bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Esther 1
Esther 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 2 →
1
यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्म एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे।
2
त्यस बेला उनी आफ्नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे।
3
उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्ठित नायकहरू, र प्रान्त-प्रान्तका मुख्य मानिसहरू उनको सामुन्ने उपस्थित भए।
4
उनले एक सय असी दिनसम्म आफ्ना राज्यका धन-सम्पत्ति र आफ्नो रवाफ र ऐश्वर्य प्रदर्शन गरे।
5
ती दिन खतम भएपछि राजाले आफ्नो राजधानी शूशनका ठूला र साना सबै मानिसहरूलाई ठूलो भोज दिए। त्यो भोज राजाका राजदरबारको बगैँचामा सात दिनसम्म भइरह्यो।
6
त्यहाँ बगैँचामा सूती कपड़ाका सेता र नीला पर्दाहरू झुण्डिएका थिए, जो सेता र बैजनी रङ्गका डोरीहरूले सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रसित बाँधिएका थिए। त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमरका र अरू मूल्यवान् पत्थरहरूले छापिएको फर्शमाथि सुन र चाँदीका बस्ने आसनहरू थिए।
7
राजाले एक-अर्काबाट भिन्नाभिन्नै भएका सुनका कचौराहरूमा दाखमद्य दिए। राजाले दिएको दाखमद्य राजसी उदारताको प्रशस्ततामा थियो।
8
त्यहाँ कसैलाई जबरजस्तसँग पियाउने नियम थिएन। हरेक मानिसका इच्छाको ख्याल राख्नू भनी राजाले आफ्ना भण्डारका मद्य टक्र्याउने सबै सेवकहरूलाई हुकुम गरेका थिए।
9
यसबाहेक रानी वश्तीले पनि राजा अहासूरसकै राजमहलमा स्त्रीहरूलाई एउटा ठूलो भोज दिइन्।
10
सातौँ दिनमा जब राजा दाखमद्य पिएर मस्त भएका थिए, तब तिनले आफ्नो घरको व्यवस्था मिलाउने सात जना नपुंसक सेवकहरू, अर्थात् महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कासलाई,
11
मानिसहरू र भारदारहरूका सामु रानी वश्तीको सौन्दर्य देखाउनलाई राजसी शिरपेच पहिरेर ल्याउनू भनी हुकुम गरे, किनभने तिनी असाध्य सुन्दरी थिइन्।
12
तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्तीले इन्कार गरिन्। यसले गर्दा राजा अत्यन्त क्रोधित भए। उनी रीसले आगो भए।
13
राजाले यस्तो दुराचरणसम्बन्धी राजसी चलनअनुसार कानून र न्यायमा पोख्त र ज्ञानी सल्लाहकारहरूसँग सल्लाह लिए।
14
तीमध्ये हालको परिस्थिति बुझ्ने फारस र मादीका सात जना भारदार, कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान थिए। उनीहरू राजाको नजिकका थिए। उनीहरूलाई राजाको उपस्थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो। उनीहरूले राज्यमा विशेष स्थान पाएका थिए।
15
राजाले उनीहरूलाई सोधे, “नपुंसकद्वारा दिइएको राजा अहासूरसको हुकुम इन्कार गरेकोमा रानी वश्तीलाई कस्तो व्यवहार गर्नुपर्छ? कानूनले के भन्छ?”
16
तब ममूकानले राजा र भारदारहरूका सामुन्ने यो जवाफ दिए: “रानी वश्तीले केवल राजाको मात्र होइन तर राजा अहासूरसका सारा प्रान्तका सबै भारदारहरू र मानिसहरूको अनादर गर्नुभयो।
17
रानीले गर्नुभएको काम सबै स्त्रीले थाहा पाउनेछन्, र त्यसले गर्दा तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठान्नेछन्। तिनीहरूले यसो भन्नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई आफ्नो सामु ल्याउन हुकुम गर्नुभएको थियो, तर उहाँ आउनुभएन’।
18
रानीका व्यवहारको विषयमा सुन्ने फारस र मादीका ठूला घरानाका स्त्रीहरूले राजाका सबै भारदारहरूसित आजका दिनको कुरा गर्नेछन्, र यसले गर्दा अनादर र अशिष्टताको सीमा रहनेछैन।
19
“यदि हजूरको इच्छा भए ‘वश्तीले फेरि कहिल्यै राजा अहासूरसको सामुन्ने देखा पर्न नपाऊन्’ भन्ने हजूरबाट एउटा राजकीय उर्दी निकालिबक्सिओस् र त्यो फरिसी र मादीहरूको ऐनमा कहिल्यै रद्द नहुने गरी लेखिओस्। अनि राजाले उहाँको सट्टामा उहाँभन्दा अझै योग्यकी स्त्रीलाई रानीको स्थान दिइबक्सिओस्।
20
यसरी जब यो राजकीय उर्दी राज्यको चारैतिर सुनिन्छ, तब ठूला र साना दर्जाका सबै स्त्रीहरूले आफ्ना पतिहरूको आदर गर्नेछन्।”
21
ममूकानको सल्लाहलाई भारदारहरू सबैले असल ठाने, र तिनको प्रस्ताव राजाले स्वीकार गरे।
22
तब हरेक मानिस आफ्नो घरको मालिक भएर आफ्नो सबै परिवारमाथि अधिकार चलाओस् भनेर राज्यको चारैतिर हरेक प्रदेशमा आ-आफ्नो लिपिबमोजिम र हरेक जातिलाई आ-आफ्नो भाषामा पत्रहरू पठाइए।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10