bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Daniel 6
Daniel 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
1
सम्पूर्ण राज्यको शासन गर्नलाई एक सय बीस जना प्रान्तका बड़ाहाकिमहरू नियुक्त गर्न दारालाई मन लाग्यो।
2
तीमाथि तीन जना अध्यक्ष नियुक्त गरिए, जसमध्ये दानिएल एक थिए। राजाको काममा हानि नहोस् भनेर ती प्रान्तका बड़ाहाकिमहरू उनीहरूप्रति उत्तरदायी गराइए।
3
अब दानिएलले असाधारण गुणहरूद्वारा आफैलाई ती अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरूका बीचमा यस्तो फरक देखाए कि राजाले तिनलाई सम्पूर्ण राज्यको शासक नियुक्त गर्ने योजना गरे।
4
तब अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्ति सरकारी कामकारबाहीहरूमा तिनको दोष खोज्न लागे, तर त्यसो गर्न उनीहरू असमर्थ भए। उनीहरूले तिनमा कुनै पनि भ्रष्टाचार भेट्टाउन सकेनन्, किनभने तिनी विश्वासयोग्य थिए, र तिनी न त भ्रष्ट न लापरवाही नै थिए।
5
अन्तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्वरको व्यवस्थासम्बन्धमा बाहेक, कुनै पनि आधार कहिल्यै पाउन सक्नेछैनौं।”
6
यसकारण अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरू एउटा समूह भई राजाकहाँ गएर भने, “हे महाराजा दारा, अमर रहून्!
7
राजकीय अध्यक्षहरू, प्रान्तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, र सल्लाहकारहरू, सबैले यो मन्जूर गरेका छन्, कि राजाले एउटा आदेश निकाल्नुपर्छ र त्यस आदेशलाई लागू गर्नुपर्छ, जसअनुसार आगामी तीस दिनसम्म हजूरबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गरे भने, हे महाराजा त्यस्ता व्यक्ति सिंहको खोरमा फालिनेछन्।
8
अब हे महाराजा, लिखित रूपमा यो आदेश निकाल्नुहोस्, र खारेज हुन नसक्ने मादी र फारसीहरूका ऐनबमोजिम यो आदेश बदली हुनेछैन।”
9
यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले।
10
जब दानिएलले त्यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्नो घरको माथिल्लो तलाको कोठामा गए, जहाँ झ्यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्तै तिनी दिनमा तीन पल्ट घुँड़ा टेकी परमेश्वरलाई धन्यवाद दिँदै प्रार्थना गर्थे।
11
तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए।
12
यसकारण उनीहरू राजाकहाँ गए र उनलाई उनको राजकीय आदेशको बारेमा भने, “हे महाराजा, के आगामी तीस दिनको अवधिभर जसले हजूरलाई बाहेक अन्य कुनै देवता वा मानिसलाई प्रार्थना गर्छ, त्यो सिंहको खोरमा फ्याँकिनेछ भनी हजूरले एउटा आदेश प्रकाशित गर्नुभएको छैन र?” राजाले जवाफ दिए, “हो, मादीहरू र फारसीहरूका ऐनबमोजिम, जुनचाहिँ खारेज हुन सक्दैन, त्यो आदेश स्थायी छ।”
13
तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्ता गर्दैनन्। उनी अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्दछन्।”
14
जब राजाले यो कुरा सुने, उनी अत्यन्त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्तसम्मै हरप्रयास गरे।
15
त्यसपछि ती मानिसहरू समूह भएर राजाकहाँ गए र उनलाई भने, “हे महाराजा, याद गर्नुहोस् कि मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बद्लन सकिँदैन।”
16
यसकारण राजाले हुकुम दिए, र उनीहरूले दानिएललाई लिएर सिंहको खोरभित्र फालिदिए। राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई छुटकारा देऊन्!”
17
खोरको मुखमा एउटा ढुङ्गा ल्याएर राखियो, र दानिएलको अवस्थामा कुनै परिवर्तन नहोस् भनेर राजाले आफ्नो लालमोहर र उनका भारदारहरूका औँठीहरूको छाप लगाए।
18
तब राजा आफ्नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्जनविना नै उनले त्यो रात बिताए। अनि उनलाई निद्रा लागेन।
19
बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए।
20
जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?”
21
दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्!
22
मेरा परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्याएका छैनन्, किनभने उहाँको दृष्टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्ती गरेको छैनँ।”
23
राजा अत्यन्तै खुशी भएर दानिएललाई खोरबाट निकाल्ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्ना परमेश्वरमाथि भरोसा गरेका थिए।
24
दानिएललाई झूटो आरोप लगाउने मानिसहरू राजाको हुकुममा भित्र ल्याइए र श्रीमती र नानीहरूसमेत उनीहरू सिंहको खोरमा फ्याँकिए। अनि उनीहरू खोरको भूइँमा नपुग्दै सिंहहरूले उनीहरूमाथि झम्टेर उनीहरूका हड्डीहरूसमेत कर्याककुरुक पारेर खाए।
25
तब राजा दाराले साम्राज्यभित्रका हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूलाई यस्तो लेखे: “तिमीहरूलाई कल्याण होस्!
26
म यो आदेश जारी गर्दछु कि मेरो राज्यभरका मानिसहरूले दानिएलका परमेश्वरको भय मान्नु र आदर गर्नुपर्छ। “किनभने उहाँ जिउँदो परमेश्वर हुनुहुन्छ, र उहाँ सधैँभरि रहनुहुन्छ। उहाँको राज्य नष्ट हुनेछैन, उहाँका प्रभुत्वको अन्त कहिल्यै हुनेछैन।
27
उहाँ छुटकारा दिनुहुन्छ र बचाउनुहुन्छ; उहाँ स्वर्गमा र पृथ्वीमा आश्चर्यकर्महरू गर्नुहुन्छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।”
28
यसकारण दाराको राज्यकाल र फारसी कोरेसको राज्यकालमा दानिएलको उन्नति भयो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12