bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Esther 8
Esther 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 9 →
1
त्यसै दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानका घर र जग्गाजमिन एस्तरलाई दिए। अनि एस्तरले मोर्दकै तिनको आफ्नै पर्छ भनेकी हुनाले मोर्दकै राजाको उपस्थितिमा हाजिर भए।
2
तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्वरूप दिए। एस्तरले मोर्दकैलाई हामानको घर र जग्गा जमिनको जिम्मा दिइन्।
3
फेरि एस्तरले रुँदै राजाको पाउमा परेर अगागी हामानले यहूदीहरूका विरुद्धमा गरेको दुष्ट योजना टारिदिन भनी बिन्ती चढ़ाइन्।
4
राजाले एस्तरतिर सुनको राजदण्ड पसारे। तिनी उठिन् र राजाको सामु खड़ा भएर उभिन्।
5
एस्तरले भनिन्, “महाराजाको इच्छा भए, र यदि मैले हजूरको निगाह पाएकी छु भने, मैले दिन लागेको प्रस्ताव महाराजाले उचित सम्झिबक्सिए र मैले हजूरको स्वीकृति पाउन सके अगागी हम्मदाताको छोरा हामानले राजाका सबै प्रान्तहरूका यहूदीहरूलाई नाश गर्न योजना बनाएर लेखेका पत्रहरूलाई रद्द गर्न एउटा लिखित राजाज्ञा पठाइबक्सिओस्।
6
किनभने मेरा जात-भाइहरूमाथि परेको विपत्ति म कसरी सहन सकुँला? अथवा मेरो परिवारको विनाश म कसरी सहन सकुँला?”
7
राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “त्यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्न गरेको हुनाले मैले हामानको सम्पत्ति एस्तरलाई दिएको छु, र त्योचाहिँ फाँसीको काठमा झुण्ड्याइयो।
8
अब यहूदीहरूका पक्षमा तिमीहरूलाई उचित लाग्ने एउटा अर्को राजउर्दी मेरो नाउँमा निकाल। त्यसमा राजकीय मोहोर लगाऊ, किनभने राजाको नाउँमा लेखिएको राजकीय मोहोर लगाइएको लिखित पत्र रद्द गर्न सकिँदैन।”
9
त्यसपछि तेस्रो महिना, अर्थात् सीवान महिनाको तेईसौँ दिनमा राजाका सचिवहरू बोलाइए। मोर्दकैले यहूदीहरूलाई दिएको हुकुमबमोजिम भारतदेखि कूश देशसम्मका एक सय सत्ताईस प्रान्तका बड़ाहाकिमहरू, राज्यपालहरू र भारदारहरूका निम्ति हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा, र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित राजाज्ञा निकालियो।
10
मोर्दकैले त्यो उर्दी राजा अहासूरसको नाउँमा लेखेर त्यसमा राजकीय मोहोर लगाए। त्यो उर्दी राजकीय अस्तबलका घोड़ाहरूमा सवार भएर समाचारवाहकहरूद्वारा पठाइयो।
11
यस राजउर्दीमा राजाले हरेक सहरमा यहूदीहरूलाई सङ्गठित भएर आफ्नो रक्षा गर्न, र तिनीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्त्र सेनाहरू जसले तिनीहरूका स्त्रीहरू र बालकहरूसमेत आक्रमण गर्छन्,
12
उनीहरूलाई एकै दिनमा, अर्थात् बाह्रौँ महिनाको वा अदार महिनाको तेह्रौँ दिनमा नाश गर्न, मार्न र नाउँनिशानै मेटिदिन, अनि अहासूरस राजाका सबै प्रान्तभरि नै उनीहरूका अधिकारको जग्गाजमिन लुट्न भनी मन्जूरी भयो।
13
यस आज्ञापत्रको एउटा नकल हरेक प्रान्तमा उर्दीको रूपमा निकालिने र सारा मानिसहरूका बीचमा प्रचार गरिने भयो। यहूदीहरूचाहिँ त्यस दिनमा आफ्ना शत्रुहरूमाथि साटो लिनका निम्ति तयार रहून् भन्ने यो आज्ञापत्र निकालिएको थियो।
14
यसैले ती समाचारवाहकहरू राजकीय घोड़ाहरूमा सवार भएर राजाको जरूरी उर्दी चाँड़ै लैजान पठाइए। यो उर्दी राजधानी शूशनमा पनि निकालियो।
15
तब मोर्दकै नीलो र सेतो राजकीय पोशाक र ठूलो सुनको मुकुट पहिरेर, मलमलको बैजनी वस्त्र लगाएर राजाको उपस्थितिबाट निस्के। अनि समस्त शूशन सहरले खुशी र आनन्द मनायो।
16
यहूदीहरूका निम्ति चाहिँ त्यो दिन आनन्द र खुशी, प्रसन्नता र इज्जतको दिन भयो।
17
उर्दी पुगेको, राजाको हरेक प्रान्त र हरेक सहरमा यहूदीहरूका निम्ति आनन्द र हर्ष, भोज र उत्सवको दिन भयो। अनि अरू जातिका धेरै मानिसहरू यहूदी भए, किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
Recommended Reading
Commentary
Esther Commentaries
→
Devotional
Esther Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→