुहोस्।
18
हे परमेश्वर, आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस् र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्था हेर्नुहोस्। हामी धर्मी छौं भनेर यो बिन्ती गरेका छैनौं, तर तपाईंको महान् कृपाको कारणले।
19
हे परमप्रभु, सुन्नुहोस्! हे परमप्रभु, क्षमा गर्नुहोस्! हे परमप्रभु, सुन्नुहोस् र कारबाही गर्नुहोस्। हे मेरा परमेश्वर, आफ्नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्।”
20
जसै म बोल्दै र प्रार्थना गर्दै, मेरो आफ्नै पाप र मेरा इस्राएली जातिको पाप स्वीकार गर्दै र उहाँको पवित्र डाँड़ाको लागि परमप्रभु मेरा परमेश्वरसँग बिन्ती गर्दैथिएँ—
21
जसै म प्रार्थनामा नै थिएँ, पहिलेको दर्शनमा मैले देखेका मानिस, गब्रिएल, साँझका बलिदानको समयमा वेगसँग उड़ेर मकहाँ आए।
22
उनले मलाई आदेश दिए र भने, “हे दानिएल, अहिले म तिमीलाई अन्तर्ज्ञान र समझ दिन आएको छु।
23
तिमीले प्रार्थना गर्न थाल्ने बित्तिकै प्रार्थनाको उत्तर दिइयो, जुनचाहिँ तिमीलाई बताउन म आएको छु, किनकि तिमी अति सम्मानित छौ। त्यसकारण सन्देशलाई विचार गर र दर्शन बुझ।
24
“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महापवित्रस्थानलाई अभिषेक गर्न सत्तरी ‘सातहरू’ को आदेश तोकिएको छ।
25
“यो जान र बुझ, यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात् एक शासक नआउञ्जेलसम्म सात ‘सातहरू’ र बयसट्ठी ‘सातहरू’ हुनेछन्। गल्ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दु:खको समयमा।
26
बयसट्ठी ‘सातहरू’ पछि ती अभिषिक्त जन हटाइनेछन् र तिनीसँग केही पनि रहनेछैन। शासकका मानिसहरू आएर त्यस सहर र पवित्रस्थानलाई विनाश गर्नेछन्। अन्त बाढ़ीझैँ आउनेछ: लड़ाइँ अन्तसम्म रहनेछ, र उजाड़ अवस्थाहरूको आदेश जारी भएको छ।
27
धेरै जनासित एक ‘सात’ को लागि तिनले एउटा करारको सदर गर्नेछन्। ‘सात’ को बीचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन्। अनि मन्दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खड़ा गर्नेछन्, जबसम्म तिनीमाथि आदेश गरिएको अन्त खन्याइनेछैन।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12