bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Esther 6
Esther 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
1
त्यस रात राजालाई निद्रै लागेन। उनले आफ्नो राज्यकालका विवरण भएको इतिहासको पुस्तक ल्याएर पढ़िसुनाउने हुकुम गरे, र त्यो राजालाई पढ़ेर सुनाइयो।
2
त्यसमा दुई जना ढोके, बिग्थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरेका र मोर्दकैले त्यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।
3
तब राजाले भने, “यसको निम्ति मोर्दकैले कुन सम्मान अथवा पद पाए त?” त्यहाँ उपस्थित भएका राजाका सेवकहरूले भने, “मोर्दकैको निम्ति त केही गरिएको छैन।”
4
राजाले सोधे, “त्यहाँ चोकमा को छ?” त्यस बेला हामान भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न महलको बाहिर चोकमा आइपुगेका थिए।
5
राजाका सेवकहरूले जवाफ दिए, “हामान चोकमा उभिरहेका छन्।” राजाले तिनलाई भित्र ल्याउने हुकुम गरे।
6
जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजा आफैले सम्मान दिन इच्छा गरेको मानिसलाई के गर्नुपर्छ?” हामानले मनमनै सोचे, “मबाहेक राजाले अरू कसलाई सम्मान दिन इच्छा गर्नुभएको होला र?”
7
यसकारण तिनले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिने इच्छा गरिबक्सिन्छ,
8
त्यसको निम्ति राजा आफैले लाउने पोशाक र राजाले सवार गर्ने घोड़ा ल्याईओस्, जसको शिरमा राजसी चिन्ह लगाइएको छ।
9
त्यो पोशाक र घोड़ा राजाका सबैभन्दा माननीय पदाधिकारीहरूमा एक जनाको हातमा सुम्पिओस्, अनि राजाले सम्मान गर्न इच्छा गर्नुभएको त्यस मानिसलाई तिनीहरूले पहिराइदेऊन्, र त्यही घोड़ामा सवार गराएर सहरका सड़कहरूमा तिनीहरू जाँदा यसो भन्दै कराऊन्, ‘राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसको निम्ति के गरिएको छ, सो हेर’।”
10
तब राजाले हामानलाई भने, “झट्टै गएर तिमीले भनेझैँ पोशाक र घोड़ा ल्याऊ, र यहूदी मोर्दकैको निम्ति त्यसै गर। उनी दरबारको मूल ढोकामा रहन्छन्। तिमीले भनेबमोजिम सबै कुरामध्ये केही नछुटोस्।”
11
यसकारण हामानले त्यो पोशाक मोर्दकैलाई पहिराइदिए, र घोड़ा लिएर उनलाई चढ़ाई सहरका सड़कहरूमा यसो भन्दै तिनी कराए, “राजाले सम्मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्छ, हेर।”
12
त्यसपछि मोर्दकै राजदरबारको मूल ढोकामा फर्किआए। हामानचाहिँ मुख छोपेर अफसोस गर्दै हतार-हतार आफ्नो घर गए।
13
तिनले आफ्नी पत्नी जेरेश र आफ्ना सबै मित्रहरूलाई तिनीमाथि भएका सबै कुरा बताए। तिनका सल्लाहकारहरू र तिनकी पत्नीले यो भने, “यदि मोर्दकै, जसको सामुन्ने तपाईंको पतन सुरु भएको छ, ती यहूदी जातिका हुन् भने तपाईं उनको विरुद्धमा केही पनि गर्न सक्नुहुन्न। तपाईंको निश्चय नै पतन हुनेछ।”
14
हामानसित तिनीहरू कुरा गरिरहँदा राजाका नपुंसकहरू आइपुगे, र तिनलाई एस्तरले तयार गरेको भोजमा लगिहाले।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
Recommended Reading
Commentary
Esther Commentaries
→
Devotional
Esther Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→