bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Daniel 4
Daniel 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
1
सारा पृथ्वीमा रहने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेसरबाट: तिमीहरूलाई ठूलो संवृद्धि मिलोस्!
2
सर्वोच्च परमेश्वरले मेरो निम्ति गरिदिनुभएका आश्चर्यकर्मका चिन्हहरू र अचम्मका कामहरूको बारेमा तिमीहरूलाई बताउन पाउँदा म खुशी छु।
3
उहाँका चिन्हहरू कति महान् छन्, उहाँका अचम्मका कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो, उहाँको प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहन्छ।
4
म नबूकदनेसर, सन्तुष्टि र संवृद्धिसाथ आफ्नो दरबारमा बसिरहेको थिएँ।
5
मैले एउटा यस्तो सपना देखें, जसले मलाई भयभीत तुल्यायो। जसै म ओछ्यानमा ढल्किरहेको थिएँ, मेरो मनमा आएका कल्पनाहरू र दर्शनहरूले गर्दा म तर्सिएँ।
6
यसकारण त्यस सपनाको अर्थ खोल्नलाई बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मेरो सामुन्ने खड़ा गराउने हुकुम गरें।
7
जब जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरू आए, मैले उनीहरूलाई सपना बताएँ, तर उनीहरूले मलाई त्यसको अर्थ बताउन सकेनन्।
8
अन्तमा दानिएल मकहाँ आए र मैले तिनलाई सपना बताइदिएँ। (तिनको नाउँ मेरो देवताको नाउँजस्तै बेलतसजर हो, र पवित्र देवताहरूको आत्मा तिनमा छ।)
9
मैले भने, “हे बेलतसजर, जादूगरहरूका प्रमुख, म जान्दछु कि तिमीमा पवित्र देवताहरूको आत्मा छ, र तिम्रो लागि कुनै पनि रहस्य अप्ठ्यारो छैन। सपना यही हो, यसको अर्थ मलाई बताइदेऊ।
10
ओछ्यानमा पल्टिरहँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले देखें, मेरो सामुन्ने पृथ्वीको बीचमा एउटा ठूलो रूख खड़ा भएको रहेछ। त्यो अत्यन्तै अग्लो थियो।
11
त्यो रूख ठूलो र बलियो हुँदैगयो र त्यसको टुप्पोले आकाश छोयो, पृथ्वीको छेउसम्म पनि त्यो देखिन्थ्यो।
12
त्यसका पातहरू सुन्दर र त्यसका फलहरू प्रशस्त थिए, र त्यसमा सबैको लागि खाना थियो। त्यसको मुनि वनका पशुहरूले वास पाउँथे, त्यसका हाँगाहरूमा चराहरू बस्थे, त्यसबाट सबै प्राणीहरूले खाना पाउँथे।
13
“ओछ्यानमा पल्टिरहेको बेला मैले दर्शनमा मेरो अगि स्वर्गबाट एक समाचारवाहक, एक पवित्र जन तल आइरहेका देखेँ।
14
उनले चर्को स्वरमा कराएर भने, “त्यस रूखलाई ढालिदे र हाँगाहरूलाई काटिदे, त्यसका पातहरू झारिदे र त्यसका फलहरू छरपष्ट पारिदे। पशुहरू त्यसको छहारीबाट र चराहरू त्यसका हाँगाबाट भागून्।
15
तर फलाम र काँसाले बाँधिएको त्यसका ठुटो र जराहरू जमिनमा, खेतको घाँसमा नै रहोस्। “आकाशको शीतले त्यसलाई भिजाओस्, र त्यो पशुहरूसँग पृथ्वीका बोट-बिरुवाहरूका बीचमा रहोस्।
16
त्यसको मन मानिसकोबाट बद्लिएर त्यसलाई पशुको मन दिइओस्, जबसम्म त्यसको लागि सात काल बित्नेछैनन्।
17
“समाचार वाहकहरूद्वारा निर्णय सुनाइएको छ, पवित्र जनहरूले फैसलाको घोषणा गर्दछन्, ताकि जीवित प्राणीहरूले जानून् कि मानिसहरूका राज्यमाथि सर्वाधिकार सर्वोच्चकै छ, र उहाँले इच्छा गर्नुभएकाहरूलाई ती राज्यहरू दिनुहुन्छ र मानिसहरूमा सबभन्दा नम्रलाई ती राज्यमाथि खड़ा गर्नुहुन्छ।”
18
“म राजा नबूकदनेसरले देखेको सपना यही हो। अब हे बेलतसजर, यसको अर्थ मलाई बताइदेऊ, किनभने मेरो राज्यमा भएका ज्ञानी पुरुषहरूमध्ये कसैले पनि यसको अर्थ मलाई बताउन सक्दैन। तर तिमीले सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छ।”
19
दानिएल (जसलाई बेलतसजर पनि भनिन्छ) केही बेरसम्म अत्यन्तै व्याकुल भए, र आफ्ना विचारहरूले तिनलाई भयभीत पारे। यसकारण राजाले भने, “हे बेलतसजर, सपना र त्यसको अर्थले तिमीलाई व्याकुल नपारोस्।” बेलतसजरले जवाफ दिए, “मेरा प्रभु, यदि यो सपना हजूरका शत्रुहरूलाई र यसको अर्थ हजूरका विरोधीहरूलाई लागू हुने भए त हुनेथियो।
20
हजूरले देख्नुभएको रूख, जुन बढ़ेर विशाल र बलियो भयो, र सम्पूर्ण पृथ्वीबाट देखिने गरी त्यसको टुप्पाले आकाश छोयो,
21
सुन्दर पातहरू र प्रशस्त फलहरूसहित जसले सबैलाई खाना दिन्थ्यो, वनका पशुहरूलाई छहारी दिन्थ्यो, र जसका हाँगाहरूमा आकाशका चराहरूका लागि गुँड़हरू थिए,
22
हे महाराजा, हजूर नै त्यो रूख हुनुहुन्छ। हजूर महान् र शक्तिशाली हुनुभएको छ, हजूरको महानता बढ़ेर आकाशसम्मै पुगेको छ, र हजूरको प्रभुत्व पृथ्वीको पल्लो छेउसम्मै छ।
23
“हे महाराजा, हजूरले एक समाचारवाहक, एक पवित्र जनलाई स्वर्गबाट तल झर्दै र यसो भन्दैगरेको देख्नुभयो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदे, तर खेतको घाँसमा फलाम र काँसाले बाँधिएको अवस्थामा ठुटोचाहिँ छोड़िदे, जब कि त्यसका जराहरू जमिनमा नै रहन्छन्। आकाशको शीतले त्यो भिजोस्, त्यसको लागि सात काल नबितुञ्जेल त्यो जङ्गली जनावरहरूजस्तै भएर जिओस्।”
24
“हे महाराजा, त्यसको अर्थ यही हो, र सर्वोच्चले मेरा प्रभु महाराजाको विरुद्धमा दिनुभएको हुकुम यही हो:
25
हजूर मानिसहरूबाट निकालिनुहुनेछ र जङ्गली पशुहरूसँग बस्नुहुनेछ, गाईबस्तुहरूझैँ हजूरले घाँस खानुहुनेछ र आकाशको शीतले हजूर भिज्नुहुनेछ। हजूरको लागि सात काल बित्नेछ, जबसम्म हजूरले यो जान्नुहुन्न कि मानिसहरूका राज्यमाथि सर्वोच्चकै सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएको कसैलाई पनि ती राज्यहरू दिनुहुन्छ।
26
जरासहित ठुटो छोड्नू भन्ने हुकुमको अर्थ यो हो: स्वर्गले शासन गर्दछ भन्ने कुरा जब हजूरले स्वीकार गर्नुहुनेछ, तब हजूरको राज्य हजूरलाई फिर्ता गरिनेछ।
27
यसकारण हे महाराजा, मेरो सल्लाह लिन हजूर मन्जूर गर्नुहोस्, सत्य कर्म गरेर आफ्ना पापलाई त्याग्नुहोस् र अत्याचारमा परेकाहरूलाई दया देखाएर आफ्नो दुष्टतालाई छोड्नुहोस्। हुन सक्छ, त्यसपछि हजूरको ऐश्वर्य कायम रहनेछ।
28
यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो।
29
बाह्र महिनापछि जब राजा बेबिलोनको राजदरबारको कौसीमा टहलिँदैथिए,
30
उनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्नो कीर्तिका महिमाको लागि मेरो ठूलो शक्तिद्वारा आफ्नो राजकीय निवासस्थान बनाएको छु?”
31
यी शब्दहरू उनको ओठबाट नसिद्धिँदै स्वर्गबाट एउटा यस्तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ।
32
तँ मानिसहरूबाट धपाइनेछस् र जङ्गली पशुहरूसित बस्नेछस्, तैंले गाईबस्तुले झैँ घाँस खानेछस्। तेरो लागि सात काल बित्नेछ, जबसम्म तैंले यो स्वीकार गर्दैनस् कि मानिसहरूका राज्यमाथि सर्वोच्चकै सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएको कसैलाई पनि ती राज्यहरू दिनुहुन्छ।”
33
नबूकदनेसरको बारेमा जो कुरो भनिएको थियो, तुरुन्तै पूरा भयो। उनी मानिसहरूबाट धपाइए र उनले गाईबस्तुले झैँ घाँस खान थाले। उनको रौँ चीलका प्वाँखजस्तै र उनका नङहरू चराका नङ्ग्राहरूजस्तै नहोउञ्जेल उनको शरीर आकाशको शीतले भिज्यो।
34
त्यो समयको अन्तमा म, नबूकदनेसरले आफ्नो आँखा उठाएर स्वर्गतिर हेरे, र मेरो होश फर्क्यो। तब मैले सर्वोच्चको प्रशंसा गरें, सदासर्वदै जिउनुहुने उहाँलाई मैले आदर र महिमा गरें। उहाँको प्रभुत्व अनन्तको प्रभुत्व हो, उहाँको राज्य पुस्तादेखि पुस्तासम्म रहिरहन्छ।
35
पृथ्वीका सबै मानिसहरू व्यर्थका गनिन्छन्। स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्छ। कसैले पनि उहाँको हात रोक्न सक्दैन, वा “तपाईंले के गर्नुभयो” भनी कसैले पनि सोध्न सक्दैन।
36
मेरो होश फर्केकै समयमा, मेरो राज्यका गौरवको लागि मेरो आदर र प्रताप मकहाँ फर्केर आयो। मेरा सल्लाहकारहरू र भारदारहरूले मलाई खोज्न थाले, र म आफ्नो सिंहासनमा फर्कें र पहिलेको भन्दा पनि महान् भएँ।
37
अब म, नबूकदनेसरले स्वर्गका महाराजाको प्रशंसा, बढ़िबढ़ाउ र महिमा गर्दछु, किनभने उहाँले जे गर्नुहुन्छ ठीक गर्नुहुन्छ, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्डीहरूलाई नम्र बनाउन सक्नुहुन्छ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12