bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Esther 3
Esther 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
1
त्यसपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानको दर्जा बढ़ाइदिएर तिनका सबै सङ्गी-भारदारहरूभन्दा तिनलाई श्रेष्ठ स्थान दिई उच्च पदमा राखे।
2
यसैले राजदरबारको ढोकामा हुने अधिकारीहरू सबैले राजाको आज्ञाअनुसार हामानलाई घुँड़ा टेकेर दण्डवत् गर्थे। तर मोर्दकैले चाहिँ तिनलाई यसरी घुँड़ा टेकेर दण्डवत् गर्दैनथे।
3
एक पल्ट राजदरबारका अधिकारीहरूले मोर्दकैलाई भने, “तपाईं किन राजाको आज्ञा उल्लङ्घन गर्नुहुन्छ?”
4
उनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे। तर उनले उनीहरूको कुरा सुन्दैनथे। मोर्दकैले इन्कार गरेको कुरा हामानले सहन्छ कि सहँदैन भनी बुझ्नलाई उनीहरूले हामानलाई यो कुरा जनाइदिए। किनभने “म एक यहूदी हुँ” भनी मोर्दकैले उनीहरूलाई भनिदिएका थिए।
5
मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्डवत् नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए।
6
हामानले मोर्दकैका जात-भाइ को रहेछन् भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्न मन गरेनन्, र अहासूरसको समस्त राज्यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्न लागे।
7
अहासूरस राजाको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा, हामानको सामु दिन र महिना तोक्नका निम्ति उनीहरूले चिट्ठा हाले। त्यस चिट्ठालाई “पूर” भन्थे। चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पर्यो।
8
तब हामानले राजा अहासूरसलाई भने, “हजूरको राज्यका समस्त प्रान्तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ। तिनीहरू अलग्गै बस्छन्। तिनीहरूका रीतिरिवाजहरू अरू सबै जातिका भन्दा बेग्लै छन्। तिनीहरूले हजूरका ऐन-कानुन पालन गर्दैनन्। हजूरले तिनीहरूलाई सहानुभूति देखाउनु उचित छैन।
9
यदि महाराजाको इच्छा भए तिनीहरूका विनाशको निम्ति एउटा लिखित आज्ञा निकालिबक्सिओस्। यो काम गर्ने हजूरका कर्मचारीहरूका लागि म राजकोषमा जम्मा गर्न तीन लाख किलो चाँदी दिनेछु।”
10
तब राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट झिकेर यहूदीहरूको शत्रु अगागी हम्मदाताका छोरा हामानलाई दिए।
11
उनले हामानलाई भने, “त्यो चाँदी आफूसँग राख। ती मानिसहरूप्रति तिमीलाई जे इच्छा लाग्छ त्यही गर।”
12
तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरू बोलाइए। अनि हामानको आदेशअनुसार राजाका प्रान्तका बड़ाहाकिमहरू, विभिन्न प्रान्तका राज्यपालहरू र विभिन्न जातिका भारदारहरूलाई लिखित रूपमा हुकुम पठाइयो— हरेक प्रान्तमा त्यहाँकै लिपि र हरेक जातिलाई उनीहरूको आफ्नै भाषामा त्यो पठाइयो। राजा अहासूरसको नाउँमा त्यो निकालियो, र राजाकै छाप त्यसमा लगाइएको थियो।
13
यसरी अदार भन्ने बाह्रौँ महिनाको तेह्रौँ दिनमा समस्त यहूदीहरूलाई, जवान, बूढ़ा, स्त्री, बाल-बालिकाहरू सबैलाई नाश गर्ने, मार्ने र तिनीहरूको नाउँनिशानै मेटिदिने अनि तिनीहरूका सम्पत्ति लुट्ने हुकुम राज्यका सारा प्रान्तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो।
14
त्यस दिनको निम्ति तयार हुनू भनी त्यो लिखित आज्ञाको एउटा नकल उर्दीको रूपमा हरेक प्रान्तमा घोषणा गरेर सबै मानिसहरूलाई प्रचार गर्नु थियो।
15
राजाको आज्ञामा ती राजकीय दूतहरू चाँड़ोभन्दा चाँड़ो जान पठाइए। त्यो उर्दी राजधानी शूशनमा पनि प्रसार गरियो। त्यसपछि राजा र हामान पिउन बसे। तर शूशन सहरमा चाहिँ हलचल मच्चियो।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10