bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Esther 9
Esther 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 10 →
1
बाह्रौँ महिना, अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको उर्दी पूरा गरिने दिन आइपुग्यो। त्यही दिन यहूदीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्नो अधीनमा पार्ने आशा गरेका थिए। तर त्यसको विपरीत तिनीहरूलाई घृणा गर्नेहरूलाई यहूदीहरूले अधीन गर्ने दिन भयो।
2
त्यस दिन तिनीहरूको सत्यनाश गर्न खोज्नेहरूमाथि आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तका सहरहरूमा यहूदीहरू सङ्गठित भएका थिए। तिनीहरूलाई कसैले विरोध गर्न सकेन, किनभने अरू सबै जातिका मानिसहरूमाथि तिनीहरूको डर परेको थियो।
3
र मोर्दकैको डर तिनीहरूमाथि भएकोले गर्दा प्रान्त-प्रान्तका सबै भारदारहरू, बड़ाहाकिमहरू, राज्यपालहरू र राजकीय अध्यक्षहरूले यहूदीहरूलाई सघाए।
4
राजदरबारमा मोर्दकै एक प्रमुख व्यक्ति भए, र उनी झन्-झन् शक्तिशाली भए र उनको ख्याति सबै प्रान्तहरूमा फिँजियो।
5
यसरी यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई ठूलो मारकाट र विनाश गरेर तरवारले मारे। आफूलाई घृणा गर्नेहरूमाथि तिनीहरूले आफूखुशी गरे।
6
राजधानी शूशनमा यहूदीहरूले पाँच सय पुरुषहरूलाई मारेर नाश गरे।
7
तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता,
8
पोराता, अदलिया, अरीदाता,
9
पर्मशता, अरीशै, अरीदै र बैजाता,
10
हम्मदाताको छोरा यहूदीहरूको शत्रु हामानका यी दशै जना छोराहरूलाई पनि मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्।
11
त्यसै दिन राजधानी शूशनमा मारिएकाहरूको संख्या राजालाई सुनाइयो।
12
राजाले रानी एस्तरलाई भने, “राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई र हामानका दशै जना छोराहरूलाई मारेर नाश पारेका छन्। राजाका अरू प्रान्तहरूमा तिनीहरूले के-के गरे होलान्? अझ भन, तिम्रो अरू बिन्ती के छ? त्यो तिमीलाई दिनेछु। तिमी के चाहन्छ्यौ, त्यो स्वीकार गरिनेछ।”
13
एस्तरले उनलाई जवाफ दिइन्, “महाराजाको इच्छा भए आजको उर्दीअनुसार भोलि पनि यसै गरी शूशनमा यहूदीहरूले गर्न पाऊन् भन्ने मन्जूरी दिइबक्सिओस्। र हामानका ती दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्ड्याइऊन्।”
14
तब त्यसो गर्ने राजाले हुकुम दिए। शूशनमा उर्दी निकालियो, र हामानका दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्ड्याइए।
15
अदार महिनाको चौधौँ दिनमा यहूदीहरू फेरि सङ्गठित भएर शूशनमा तीन सय जना मानिसहरूलाई मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्।
16
यसै बीचमा राजाका प्रान्तहरूका बाँकी यहूदीहरू आफूलाई रक्षा गर्न र आफ्ना शत्रुहरूबाट बचून् भनी सङ्गठित भएका थिए। तिनीहरूले पचहत्तर हजार जनालाई मारे, तर तिनीहरूले लूटपीटमा हात लगाएनन्।
17
योचाहिँ अदार महिनाको तेह्रौँ दिनमा गरियो। अनि चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। त्यो दिन एक चाड़ र हर्षको दिन मनाइयो।
18
शूशनका यहूदीहरूले चाहिँ त्यस महिनाको तेह्रौँ र चौधौँ दिनमा सङ्गठित भए र पन्ध्रौँ दिनमा विश्राम लिए, र त्यस दिनलाई चाड़ र हर्षको दिन ठहराए।
19
यसैले टाढ़ा-टाढ़ाका गाउँहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिन हर्ष र चाड़को दिन मनाउँछन्, र त्यस दिन तिनीहरू एक-अर्कालाई उपहारहरू पठाउँछन्।
20
मोर्दकैले यी कुरा लिखित रूपमा प्रतिवेदन गरे, र राजा अहासूरसका समस्त प्रान्तहरूका टाढ़ा र नजिकका सबै यहूदीहरूलाई उनले यस्तो लेखेर पत्रहरू पठाए, कि
21
वर्षेनी अदार महिनामा चौधौँ र पन्ध्रौँ दिन
22
आफ्ना शत्रुहरूदेखि विश्राम पाएका समयझैँ र तिनीहरूका निम्ति शोकबाट हर्ष र विलापबाट उत्सवमा परिवर्तन भएको महिनाझैँ मनाउनलाई स्थापित गरे। तिनीहरूले ती दिन चाड़ र हर्ष, एक-अर्कालाई खानेकुराको सौगात पठाउने र गरीबहरूलाई उपहार दिने दिनझैँ मनाउनुपर्छ भनी उनले लेखे।
23
यसैकारण मोर्दकैको पत्रअनुसार सुरु गरेको रीति कायम राख्नलाई यहूदीहरू सहमत भए।
24
यो तिनीहरूले यसकारण गरे, किनभने सबै यहूदीहरूको शत्रु अगागी हम्मदाताको छोरा हामानले यहूदीहरूलाई नष्ट पार्ने हेतुले षड्यन्त्र रचेर कुनै एउटा दिनको लागि चिट्ठा हालेको थियो। त्यसलाई “पूर” (अर्थात् चिट्ठा) भनिन्थ्यो।
25
तर जब यो षड्यन्त्र राजाकहाँ जाहेर भयो तब यहूदीहरूका विरुद्धमा हामानले रचेको त्यो खराब योजनालाई त्यसकै शिरमा राख्न र त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याउन राजाले लिखित हुकुम निकाले।
26
(त्यसैकारण यी दिनहरूलाई “पूर” शब्दअनुसार “पूरीम” भनिन्थ्यो।) त्यस पत्रमा लेखेअनुसार र त्यस विषयमा तिनीहरूले देखेका र अनुभव गरेका कुराले गर्दा,
27
यहूदीहरूले आफ्नै, आफ्ना सन्तानहरूका र तिनीहरूसँग मिल्नेहरू सबैका पक्षमा यी दुई दिनलाई वर्षेनी निर्दिष्ट रीतिबमोजिम र ठहराएको समयमा मनाउनुपर्छ,
28
र पुस्तौँसम्म हरेक घरानाले हरेक प्रान्त र सहरमा यहूदीहरूका बीचमा पूरीमका दिनहरू मान्नैपर्छ र तिनको सम्झना तिनीहरूका सन्तान-दरसन्तानहरूमा कहिल्यै नरोकिओस् भनी तिनीहरूले ठहराए।
29
तब अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पूरीम विषयमा दोस्रो पत्र पूर्ण अधिकारसहित लेखे।
30
यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूका निम्ति उर्दी दिएझैँ पूरीमका यी दिन तिनका ठहराएको समयमा मान्न बाध्य तुल्याउँदै राजा अहासूरसका एक सय सत्ताईस प्रान्तहरूमा शान्ति र सुरक्षाको शुभकामना प्रकट गर्दै सबै यहूदीहरूलाई पत्रहरू पठाए।
31
त्यसै गरी यहूदीहरूले आफ्नै निम्ति र आफ्ना सन्तानहरूका निम्ति उपवास र विलापका नियमहरू तोकिदिए।
32
पूरीमको निम्ति यी नियमहरू एस्तरको उर्दीले पक्का गराइए, र ती विवरण लिखित रूपमा पुस्तकमा लेखेर राखिए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
Recommended Reading
Commentary
Esther Commentaries
→
Devotional
Esther Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→