bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Daniel 5
Daniel 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 6 →
1
बेलसजर राजाले आफ्ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए।
2
दाखमद्य पिउँदैगर्दा बेलसजर राजाले आफू, आफ्ना भारदारहरू, आफ्ना श्रीमतीहरू र रखौटीहरूले दाखमद्य पिउनलाई उनका पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँड़ाकुँड़ाहरू त्यहाँ ल्याउने हुकुम गरे।
3
यसकारण उनीहरूले सुनका भाँड़ाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका थिए, र राजा र उनका भारदारहरू, उनका श्रीमतीहरू र रखौटीहरूले तीबाट पिए।
4
जसै उनीहरूले दाखमद्य पिए, उनीहरूले सुन र चाँदीका, काँसो, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।
5
अचानक राजदरबारमा भएको पानसको नजिक एक मानव हातका औँलाहरू देखा परे र लिपिएको भित्तामा लेख्न लागे। त्यो लेख्दैगरेको हात राजाले हेरे।
6
उनको अनुहार पहेँलो भयो, र उनी यति डराए कि उनका घुँड़ाहरू कामेर ठोकिन थाले र गोड़ाहरू लल्याकलुलुक भए।
7
राजाले मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाउन लगाए र बेबिलोनका यी ज्ञानी पुरुषहरूलाई भने, “जसले यो लेख पढ्छ र यसको अर्थ मलाई बताइदिन्छ, त्यसलाई बैजनी पोशाक पहिराइनेछ र त्यसको गलामा सुनको सिक्री लगाइनेछ र त्यसलाई राज्यको तेस्रो उच्च शासक बनाइनेछ।”
8
तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्।
9
यसकारण राजा बेलसजर अझ भयभीत भए र उनको अनुहार अझ पहेँलो हुँदैगयो। उनका भारदारहरू अलमल्ल परे।
10
राजा र उनका भारदारहरूका स्वर सुनेर रानी भोजको कोठामा आइन् र तिनले भनिन्, “महाराजा अमर रहून्! नआत्तिनुहोस्। यस्तो पहेँलो अनुहार नबनाउनुहोस्।
11
तपाईंको राज्यमा एक जना मानिस छन्, जोसँग पवित्र देवताहरूका आत्मा छ। तपाईंका पिताको पालोमा उनमा देवताको जस्तै अन्तर्दृष्टि, ज्ञान र बुद्धि पाइएको थियो। तपाईंका पिता राजा नबूकदनेसरले उनलाई जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेका प्रमुख नियुक्त गर्नुभएको थियो।
12
यी दानिएल नाउँ गरेका मानिस, जसलाई राजाले बेलतसजर भन्नुहुन्थ्यो, तीव्र मन र ज्ञान र समझ भएका भेट्टाइए र साथै उनले सपनाका अर्थ बताउन, अड्कोहरू फुकाउन र कठिन समस्याहरू हल गर्न पनि सक्थे। दानिएललाई बोलाउनुहोस्, र उनले तपाईंलाई यस लेखको अर्थ बताउनेछन्।”
13
यसकारण दानिएललाई राजाको सामुन्ने उपस्थित गराइयो अनि राजाले तिनलाई भने, “के तिमी दानिएल, देशनिकाला गरिएकामध्ये एक हौ, जसलाई राजा, मेरा पिताले यहूदाबाट ल्याउनुभएको थियो?
14
मैले सुने, तिमीमा देवताहरूको आत्मा छ, र तिमी अन्तर्दृष्टि, ज्ञान र बिछट्ट बुद्धि भएका मानिस छौ अरे।
15
ज्ञानी पुरुषहरू र मन्त्रतन्त्र गर्नेहरू यो लेख पढ्न र मलाई यसको अर्थ बताउन मेरो सामु ल्याइए। तर उनीहरूले यो बताउन सकेनन्।
16
अब मैले सुनेको छु कि तिमी अर्थ खोल्न र कठिन समस्याहरू समाधान गर्न सक्छौ। यदि तिमीले यो लेख पढ्न र यसको अर्थ बताउन सक्छौ भने, तिमीलाई बैजनी पोशाक पहिराइनेछ र गलामा सुनको सिक्री लगाइनेछ र राज्यमा तिम्रो स्थान तेस्रो हुनेछ।”
17
तब दानिएलले राजालाई उत्तर दिए, “हजूरका उपहारहरू हजूर आफै राख्नुहोस् र हजूरका इनामहरू अरू कसैलाई दिनुहोस्। तापनि महाराजाको लागि यो लेखोट पढ़िदिनेछु र यसको अर्थ बताइदिनेछु।
18
“हे महाराजा, सर्वोच्च परमेश्वरले हजूरका पिता नबूकदनेसरलाई स्वाधीन राज्य र महानता र महिमा र गौरव दिनुभयो।
19
उहाँले उनलाई उच्च स्थान दिनुभएकोले र प्रत्येक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उनको डर र भय मान्थे। राजाले जसको प्राण लिन चाहन्थे, लिन्थे, जसलाई बाँकी राख्न चाहन्थे, राख्थे, जसलाई पदोन्नति गर्न चाहन्थे, पदोन्नति गर्थे, र जसलाई होच्याउन चाहन्थे, होच्याउँथे।
20
तर जब उनको हृदय घमण्डले हठी र कठोर भयो, उनलाई राजगद्दीबाट हटाइयो र उनको महिमा उनीबाट खोसियो।
21
उनलाई मानिसहरूबाट हटाइएर एउटा पशुको मन दिइयो। उनी वनका गधाहरूसँग बस्थे र गाईबस्तुले जस्तै घाँस खान्थे, र उनको शरीर आकाशको शीतले भिज्थ्यो, जबसम्म उनले मानिलिएनन् कि मानिसका राज्यहरूमाथि सर्वोच्च परमेश्वरकै अधिकार छ र उहाँले इच्छा गर्नुभएकालाई त्यो दिनुहुन्छ।
22
“तर उनका छोरा, हजूर बेलसजरले यी सबै कुरा जान्दाजान्दै पनि आफूलाई नम्र बनाउनुभएन।
23
बरु स्वर्गका परमप्रभुको विरुद्धमा आफैलाई खड़ा गर्नुभएको छ। हजूरले उहाँको मन्दिरबाट भाँड़ाहरू हजूरकहाँ ल्याउन लगाउनुभयो, र हजूर र हजूरका भारदारहरू, हजूरका श्रीमतीहरू र रखौटीहरूले तीबाट दाखमद्य पिउनुभयो। हजूरले चाँदी र सुनका, काँसाका, फलामका, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जो न देख्छन् न सुन्छन् न बुझ्छन्। तर हजूरले यी परमेश्वरको आदर गर्नुभएन, जसको हातमा हजूरको जीवन र हजूरका मार्गहरू छन्।
24
यसैकारण उहाँले यो लेखोट लेख्ने हात पठाउनुभयो।
25
“लेखिएको लेखोट यस्तो छ: मेने, मेने, टेकेल, पर्सिन
26
“यी शब्दहरूको अर्थ यही हो: मेने: परमेश्वरले हजूरका राज्यका दिन गन्ती गर्नुभएको छ, र त्यसको अन्त गर्नुभएको छ।
27
टेकेल: हजूर तराजूमा जोखिनुभएको छ, र हल्का भेट्टाइनुभएको छ।
28
पेरेस: हजूरको राज्य विभाजन भई मादी र फारसीहरूलाई दिइएको छ।”
29
त्यसपछि बेलसजरको हुकुममा दानिएललाई बैजनी वस्त्र पहिराइयो। तिनको गलामा सुनको सिक्री लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गरियो।
30
त्यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए,
31
अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा त्यो राज्य लिए।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12