bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Daniel 7
Daniel 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
1
बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले सपना र दर्शनहरू देखे। तिनले त्यस सपनाको सार लेखे।
2
दानिएलले भने, “मेरो दर्शनमा राती मैले हेरिरहँदा मेरो अगि आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्थन गरिएका थिए।
3
एक-अर्काबाट फरक चार ठूला पशुहरू समुद्रबाट निस्के।
4
“पहिलोचाहिँ सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नचुँड़ाएसम्म मैले हेरिरहें, र त्यो मानिसजस्तै दुई खुट्टाले उभिने गरी जमिनबाट उठ्यो र त्यसलाई एक जना मानिसको हृदय दिइयो।
5
“अनि मेरो अगि दोस्रो पशु थियो, जुनचाहिँ भालूजस्तै देखिन्थ्यो। त्यसलाई शरीरको एकपट्टिबाट उठाइयो, र त्यसको मुखको दाँतहरूका बीचमा तीन वटा करङहरू थिए। त्यसलाई यस्तो आज्ञा दिइयो: ‘उठ् र खानसक्ने जत्ति मासु खा!’
6
“त्यसपछि मैले हेरें, र त्यहाँ मेरो अगि अर्को पशु थियो, जुनचाहिँ चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराको जस्तै चार वटा पखेटाहरू थिए। त्यस पशुका चार वटा टाउकाहरू थिए, र त्यसलाई शासन गर्ने अधिकार दिइयो।
7
“त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्दो र अत्यन्तै शक्तिशाली चौथो पशु थियो। त्यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्यसले आफ्नो शिकारलाई चकनाचूर पारी खाइदिन्थ्यो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्थ्यो। अघिका पशुहरूभन्दा त्यो फरक थियो र त्यसका दश वटा सीङहरू थिए।
8
“जसै म ती सीङहरूका बारेमा विचार गर्दैथिएँ, मेरो अगि एउटा सानो सीङ थियो, जुनचाहिँ तिनीहरूमध्येबाट उम्रेको थियो, र पहिलेका सीङहरूमध्ये तीन वटाचाहिँ त्यसको सामु जरैसमेत उखेलिए। मानिसका आँखाजस्तै त्यस सीङका आँखा थिए, र अहङ्कारी कुरा गर्ने त्यसको मुख थियो।
9
जसै मैले हेरें, सिंहासनहरू बसालिए, र अति प्राचीन आफ्नो सिंहासनमा बस्नुभयो। उहाँका लुगा हिउँजस्तै सेता थिए, उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासनमा बलिरहेको आगोको ज्वाला थियो, र त्यसका चक्काहरूमा दन्केको आगो थियो।
10
उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्यायको निम्ति अदालतको बैठक बसेको थियो, र पुस्तकहरू खोलिए।
11
“तब यो सीङ बोलिरहेको अहङ्कारपूर्ण शब्दहरूको कारणले गर्दा मैले त्यसलाई हेर्दैरहें। त्यो पशु मारिएर त्यसको शरीर नष्ट पारी आगोको ज्वालामा नफ्याँकिएसम्म मैले हेर्दैरहें।
12
अरू पशुहरूको अधिकार खोसिएको थियो, तर केही समयको लागि तिनीहरूलाई बाँच्न दिइयो।
13
“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो।
14
उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ, जुनचाहिँ कहिल्यै टल्नेछैन, र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्ट हुनेछैन।
15
“म, दानिएल, आत्मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्याए।
16
त्यहाँ उभिएकाहरूमध्ये एक जनाकहाँ म गएँ र यी सबै कुराको सत्य अर्थ बताउन अनुरोध गरें। “यसकारण उनले मलाई यी कुराको अर्थ बताइदिए:
17
‘चार ठूला पशुहरूचाहिँ पृथ्वीमा खड़ा हुने चार राज्यहरू हुन्।
18
तर सर्वोच्चका पवित्र जनहरूले यो राज्य पाउनेछन् र सदासर्वदाको लागि अधिकार गर्नेछन्— हो, सदासर्वदाको लागि’।
19
“तब मैले त्यो चौथो जनावरको साँचो अर्थ जान्न चाहें, जुनचाहिँ फलामका दाँत र काँसाका नङ्ग्रा भएको अरूभन्दा फरक र अत्यन्तै डरलाग्दो थियो— त्यो जनावर जसले आफ्नो शिकारलाई चपाएर खाइदियो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्यो।
20
मैले त्यसको टाउकोमा भएका दश सीङका बारेमा र त्यहाँबाट निस्केको अर्को सीङको बारेमा पनि जान्न चाहें, जसको सामु तीमध्ये तीन वटा सीङ झरे— त्यो सीङ जो अरूभन्दा प्रभावशाली देखिन्थ्यो र जसका आँखा र अभिमानपूर्ण कुरा गर्ने मुख थिए।
21
जसै मैले हेरें, त्यो सीङ पवित्र जनहरूका विरुद्ध लड़ाइँ गर्दैथियो र तिनीहरूलाई परास्त गर्दैथियो,
22
जबसम्म ती अति प्राचीन आएर सर्वोच्चका पवित्र जनहरूको पक्षमा इन्साफको घोषणा गरे, अनि समय आयो जब तिनीहरूले राज्य अधिकार गरे।
23
“तिनले मलाई यसरी बताए: ‘चौथो जनावरचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। योचाहिँ अरू राज्यहरूभन्दा फरक हुनेछ र समस्त पृथ्वीलाई कुल्चीमिल्ची पारी निल्नेछ।
24
दश सीङहरू त्यस राज्यबाट आएका दश राजाहरू हुन्। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ।
25
उसले सर्वोच्चको विरुद्धमा बोल्नेछ र उहाँका पवित्र जनहरूलाई अत्याचार गर्नेछ र ठहर्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ। पवित्र जनहरू साढ़े तीन वर्षसम्म उसको हातमा सुम्पिइनेछन्।
26
“तर अदालत बस्नेछ, र त्यसको अधिकार खोसिनेछ र सदाको निम्ति पूर्ण रूपले नाश गरिनेछ।
27
तब सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्चका मानिसहरू, अर्थात् पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्य अनन्तको राज्य हुनेछ, र सबै शासकहरूले उहाँको आराधना र आज्ञापालन गर्नेछन्।
28
“कुराको अन्त यही हो। म, दानिएल, मेरा विचारहरूले गर्दा अत्यन्तै बेचैन भएँ, र मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्नो मनैमा राखें।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12