bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Esther 2
Esther 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 3 →
1
पछि जब राजा अहासूरसको रीस मर्यो तब उनलाई रानी वश्ती र तिनले गरेको कामको विरुद्धमा निकालेको उर्दीको सम्झना भयो।
2
यसैले राजाका निज सेवकहरूले भने, “हजूरको निम्ति सुन्दरी-सुन्दरी कन्ये-केटीहरू खोजीबक्सिओस्।
3
हजूरले आफ्नो राज्यका सबै प्रान्तहरूबाट यी सबै सुन्दरी युवती कन्ये-केटीहरूलाई राजधानी शूशनको महिला-गृहमा ल्याउनलाई उच्च कर्मचारीहरू खटाइबक्सिओस्। तिनीहरूलाई महाराजाका स्त्रीहरूका जिम्मावाल नपुंसक हेगेको जिम्मामा दिइबक्सिओस्। सिङ्गारपटारका वस्तुहरू तिनीहरूलाई दिइऊन्।
4
जुन युवती महाराजाको दृष्टिमा ग्रहणयोग्य हुनेछ, तिनैलाई वश्तीको सट्टामा रानी तुल्याइबक्सिओस्।” यो सल्लाह राजालाई मन पर्यो। उनले त्यहीबमोजिम गरे।
5
राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीनको कुलका थिए, जुन कीशचाहिँ
6
बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्ये एक थिए।
7
मोर्दकैले आफ्ना काकाकी छोरी हदस्सा, अर्थात् एस्तरलाई धर्मपुत्री बनाएका थिए। एस्तरका माता-पिता थिएनन्। तिनी राम्री र सुन्दरी थिइन्। तिनका माता-पिताको मृत्युपछि मोर्दकैले तिनलाई आफ्नै छोरीजस्तै गरी पालेका थिए।
8
जब राजाको हुकुम र उर्दी प्रसार भयो, र हेगेको जिम्मामा दिनलाई धेरै ठिटीहरू राजधानी शूशनमा ल्याइए, तब एस्तर पनि स्त्रीहरूका जिम्मावाल हेगेको जिम्मामा दिन राजमहलमा लगिइन्।
9
तिनलाई देखेर त्यो नपुंसक खुशी भयो, र एस्तरले त्यसबाट विशेष निगाह पाइन्। त्यसले तिनलाई तुरुन्तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्यसले खटाइदियो। स्त्रीहरू बस्ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो।
10
एस्तरले आफ्नो घराना र जातिको विषयमा कसैलाई बताएकी थिइनन्, किनभने त्यसो गर्न मोर्दकैले तिनलाई मनाही गरेका थिए।
11
एस्तरलाई के कसो हुँदैछ सो जान्न मोर्दकै दिनहुँ महिला-गृहको आँगनबाट भएर जाने गर्थे।
12
छ महिना मूर्रको तेल दलेर र छ महिना अत्तर र सिङ्गारका वस्तुहरूले सिँगारिदिएर स्त्रीहरूलाई तयारी हुने तोकिएको पूरा समय बाह्र महिना थियो। समय पूरा भएपछि अहासूरस राजाकहाँ जाने हरेक युवतीको पालो आउँथ्यो।
13
कुनै युवती घरबाट राजाको महलमा जाँदा त्यसले मागेको जेसुकै थोक त्यसलाई लान दिइन्थ्यो।
14
बेलुका त्यो महलभित्र जान्थी र बिहान उपपत्नीहरूको जिम्मावाल राजाको नपुंसक शाश्गजको अधीनमा रहन महिला-गृहको अर्को भागमा फर्केर जान्थी। राजाले आफ्नो इच्छा प्रकट गरेर त्यसको नाउँ काढ़ीकन नबोलाउञ्जेल त्यो फेरि राजाकहाँ जान पाउँदिनथी।
15
जब मोर्दकैकी धर्मपुत्री, उनका काका अबीहेलकी छोरी एस्तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्रीहरूको जिम्मावाल राजाको नपुंसक हेगेले सल्लाह दिएका कुराबाहेक अरू केही लगिनन्। तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्।
16
अहासूरसका राज्यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात् तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्।
17
राजालाई अरू सबै स्त्रीहरूभन्दा एस्तरलाई नै मन पर्यो। अनि राजाले अरू कन्ये-केटीहरूभन्दा तिनलाई निगाह र स्वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्तीको सट्टामा तिनलाई आफ्नी रानी तुल्याए।
18
त्यसपछि राजाले आफ्ना सबै भारदार र अधिकारीहरूलाई एस्तरको सम्मानमा एउटा ठूलो भोज दिए। तिनले प्रान्त-प्रान्तहरूमा बिदाको घोषणा गरेर राजाले दिनुपर्ने योग्यका उपहारहरू दिए।
19
दोस्रो पल्ट कन्ये-केटीहरू भेला गर्दा मोर्दकै राजाका दरबारको मूल ढोकामा उपस्थित थिए।
20
मोर्दकैको आदेशअनुसार एस्तरले आफ्नो घराना र वंशको कुरा गुप्तमा राखेकी थिइन्। मोर्दकैको अधीनमा हुँदा उनले तिनलाई आदेश दिएझैँ तिनले गरिन्।
21
एक दिन मोर्दकै राजदरबारको मूल ढोकामा भएको बेला राजाको ढोकामा पालो बस्ने दुई अधिकृतहरू, बिग्थाना र तेरेशले असन्तुष्ट भएर राजा अहासूरसलाई मार्ने षड्यन्त्र रचे।
22
यो कुरो मोर्दकैले थाहा पाएर रानी एस्तरलाई भनिदिए। रानीले मोर्दकैको नाउँ लिएर राजालाई सो कुरो बताइदिइन्।
23
यस कुराको जाँचबुझ भएपछि पक्का सबूत भयो, र राजाले ती दुई मानिसहरूलाई फाँसीको सजाय दिएर काठमा झुण्ड्याइदिए। यी सबै कुरा राजाको सामुन्ने इतिहासमा लेखिए।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10