bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Daniel 8
Daniel 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 9 →
1
अघिल्लो दर्शन मलाई देखा परेपछि, राजा बेलसजरको राज्यकालको तेस्रो वर्षमा म, दानिएलले एउटा अर्को दर्शन देखें।
2
मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशनको किल्लामा देखें; दर्शनमा म ऊलै नहरको छेउमा थिएँ।
3
मैले हेरें, र मेरो सामु नहरको छेउमा उभिरहेको दुई सीङ भएको एउटा भेड़ा थियो, र ती सीङहरू लामा थिए। तीमध्ये एउटा अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो।
4
त्यो भेड़ाले पश्चिम र उत्तर र दक्षिणतिर हानिरहेको मैले हेरें। त्यसको विरुद्धमा कोही पनि खड़ा हुन सकेन र कसैले पनि त्यसको शक्तिबाट छुटाउन सकेन। त्यसले जे इच्छा लाग्यो, त्यही गर्यो र महान् बन्यो।
5
जसै मैले यसबारे विचार गर्दैथिएँ, अचानक आँखाहरूका बीचमा एउटा विशेष सीङ भएको एउटा बोका जमिनलाई नछोइकन पूरा पृथ्वीलाई पार गर्दै पश्चिमबाट आयो।
6
मैले देखेको नहरको छेउमा खड़ा भएको दुई सीङ्गे भेड़ातिर त्यो आयो र ठूलो झोँकले त्यसलाई हान्यो।
7
रीसले चूर भई त्यसले भेड़ालाई आक्रमण गरी हानेर त्यसका दुई वटै सीङ भाँचिदिएको मैले देखें। त्यसको विरुद्ध खड़ा हुन त्यो भेड़ा शक्तिहीन थियो। त्यस बोकाले त्यसलाई जमिनमा पछारिदियो र त्यसमाथि टेक्यो, र त्यसको शक्तिबाट भेड़ालाई छुटाउन कसैले पनि सकेन।
8
त्यो बोको अति ठूलो भयो, तर त्यसका शक्तिको चरम सीमामा त्यसको विशाल सीङ भाँचियो र त्यसको सट्टामा आकाशका चारै बतासतर्फ विशेष सीङहरू उम्रे।
9
तिनीहरूमध्येबाट अर्को एउटा सीङ आयो, जो सानोबाट सुरु भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्दर भूमितिर शक्तिशाली हुँदै बढ्दैगयो।
10
स्वर्गका सेनाहरूसम्म नपुगुञ्जेल त्यो बढ्दैगयो, र त्यसले केही ताराका दललाई तल पृथ्वीमा खसाल्यो र तीमाथि खुट्टाले कुल्च्यो।
11
त्यसले आफैलाई राजकुमार जत्तिकै महान् तुल्यायो। त्यसले उहाँबाट दैनिक बलिदान खोस्यो, र उहाँको पवित्रस्थान तल झारियो।
12
विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्यसलाई सुम्पियो। त्यसले गरेका सबै काममा त्यो सफल भयो, र सत्यलाई भूइँमा फ्याँकियो।
13
त्यसपछि मैले एउटा पवित्र जनले बोलेको सुनें, र अर्का पवित्र जनले उनलाई भने, “यो दर्शन पूरा हुन कति समय लाग्ला— अर्थात्, दैनिक बलिदान, उजाड़ पार्ने विद्रोह, र पवित्रस्थान र सेनालाई खुट्टाले कुल्चिनेसम्बन्धी दर्शन पूरा हुन कति समय लाग्ला?”
14
उनले मलाई भने, “दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ, तब पवित्रस्थानको पून:अर्पण हुनेछ।”
15
जसै म, दानिएल, दर्शन हेर्दैथिएँ र त्यो बुझ्न कोशिश गर्दैथिएँ, मानिसको रूपमा एक जना मेरो सामु उभिए।
16
अनि मैले ऊलैबाट यसो भनेर बोलाएको मानिसको स्वर सुनें, “हे गब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”
17
जसै तिनी म उभिएको ठाउँ नजिक आए, म डरले भयभीत भएर लम्पसार परें। तिनले मलाई भने, “हे मानिसको पुत्र, यो बुझ कि दर्शनले अन्तको समयलाई सङ्केत गर्दछ।”
18
तिनले मसँग बोल्दैगर्दा, मेरो अनुहार भूइँमा थियो र म मस्त निद्रामा थिएँ। तब तिनले मलाई छोएर मेरो खुट्टामा उभ्याए।
19
तिनले भने, “क्रोधको समयमा पछि के हुनेछ, म तिमीलाई बताउन लागिरहेछु, किनभने दर्शनले तोकिएको अन्तको समयलाई बताउँदछ।
20
तिमीले देखेको त्यस दुई सीङे भेड़ाले मादी र फारसका राजाहरूलाई जनाउँछ।
21
त्यो रौँले ढाकेको बोकाचाहिँ ग्रीसको राजा हो, र त्यसका आँखाका बीचमा भएको ठूलो सीङ त्यसको प्रथम राजा हो।
22
त्यस भाँचिएको सीङको सट्टामा उम्रेका चार सीङहरूचाहिँ त्यसैबाट निस्केका चार राज्यहरू हुन्, तर पहिलो राज्यजस्तो ती बलिया हुनेछैनन्।
23
तिनीहरूका राज्यकालका पछिल्ला दिनहरूमा जब विद्रोहीहरूको दुष्टता चरम सीमामा पुगेको हुनेछ, तब एक जना हठी, षड्यन्त्रमा पोख्त राजा उठ्नेछ।
24
त्यो धेरै बलवान् हुनेछ, तर त्यसको आफ्नो शक्तिले होइन। त्यसले अचम्मको विध्वंस ल्याउनेछ, र जे गर्छ त्यसमा सफल हुनेछ। त्यसले शक्तिशाली मानिसहरू र पवित्र जनहरूलाई नाश गर्नेछ।
25
त्यसले छललाई सफल पार्नेछ र आफैलाई उच्च ठान्नेछ। जब तिनीहरूले सुरक्षाको महसूस गर्छन्, त्यसले धेरैलाई नष्ट गर्नेछ र राजकुमारहरूका राजकुमारको विरुद्धमा त्यो खड़ा हुनेछ। तापनि त्यो नष्ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा होइन।
26
“तिमीलाई दिइएको साँझहरू र बिहानहरूसम्बन्धी दर्शन सत्य छ, तर त्यो दर्शनलाई मोहोर लगाई बन्द गर, किनभने यो धेरै पछिको भविष्यसँग सम्बन्धित छ।”
27
म, दानिएल, अति थकित भएँ र केही दिनसम्म बिरामी भई पस्रिएँ। तब म उठेर राजाको कामधन्धामा लागें। दर्शनको कारण म व्याकुल भएँ, यो समझदेखि बाहिरको कुरा थियो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12